देश

बजेट अधिवेशन वैशाख २३ गते शुरु हुने

बजेट अधिवेशन वैशाख २३ गते शुरु हुने

बैशाख १९, काठमाडौं – सघीय संसदको बजेट अधिवेशन यही वैशाख २३ गते आइतबार शुरु हुने भएको छ । सभामुख कृष्णबहादुर महराले बुधबार संसद सचिवालय सिंहदरबारमा पत्रकार भेटघाट गर्दे बजेट अधिवेशनको कार्यसूची सार्वजनिक गर्नुभएको हो । पहिलो दिन २३ गते अपराह्न ४ बजे बैठक शुरु हुनेछ । सोही दिन अधिवेशन शुरु हुनुअघि जारी अध्यादेशहरू बैठकमा पेश हुनेछन् । त्यसपछि २४ गतेदेखि नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल तथा त्यसअघि पेश भएका अध्यादेशहरू स्वीकृत गर्ने कार्यतालिका संसद सचिवालयले बनाएको छ । २६ गते संसदमा अर्थमन्त्रीले प्रि बजेट पेश गर्नेछन् । त्यसमाथि ३ दिनसम्म छलफल चल्नेछ । जेठको पहिलो साता राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख महराले जानकारी दिनुभयो । सभामुख महराले विनियोजन विधेयकका सिद्धान्त र प...

माओवादी केन्द्रले जवज र एमालेले जनयुद्धलाई स्वीकार गरेर अघि बढ्ने सहमति

माओवादी केन्द्रले जवज र एमालेले जनयुद्धलाई स्वीकार गरेर अघि बढ्ने सहमति

बैशाख १९, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले जवज र एमालेले जनयुद्धलाई स्वीकार गरेर अघि बढ्ने सहमति भएको जानकारी दिनुभएको छ ।  पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा बुधबार बसेको सचिवालय बैठकमा ‘ब्रिफिंग’ गर्दै अध्यक्ष प्रचण्डले एकता संयोजन समितिले टुंग्याउन नसकेको जवज र जनयुद्धमा सहमति भएको बताउनुभएको हो । प्रचण्डले सचिवालय बैठकमा एकता छिट्टै टुंगिने भन्दै दुई अध्यक्षबिचको बैठकमा एकताको मोडालिटीमा समेत सहमति जुटेको बताउनुभयो । सहमति हुन बाँकी विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच बिहीबार बैठक बसेर टुंग्याउने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । एमाले जनयुद्धलाई स्वीकारेको र माओवादीले पनि एमालेको जबजाई पनि स्वीक...

पेट्रोल, डिजल र मट्टितेलको भाउ बढ्यो

पेट्रोल, डिजल र मट्टितेलको भाउ बढ्यो

काठमाडौं, बुधबाार, बैशाख १९, २०७५ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ मूल्य वृद्वि गरेको हो । मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर रु ९० पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।...

विद्यालय पुस्तकमा करोडौ कमिसन

विद्यालय पुस्तकमा करोडौ कमिसन

निजी विद्यालयहरुले वर्षेनी पुस्तकका नाममा करोडौ रुपैयाँ कमिसन लिने गरेको पाइएको छ । जसको सोझो मार अभिभावकले बेहोर्न बाध्य भएका छन् । निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनका अनुसार नेपालमा ८ हजार निजी विद्यालय सञ्चालनमा छन् । जानकारहरुका अनुसार निजी विद्यालयमा अहिले करिब २० लाख विद्यार्थी अध्ययन गर्छन । कक्षा १ देखि १० कक्षासम्म पुस्तकलाई औसतमा भाग लगाउने हो भने ८ वटा किताब पर्छन् । यसरी हेर्दा निजी विद्यालयमा अध्ययनरत २० लाख विद्यार्थीका लागि १ करोड ६० लाख किताबको आवश्यकता पर्छ । औसतमा १ किताब बराबर २०० रुपैयाँ मान्दा पुस्तकको मुल्य ३ अर्व २० करोड पर्न जान्छ । विद्यालय, पब्लिकेशन र स्टेशनरीले एउटा पुस्तकबाट ३५ प्रतिशत कमिसन खाँदा एउटा किताबबाट ७० रुपैयाँ हुन्छ भने १ करोड ६० लाख किताबबाट १ अर्व १२ करोड फाइदा हुन्छ । १ अ...

बुद्धभूमी महाविहारले  २५६२ ‌औं बुद्ध जयन्ती मनाइयो

बुद्धभूमी महाविहारले २५६२ ‌औं बुद्ध जयन्ती मनाइयो

सोमवार, बैशाख १७, २०७५ काठमाडौं । बुद्धभूमी महाविहारले २५६२ ‌औं बुद्ध जयन्तीका अवसरमा विशेष कार्यक्रम गरी मनाइयो । बुद्ध जयन्ती मूल समारोह समिति बुद्धभूमी महाविहार टोखाको आयोजनामा महाविहार परिसदबाट बुद्धको प्रतिमा सहित आज विहान विशेष नगर परिक्रमा समेत गरिएको थियो । उक्त विहानी नगर परिक्रमामा टोखामा रहेका विभिन्न भजन, दापा खलः विद्यालयका विद्यार्थी तथा सर्वसाधारणहरुको उल्लेख्य सहभागिता समेत रहेको थियो । बुद्धभूमी महाविहार स्थुली टोखाबाट शुरुभएको नगर परिक्रमा टोखा नगर परिक्रमा पश्चात पुनः विहार पुगि विशेष पूजा पश्चात समापन गरिएको थियो ।  ...

रोकिएन भारतद्वारा नेपाली भुमी अतिक्रमन दिन दाहारै हतियार सहित भारतीय एसएसबी नेपाल भित्र पसेर तारवार तोडफोड (भिडियो सहित)

रोकिएन भारतद्वारा नेपाली भुमी अतिक्रमन दिन दाहारै हतियार सहित भारतीय एसएसबी नेपाल भित्र पसेर तारवार तोडफोड (भिडियो सहित)

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी सिमावर्ती क्षेत्रमा भारतीय सुरक्षा बल एसएसबीले नेपालीमाथि ज्यादती गरेको छ । जिल्लाको पुर्नवासमा नगरपालिका वडा नम्वर–९ बिचफाटा स्थित दशगजा क्षेत्रमा भारतीय सुरक्षा बल एसएसबीले नेपालीमाथि ज्यादती गरेको हो । हात्ती आतङ्क रोक्न लगाउँदै गरेको फेन्सी तारवार तोडफोड गरिएको छ भने नेपाली माथि हातपात समेत गरेको स्थानियले आरोप लगाएका छन् । नेपाल भारत सिमाना स्थित बिचफाँटामा हातहतियार सहितको ठूलो सँख्यामा आएको भारतीय प्रहरीले विद्युतीय फेन्सी तारवार लगाउन रोक लगाउँदै बनाएका संरचनामा समेत तोडफोड गरेको पुनर्वास नगरपालीका वडा नम्बर ९ का वडाअध्यक्ष नारायण प्रसाद जैसीले बताए । ‘दूई महिना अघि मौखिक सम्झौता गरेर काम थालनी गरेपनी सो क्षेत्रमा नयाँ आएका एसएसबी प्रमुख राजीव कुमार सहितको टोलीले दुव्र्यवहार गरेको हो’ उनले ...

१४ हजार कित्ता जग्गा अधिग्रहण गरिने

१४ हजार कित्ता जग्गा अधिग्रहण गरिने

काठमाडौं : सरकारले बाहिरी चक्रपथ निर्माणलाई गति दिन जग्गा एकीकरण प्रक्रिया अघि बढाउने र भौतिक विकास योजना स्वीकृत गरेको छ। सरकारले मंगलबाट बाहिरी चक्रपथ निर्माण गर्न चोभार–सतुंगल खण्डको ६.६ किलोमिटरमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। यो निर्णयसँगै भौतिक विकास योजना अर्थात् विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर)समेत स्वीकृत गरेकाले अब बाहिरी चक्रपथको पहिलो खण्ड निर्माण अगाडि बढ्ने काठमाडौं उपत्यका विकास प्राधिकरणका अधिकृत ध्रुव सापकोटाले जानकारी दिए। सरकारी निर्णयसँगै ७२ किलोमिटरको बाहिरी चक्रपथ निर्माण अब पूरा हुने भएको छ। जग्गा अधिग्रहणको अनुमति दिएइकाले यसका लागि सूचना प्रकाशित गर्ने तयारी भइरहेको सापकोटाले बुधबार बताए। सरकारले जग्गा अधिग्रहण र डीपी...

सडक विस्तार पीडितमाथि प्रहरीद्वारा पानीको फोहोरा र आश्रुग्याँस प्रहार

सडक विस्तार पीडितमाथि प्रहरीद्वारा पानीको फोहोरा र आश्रुग्याँस प्रहार

काठमाडौं ।बिहीबार, चैत १५, २०७४ । प्रहरी र सडक विस्तार संघर्ष समितिबीच वानेश्वर क्षेत्रमा बुधबार झडप भएको छ । गैरन्यायिक सडक  विस्तारको विरुद्धकामा शान्तिपुर्ण जुलुसमा प्रहरीले प्रदर्शनकारी माथि अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।  शान्तिपुर्ण आन्दोलनमा उत्रिएका सडक विस्तार पीडितहरुमा माथि प्रहरीले गरेको कार्यलाई दमनको संज्ञाए दिएको छ । प्रहरी दमनबाट दर्जनौँ आन्दोलनकारी घाइते भएका छन् । प्रहरीको हस्तक्षेपछि पसल र घरमा लुकेकालाई समेत  निकालेर प्रहरीले कुटपिट गरेको आन्दोलनकारीले जनाएका छन् ।  गैरन्यायिक सडक  विस्तारको विरुद्धका लागि मात्र नभै राज्यसत्ताले गरिरहेको सबै खालका उत्पीडनताका विरुद्ध संघर्षमा उत्रिएको समितिले बुधबार माइतिघरबाट निकालेको जुलुस वानेश्वरतिर अघि बढने क्रममा झडप भएको हो । राज्यले उपत्यकाका धा...