साहित्य

संगी...

संगी...

रुनु पनि त मर्नु होनी होइन र संगी । त्यसो त खुशीका आँशु पनि झर्छन  भनेर तर्क गरौलि होला तिमीले । तर मैले रुनु भनेको आँशु झार्नु हो भनेर तिमी सँग जिद्धि कहिले गरेको थिएर । रुनुका लागि आँशु झार्नु पर्छ भने बाध्यता लाई मैले तिमी सामु बढाइ चढाइ गरेको थिए र कहिले । बरु मैले त भनेको थिए संगी... तिमी पनि रुन्छेउ आफै भित्र म पनि रुन्छु आफै भित्र । सँगै तिमीलाई सिकाए थिए जून पनि रुन्छ, फुल पनि रुन्छ भनेर । जून र फुल रोए पनि रात चम्केको उदाहरण तिमी सामु छर्लङ्ग पारेर पेश गरेको थिए । तिमीलाई छुन कुनै अँध्यारोको साहारा लिनु परेन मलाई । न कहिलै तिमीलाई छुन उज्यालो लाई नै मतियार बनाउनु पर्यो । अझ भनु भने संगी तिमीलाई मैले छुनुने परेन, अझ त्यति मात्र नभनु तिमीलाई मैले छुनै चाहेन । छुन नचाहेको पाप लाग्ला भनेर हो, तर पापी रहेछु क्यार मलाई रुनु पर्यो तिमीलाई भन्दा धेरै । दाग लाग्...

संघर्षका पाईलाहरु

संघर्षका पाईलाहरु

सुनिता डंगोल (अभिलाषी)- ऋतुराजले सधै सधै वसन्ती बहारलाई अंगाल्न कहाँ सक्छ र अनि जीवनबीच सधै सधै सुन्दर गुलाब बनी मुस्कुराउन कहाँ सक्छ र ? सारा ब्रमाण्ड अनि ब्रमाण्डका तत्व सधै एकनाश स्थिर बनी शालिक झै कहाँ अडिक हुन सक्छ र ? आली आली छेउ लागि गन्तव्य ताक्ने ती नदी असार साउनको बर्खे झरीको वेग झै सधै सधै कहाँ एकनाशले बग्ने गर्छ र ? रातपछिको दिन अनि दिनपछिको रात, सुखपछिको दुख अनि दुखपछिको सुख र आशुपछिको हाँसो अनि हासोपछिको आशुलाई यहाँ कसले पो थाम्न सक्छ र ? प्रश्नै प्रश्नबीचमा उत्तर खोजिरहन्थे । मनमा अनेकौ कुरा खेल्दथे । दोष कसैको छैन । एउटा स्त्री जो आमाबुबाको निर्देशनमा आफू खुसी नभई जन्जिरको डोरी बाधी एउटा मानिसको पत्नी बनी सदैव सेवामा लाग्छिन् अनि एउटा पति जसले एउटी नारीको मनको चाह र खुसीलाई वेवास्ता गर्छन् । स्मृतिका हरेक पन्नाहरु आज छताछुल्ल पोख्न मन गर...

स्पर्श.. गीत

स्पर्श.. गीत

याद कसैको मीठो सपना लिएर आयो बगैंचाले मानौं वसन्तको साथ पायो ।   सम्झना कसैको स्पर्श बोकेर आयो प्यासीले मानौं झरना पायो । तृषित मनले खुशीमा लाग्दछ सुन्दर गीत गुनगुनायो ।   भावनामा कसैको बिम्ब आयो प्रभातले मानौं लाली ल्यायो कल्पनामा हिड्ने मायालुले लाग्दछ उपहारमा दुई नजर पायो ।   रचनाः हिकमत डंगोल | प्रकाशित मितिः मंगलबार, बैशाख ४, २०७५  ...

सायद...

सायद...

तिमीले डोली चढेको रातरात रोइरहेको थियो ।झरी परेको रात थियो सायदत्यसैले होला आजतिमीले हरेक पल रुझनु परेकोझरीझै निरन्तर आँखाबाट आसु झार्नु परेको । तिमीले नयाँ जीवन पाएको रातऔँसीको कालो रात थियो सायदत्यसैले होला आज तिम्रो जीन्दगी कालो रातमा डुबेकोकालो रातमा आफ्नो जिन्दगी खोज्न बाध्य बनाएको । तिमीले झोली भरेको रातप्रकृति माथि बसेरदुःख पीडा पोख्दै आफ्नो धुनमा रोइरहेको थियो ।डर र त्रास दिदैअकाश गजिरेहेको थियो ।सायदत्यसैले होल आज तिमीलाई पनि दुःख पिडा दिएर रूलाएकोसधैभरी प्रकृतिले तिमीलाई ठगिरहेकोडर र त्रासमा जीउन बाध्य बनाएको । तिमीले डोली चढेको रातझरी परेको रात थियो धर्ती मलिन भएरभासी रहेको थियो सायदत्यसैले होला आज तिमी पनि प्रत्येक वर्षधर्ती भासिएझैभासी रहेकोधर्ती भासेर रित्तिए झै तिमीले पनि रित्तिनु परेको ।                - श्याम का...

दर्शकको मन जित्दै सिरुमारानी नाटक

दर्शकको मन जित्दै सिरुमारानी नाटक

कास्की–पोखरा थियटरद्धारा प्रदेश नं. ४ को पहिलो नाटकघरको रुपमा पोखराको ग्रैहापाटनमा स्थापना गरेको गन्धर्व नाटकघरमा नाटक ‘सिरुमारानी’ मञ्चन भइरहेको छ । फागुन २ गते औपचारिक उद्घाटन गरी नाटक मञ्चन सुरु गरिएकोमा बिहीबारबाट भने सर्वसाधारणका लागि नियमित रुपमा नाटक मञ्चन सुरु भएको हो । विगतमा पोखरा उद्योग वाणिज्य संघको हल, पोखरा सभागृह हल लगायतका ठाउँमा नाटक देखाउँदा हल व्यवस्थापन राम्रो नहुँदा निकै सकसपूर्ण ढंगले नाटक हेर्न बाध्य बनेका नाट्यप्रेमीले थिएटरमा बसेर नाटक हेर्न पाउँदा नौलो अनुभुती गरेका छन् । निर्धारित समयमा नाटक शुरु हुने र शान्तपूर्वक थिएटर हलमा बसेर रंगकलाकारको अभिनय हेर्न पाउँदा उनीहरु उत्साहित देखिन्थे । १८ वर्षपछि रंगमञ्चमा फर्किएका माओत्से गुरुङको उपस्थितिले सिरुमारानी नाटकलाई परिपक्क बनाएको अनुभूति सबैले गरे । मान्...

गजल

गजल

किन लत्रिन्छ उन्माद तिमी सामु ?किन थोत्रिन्छ मन्माद तिमी सामु ? सकस दिन्छौ देशलाई तर पनि किन झोक्रिन्छन तन्माद तिमी सामु ? बिध्वंश पोख्यौ अनि पोख्यौ जाती भेदकिन तर्किन्छन न्याय हात तिमी सामु ? सोंच बिगार्यौ , प्रथा लतार्यौ तर पनिकिन तर्सिन्छन ब्रम्हनाद तिमी सामु ? कलिला हात बिगार्यौ नेपाली जात बिगार्यौकिन फर्किन्छन ‘पिठ’माद तिमी सामु ????(पिठ माद = सामुहिक रूपमा मुख मोड्नु) ...

कविताः कल्पना

कविताः कल्पना

कल्पना गरौंकुनै स्वर्ग छैनसोच्ने होे भन्ने योनिकै सजिलो छ ।नर्क पनि छैन ।हामाी माथी आकाश मात्र छ । कल्पना गरौंसबै मानिस आजको निम्तिबाँचेको । कल्पना गरौंकुनै देश छैन ।कुनै गारो छैनयस्तो सोच्न ।मानिस मार्न र मर्न आवश्यक छैन ।कुनै धर्म पनि छैन । कल्पना गरौं सबै मानिसआजको निम्ति बाँचेकोशान्तिमा बाँच्न पाओस ।तिमीले मलाई एक्लो छौ भन सक्छौं ।तर म एक्लो छैन ।आशा गरौंएकदिन तिमी मसंगजेडिने छौं ।अनि विश्व एक हुनेछ ।...

कथाः मालाहरु रोइरहेछन्

कथाः मालाहरु रोइरहेछन्

दशैंको विदाइसँगै तिहारको चहलपहल सुरु भयो । समय आफ्नै रफ्तारमा चलिरहेको थियो । दिलासाले पनि यसपालीको तिहार अविस्मरणीय बनाउने उत्साह मनमन्दिरमा सजाएकी थिइन् । उनका दाजु भाउजु सहरमा बस्थे । उनले चानचुने खुद्रा पैसा जम्मा गरेर भाइटिकाको पूर्वसन्ध्यामा सप्तरङ्गी टिका, मसलाका पोकाहरु, फलफूल, ओखर, कहिले नओइलाउने मखमली फूलको माला आदि किनेर ल्याइन् । सञ्चारका माध्यमबाट टिकाको शुभ साइत थाहाँ पाइन् । सहरबासी आफ्नो दाइलाई टिका र माला पहि¥याइदिन गाउँबाट आइन् । दाजु तास खेल्न गएको थियो । उनी दाजुपूजा गर्न बसेकी थिइन् । दिलासाले दाईलाई बोलाउन भदाहालाई पठाइन् । दिलम्बर ढिलो घर फर्कियो । उनले दाईलाई नमस्कार गरेर टिका ग्रहणको लागि तयारी अवस्थामा बस्न आग्रह गरिन् । दाईले मुन्टो बटार्यो । उसले आफ्नो धर्म परिवर्तन गरी नयाँ धर्ममा प्रवेश गरेको कुरा बतायो । पार्ट...