देश

हिक्मतको 'प्रारम्भ' छिट्टै आउदै

हिक्मतको 'प्रारम्भ' छिट्टै आउदै

न्युुुज अफ टोखा । पत्रकार तथा साहित्यका हिक्मत डंगोलको नयाँ कथासंग्रह बजारमा आउने तयारीमा रहेको छ । पाश्चात्य देश युरोप र अमेरिकाका प्रसिद्ध लेखकहरूका कथालाई नेपाली भाषामा अनुवाद गरिएको संग्रह "प्रारम्भ" नामक अनुदित कथासंग्रह छिट्टै नै बजारमा आउने तयारीमा रहेको लेखक हिक्मत डंगोल बताउनु हुन्छ । विदेशी कथाको अनुवाद किन - भन्ने प्रश्नमा डंगोल भन्छन्,-"उनाइसौ शताब्दीमा पाश्चात्य देशहरूका लेखकहरूले गरेको साहित्यिक विकास आधुनिक साहित्यमा यथार्थवादको नामले परिचित छ । साहित्यमा भएको यही नवीन विचारलाई नेपाली साहित्यप्रेमी पाठकहरूको माझ ल्याउनका लागि मैले यो युरोप र अमेरिकाका प्रसिद्ध लेखकहरूका कथालाई अनुवाद गरेको हुँ ।" उनका अनुसार, यथार्थवादले मानिसहरूको जीवनमा घटेका र घट्न सक्ने सुखदुःखका यथार्थहरू चित्रण गर्ने गर्दछ । यसले मानिसको हरेक सुन्...

काठमाडौं महानगर - टोखा नगरबीच साझेदारी सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर एवं चेक हस्तान्तरण

काठमाडौं महानगर - टोखा नगरबीच साझेदारी सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर एवं चेक हस्तान्तरण

काठमाडौँ — काठमाडौं महानगरपालिका र टाेखा नगरपालिकाबीच बालमैत्री उद्यान परियोजनामा साझेदारी सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा आज एक कार्यक्रम गरी महानगरको नगर नगर साझेदारी अन्तर्गत काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य र टाेखा नगरपिकाका मेयर प्रकाश अधिकारी बीच सम्झौता पत्रमा हस्ताक्षर एवं एक करोड रूपैयाँको चेक हस्तान्तरण गरेको हो ।उक्त सम्झौता रकम धार्मिक र प्राकृतिक हिसाबले महत्त्वपूर्ण वडा नं. १ झोरस्थित वरुणेश्वर महादेवसँगैको बौडेश्वर झरनाको प्राकृतिक स्वरूप नबिगारी पार्क, लगायतका संरचना निर्माणमा लगानी गरिने यसभन्दा पहिलै निर्णय भईसकेको छ । यो पनि हेर्नुहोस्...

सामुदायिक होमस्टेलाई दुई करोड ५० लाख अनुदान

सामुदायिक होमस्टेलाई दुई करोड ५० लाख अनुदान

समुदायमा आधारित दिगो पर्यटनको विकासमा योगदान गर्ने नेपालको सामुदायिक होमस्टे घरबास कार्यक्रम सञ्जाल ‘कम्युनिटी होमस्टे नेटवर्क’ ले रु. दुई करोड ५० लाखभन्दा बढीको अन्तर्राष्ट्रिय अनुदान पाएको छ ।  दिगो तथा जिम्मेवार पर्यटनको अवधारणालाई आत्मसात् गरी नेपालमा सञ्चालित संस्थालाई विश्वप्रख्यात बृहत् इलेक्ट्रोनिक वाणिज्य ई–कमर्स कम्पनी–बुकिङ डटकमले बुकिङ बुस्टर कार्यक्रममार्फत उक्त अनुदान रकम उपलब्ध गराएको हो ।  विश्वसमुदायमा दिगो पर्यटन विकास र विस्तारमा कार्यरत स्टार्ट–अप कम्पनीमध्ये उत्कृष्ट १० को सूचीमा राख्दै नेपाललाई युरो २२५,००० राशिको अनुदान प्रदान गरेको सञ्जालका संस्थापक शिवप्रसाद ढकालले जानकारी दिए ।  समुदायमा आधारित दिगो पर्यटन विकासमा योगदान गरेबापत यस क्षेत्रमा नेपालले पहिलोपटक ठूलो अन्तर्राष्ट्रिय अनुदान प...

नम्वर ४ प्रदेशमा  मार्सल लगाएर प्रदेशसभा बैठक सञ्चालन

नम्वर ४ प्रदेशमा मार्सल लगाएर प्रदेशसभा बैठक सञ्चालन

प्रदेश नं ४ को आइतबार बसेको प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि मार्सल लगाएर सञ्चालन गरिएको छ । प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने मागसहित काँग्रेसले सभा अवरोध गरेपछि दुई पटकसम्म स्थगित गरिएको बैठक तेस्रो पटक भने मार्सल लगाएर सञ्चालन गरिएको हो । काँग्रेसले प्रदेशको नामका बारेमा पहिले निर्णय गरेर मात्रै बैठक अघि बढाउन आग्रह गरेको छ । २०७४ चैत १२ गते गठित नामाकङ्न तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेश सभामा प्रतिवेदन बुझाएको थियो । काँग्रेस सदस्यहरूले प्रदेशसभामा नियतवश टेबुल भइसकेको नामाङ्कन तथा राजधानी विषयक प्रस्तावमा छलफल नचलाइएको भन्दै सभामै नाराबाजी गरेका थिए । प्रदेशसभाको गरिमा राख्नुपर्ने मागसहित ना...

नयाँ बजेटमा कुन क्षेत्रले कति पाए ?

नयाँ बजेटमा कुन क्षेत्रले कति पाए ?

काठमाडौं । संघीय सरकारले पहिलोपटक संघीय संसदमा बहुप्रतिक्षित बजेट पेश गरेको छ । बाम गठबन्धनको सरकारले मंगलबार (आज) आगामी आर्थिक वर्षको (२०७५/७६) लागि १३ खर्ब १५ अर्ब १४ करोड रुपैयाँको बजेट (वार्षिक आय— व्यय विवरण) पेश गरेको छ । चालू वर्षभन्दा आगामी आर्थिक वर्षको बजेटमा धेरै ठुलो आकारको अन्तर छैन । सम्पूर्ण बजेटमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख (६४.३ प्रतिशत), पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख (२३.९ प्रतिशत) र वित्तिय व्यवस्थातर्फ १ खर्ब ५ अर्ब ७१ करोड ६० लाख (११.८ प्रतिशत) छुट्याइएको छ । सरकारले यसको खर्च जुट्ने स्रोत पनि पेश गरेको छ । बजेटको स्रोत भनेको राजस्व, आन्तरिक ऋण र बाह्य ऋण तथा अनुदान हो । ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख राजस्वबाट, वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५ लाख, वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब र आन्तरिक ऋणबाट १ खर्ब ७२ अर्ब रुपैयाँ व...

१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठसहित]

१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठसहित]

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट) प्रस्तुत गरेका हुन् । सरकारले राजश्वबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब उठाउने लक्ष्य लिएको छ। ...

शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण  दिइने

शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिइने

काठमाडौँ — सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा ७ लाख रुपैयाँसम्म ऋण दिने उल्लेख गरे । सरकारले प्रधानमन्त्री रोजगारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि सरकारले ३ अर्व १० करोड रुपैया बजेट छुट्टाएको छ ।   सार्वजनिक रोजगारी प्रत्याभुतिको लागि छुट्टै विद्येयक संसदमा पेश गर्ने भएको छ । सरकारले रोजगार सुचना केन्द्र स्थापना, समान कामको लागि सामान ज्याला, आन्तरीक श्रम निरिक्षण गर्ने भएको छ ।   वैदेशिक रोजगारीबाट फर्केका कामदारको सीप परीक्षण गरि उद्यम गर्नको लागि १० लाखसम्म ऋण दिने योजना ल्याएको छ । सीप सिकेका कामदारलाई मात्रै वैदेशिक रोजगारीमा जान दिने र ७ वटै प्रदेशमा श्रम स्वीकृतिको ...

बालकृष्ण ढुंगेलसहित ८ सय १६ जनालाई 'माफी'

बालकृष्ण ढुंगेलसहित ८ सय १६ जनालाई 'माफी'

काठमाडाैं - सरकारले गणतन्त्र दिवसको अवसर पारेर तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीलाई थुनामुक्त गरेको छ । ११ औँ गणतन्त्र दिवसको अवसरमा चालचलन असल रहेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेलसहितलाई आममाफी दिनुभएको हो । ढुंगेल ओखलढुँगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतले दोषी ठहर गरी जन्मकैद भोगिरहेका ब्यक्ति हुन् । सोमबार राती बसेको मन्त्रीपरिषद बैठकले ढुंगेल सहित आममाफी पाउनेहरुको नाम अनुमोदन गरि राष्ट्रपतिसमक्ष अनुमोदनका लागि सिफारिस गरेको थियो । ढुंगेललाई थुनामुक्त गर्न नहुने भन्दै परेको रिटमा सर्वोच्च अदालतले यसबारेको सक्कल फाइल नै मगाएकै दिन सरकारले ढुँगेललाई माफी दिने निर्णय गरेको हो । व्यक्ति हत्याको अभियोग अदालतले पुष्टि गरेपछि ढुंगेलले आफूविरुद...