अन्तरवार्ता

हामी इतिहास समीक्षामा अल्झिदैनौँ

हामी इतिहास समीक्षामा अल्झिदैनौँ

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको हालैको भ्रमण, माओवादी केन्द्रसँग पार्टी एकता तथा सरकार गठनबारे नेकपा (एमाले) का सचिव  तथा गुल्मी–१ बाट निर्वाचित सांसद प्रदीप ज्ञवालीसँग नागरिककर्मी मणि दाहालले गरेको कुराकानी : भारतीय विदेशमन्त्री सुष्मा स्वराजको पछिल्लो नेपाल भ्रमणमा एमाले नै केन्द्रमा देखिएको छ । के हो खास कुरा ?अहिले कतिपय मानिसले प्रचार गर्न खोजेको जस्तो एमालेको निमन्त्रणामा यो भ्रमण भएको हो कि जस्तो बनाउन खोजिएको छ । मूलतः भारत सरकारको योजना र रुचिमा भ्रमण भएको देखिन्छ । यसको औपचारिकता कसरी पूरा गरिए नेपाल सरकारले जान्ने विषय हो । स्वराजले निर्वाचनबाट सबैभन्दा ठूलो दल र त्यसका प्रतीक्षारत प्रधानमन्त्री तथा एमालेको डेलिगेसनलाई भेट्ने विषय स्वाभाविक र सहज विषय हो । स्वराजले अन्य पार्टीका नेताहरूलाई समेत भेट्नुभयो । भ्रमणको अन्तर...

अनुत्पादक खर्च बढाउने होडबाजीले मुलुक परनिर्भर बन्दैछः डा. शंकर शर्मा

अनुत्पादक खर्च बढाउने होडबाजीले मुलुक परनिर्भर बन्दैछः डा. शंकर शर्मा

काठमाडौं– राष्ट्रिय योजना आगोगका पूर्व उपाध्यक्ष एवं अर्थविद् डा. शंकर शर्माले बृद्ध भत्ता बढाउन दलहरुबीचको प्रतिष्पर्धाले मुलुकलाई थप परनिर्भर बनाउने बताएका छन्।  शर्माले दलहरुले विकास निर्माणका लागि खर्च गर्नुपर्ने बजेटलाई समाजिक सुरक्षा भत्तामा वितरण गर्दा त्यसले राज्यलाई वर्षेनी भार थपिने बताए। देउवा सरकारले बृद्ध भत्ताको उमेर ७० बाट घटाएर ६५ बनाएको प्रति संकेत गर्दै शर्माले बाँच्ने आयु बढ्दै जाँदा भत्ता पाउने उमेर घटाउनुले दीर्घकालिन असर गर्ने बताए ।   दलहरु आर्थिक समृद्धिको नारा जपिरहेको बेला नयाँ सरकार बनेपिच्छे अनुत्पादक क्षेत्रमा लगानी गर्दा त्यसले आर्थिक बृद्धिको लक्ष्य हासिल गर्न नसक्ने शर्माको विश्लेषण छ। केपी ओली नेतृत्वको सरकारले एक हजार रहेको बृद्धभत्तालाई दुई हजार बनाएर व्ययभार थपेको र त्यसैलाई अन्य दलले पछ्य...

रानीपोखरी बनाउन पश्चिमा पण्डितको पछि लाग्नु पर्दैन: योजनाविद भरत शर्मा

रानीपोखरी बनाउन पश्चिमा पण्डितको पछि लाग्नु पर्दैन: योजनाविद भरत शर्मा

काठमाडौं– २०७२ वैशाख १२ को भूकम्पले थुप्रै जनधनको क्षति भयो । धेरै सम्पदाहरुमा क्षति पुग्यो । अहिले ती सम्पदाहरु पुनः निर्माणको क्रममा रहेका छन् । तीनै सम्पदाहरुमध्ये एक हो–रानीपोखरी । झण्डै ३ सय ५० वर्ष अघि राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी पुनः निर्माणको बहस चुलिएको छ । पुरातात्विक महत्वको रानीपोखरीलाई काठमाडौँ महानगरपालिकाले कंक्रिट प्रयोग गरी पुनः निर्माण गर्न थालेपछि उक्त कदमको व्यापक विरोध भएको छ । कंक्रिट राखेर पुननिर्माण गर्ने मेयर विद्यासुन्दर शाक्यको योजनाको व्यापक विरोध भएपछि महानगरले रानीपोखरीलाई मल्लकालीन शैलीमै पुनः निर्माण गर्ने निर्णय गरेको छ र त्यसका लागि विज्ञहरुको समिति पनि गठन गरेको छ । वरिष्ठ योजनाविद प्रा.डा. भरत शर्माले रानीपोखरी पुनःनिर्माणको विवादलाई सम्पदामाथिको उपहास भएको बताउँछन् ।नेपाली ज्ञ...

मलाई जोक गर्न आउँदैन : हरिवंश आचार्य

मलाई जोक गर्न आउँदैन : हरिवंश आचार्य

शत्रुगते फिल्मको छायाङ्कन सकेर हरिवंश आचार्य पारिवारिक भ्रमणका क्रममा विभिन्न शहरहरुमा निस्किएका छन्। मंगलबार उनको परिवारले पाल्पाको तानसेन स्थीत होराईजन होम स्टेमा रात बितायो। सोही अवसरमा हास्य कलाकार हरिवंशसँग आचार्यसँग देशको समसामयिक परिस्थितिमा रहेर नागरिकन्यूजको लागि मुक्तिप्रसाद न्यौपाने लेगरेको कुराकानी। आजकाल के गर्दै हुनुहुन्छ ? मह सञ्चारले अहिले हामी ‘शत्रु गते’ भन्ने फिल्म बनाईराछम्। त्यसको सुटिङ्ग सकियो । त्यो सुटिङ्गको लागि करिब करिब पाँच महिना समय दिएर सुटिङ्ग सकिएको पिरियडमा यसो बाहिर घुम्न जाऔं भन्ने कुरा भयो । मेरो भान्जा पर्यटन व्यवसायी हो । यो र अन्य ठाउँहरुमा पनि होम स्टेको स्वाद लिउँ भनेर पारिवारिक भ्रमण गर्दैछु। टुरिजममा अहिले पनि पहुँचवाला व्यक्तिको मात्रै हालिमुहाली छ। जसले धेरै पैसा लगानी गर्न सक्छन् । ...