देश

राष्ट्रपतिका लागि वाम गठबन्धनबाट विद्यादेवी र  कांग्रेसबाट कुमारी लक्ष्मीको उम्मेदवारी दर्ता

राष्ट्रपतिका लागि वाम गठबन्धनबाट विद्यादेवी र कांग्रेसबाट कुमारी लक्ष्मीको उम्मेदवारी दर्ता

काठमाडौं, फागुन २३ – वाम गठबन्धनबाट राष्ट्रपतिमा विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।  त्यस्तै नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राईले केहीबेरअघि राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नु भएको छ । बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर भण्डारी र राईले उम्मेदवारी दर्ता गर्नुभएको हो । भण्डारीको प्रस्तावकमा नेता माधव नेपाल, भिम रावल, इश्वर पोख्रेल, सुवास नेम्वाङ र ओनसरी घर्ती हुनुहुन्छ । त्यस्तै उहाँको समर्थकमा नेता रामबाबु थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रविन्द्र अधिकारी रहनुभएको छ । राईको प्रस्तावकमा चित्रलेखा यादव, मानवहादुर विश्वकर्मा, पार्वत डिसि चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे रहेका छन् । यस्तै समर्थकमा सरिता प्रसाई, सूजता परियार, मेखलाल ...

प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रशारण

प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रशारण

प्रतिनिधिसभा बैठक अहिले चलिरहेको छ । बैठकमा विभिन्न राजनीतिक दलका शीर्षठ नेताद्रावरा सम्बोधन गर्ने कार्य भैरहेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्   भिडियो स्रोत न्युज एजेन्शी नेपाल...

रक्षामन्त्री ईश्वर पोखरेलः अवसर र चुनौती

रक्षामन्त्री ईश्वर पोखरेलः अवसर र चुनौती

१५ फागुन, काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने तयारीमा थिए । तर, उपप्रधानमन्त्रीबिनाको रक्षामन्त्रीमा चित्त बुझाउन बाध्य भए । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच उपप्रधानमन्त्री नराख्ने सहमति भएका कारण पोखरेल उपप्रधानमन्त्री भएनन् । तर, प्रधानमन्त्रीपछिको बरियतामा राख्न दुवै नेता सहमत भए । ईश्वर पोखरेलका लागि मन्त्री पद अहिलेसम्म सुखद भएको छैन । संख्याको हिसाबले उनी तेस्रोपटक मन्त्री भए । यसअघिका उनका दुबै कार्यकाल बिर्सनलायक छन् । पहिलोपटक ०६१ सालमा प्रतिगमन आधा सच्चियो भन्दै एमालेले शेरबहादुर देउवाको सरकारमा पोखरेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाएर पठाएको थियो । सात महिना कार्यकाल नपुग्दै तत्कालीन राजा ज्ञानेन्द्रले देउवा सरकारलाई बर्खास्त गरेपछि पोखरेल मन...

नेपाल भ्रष्ट देशको सूचीमा, विश्वका १८० देशमध्ये १२२ औं स्थानमा

नेपाल भ्रष्ट देशको सूचीमा, विश्वका १८० देशमध्ये १२२ औं स्थानमा

 काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक सार्वजनिक गरेको छ, जसमा ९ स्थान माथि उक्लिँदै नेपाल ३१ अंकसहित १२२ औं स्थानमा देखिन्छ । गत वर्ष नेपाल १३१ औं स्थानमा थियो । सन् २०१७ को नयाँ प्रतिवेदनमा नेपालको स्थितिमा केही सुधार देखिए पनि सन्तोषजनक भने छैन । ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार ४० भन्दा कम अंक ल्याउने देश निकै भ्रष्टाचार हुने भनेर चिनिन्छन् । राजनीति, वित्तिय अनुशासन, न्यायमा पहुँचलगायतका ६ वटा मापदण्डको आधारमा देशहरुलाई शून्यदेखि १०० सम्म अंक दिइन्छ । ० अंक पाएमा सबैभन्दा भ्रष्टाचार हुने र १०० अंक पाएमा भ्रष्टाचार हुँदै नहुने भनेर छुट्याइन्छ । सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा न्यूजील्याण्...

अब पुनर्निर्माण अनुगमन अनलाइनबाटै

अब पुनर्निर्माण अनुगमन अनलाइनबाटै

काठमाडौं, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कुन चरणमा पुग्यो ? कुन संरचनाको पुनर्निर्माणमा कति खर्च गरिँदैछ ? कुन दाताबाट कति रकम सहयोग प्राप्त भयो ? अहिले सबैले चासोका साथ उठाउने प्रश्न हुन् यी। पुनर्निर्माण कार्य सुस्त बनिरहँदा यसबारे यथार्थ जानकारी पाउन पनि सहज छैन । जसले गर्दा हाल पुनर्निर्माणमा भइरहेको खर्चको पारदर्शिताबारे प्रश्नसमेत उठिरहेको छ । विभिन्न गैरसरकारी संस्थाले भूकम्पप्रभावित क्षेत्रमा गरिरहेको खर्चको पारदर्शिताबारे अझ बढी प्रश्न उठ्ने गर्छ । आफ्नोतर्फबाट उपलब्ध गराइएको सहयोग दुरुपयोग हुन नदिन दातृ निकायहरुले पनि विशेष चासो दिँदै आएका छन्। अब भने यी प्रश्नहरुको जवाफ अनलाइनबाटै लिन सकिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसलाई सम्बोधन गर्न बुधबारबाट ‘परियोजना अनुगमन सूचना प्रणाली (पिएमआइएस)’ ...

सात बुँदे सहमतिसहित एमाले र माओवादी एकता टुंगियो

सात बुँदे सहमतिसहित एमाले र माओवादी एकता टुंगियो

काठमाडौं ।  नेकपा एमाले र माओवादी केन्द्रको एकता सोमबार मध्यरातबाट टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले ७ बुँदे सहमति गर्दै एकता निश्कर्षमा पुर्याएको हो । यस्तो छ सहमति १, एकीकृत पार्टीको सिद्धान्त मार्क्सवाद लेनिनवाद रहनेछ। २, एमालेको जनताको बहुदलीय जनवादको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा र शान्ति सम्झौतापछि  माओवादीको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा समान नीति। ४, एमालेको जबज र माओवादीको माओवाद र २१ औँ शताब्दीमा जनवादको विधिसम्मत छलफल र परिमार्जन गरिनेछ। ५, अन्तरिम विधान तयार गरिनेछ। ६, प्राप्त उपलब्धीको रक्षा गरी सामाजिक तथा आर्थिक रुपान्तरण गर्दै समाजवादको आधार तय गरिनेछ। ७ अबको महाधिवेशन एकता महाधिवेशन हुनेछ। सहमतिमा केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, पुष्प...

तेइस लाख खर्चेको सिँचाइ योजना पाँच वर्ष टिकेन

तेइस लाख खर्चेको सिँचाइ योजना पाँच वर्ष टिकेन

जाजरकोट- रु २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ । जिल्लाको नलगाड नगरपालिका–८, हल्चौरमा रहेको सिँचाइ योजना ५ वर्ष पनि नटिकेको हो ।  स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा वढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउने भनी सिँचाइ योजना निर्माण गरिएको थियो । ५ वर्ष नबित्दै हल्चौरका स्थानीयवासीले सिँचाइ सुविधा उपभोग गर्नबाट वञ्चित भएका छन् । लिली हेल्भेटासको आर्थिक सहयोगमा मुलाखोलाबाट पाइपमा पानी ल्याई हल्चौर गाउँमा पाँचवटा प्लास्टिक पोखरीमा पानी जम्मा गरी स्थानीयवासीलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यले योजना निर्माण गरिएको थियो ।  योजना निर्माण गरेको ५ वर्ष बित्न नपाउँदै अहिले प्लास्टिक पोखरीको नाम निसान नै नभएको स्थानीयवासी गोरखबहादुर विकले बताउनुभयो । स्थानीय उपभोक्ता ...

गणतन्त्र स्मारक निर्माण सम्पन्न

गणतन्त्र स्मारक निर्माण सम्पन्न

काठमाडौँ । गणतन्त्र स्मारक निर्माणको काम सम्पन्न भएको छ । विसं २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएपछि सरकारी पहलमा नारायणहिटी दरबार परिसरमा निर्माण थालिएको स्मारकको काम सकिएको हो । सरकारले विसं २०६९ मंसिरमा बिकोई स्काई बंगलामुखी ज्वाइन्ट इन्भेन्चरसँग सम्झौता गरी तीन वर्षभित्र निर्माण गर्ने भने पनि निर्माणमा केही ढिलाइ भएको थियो । कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले स्मारक निर्माणको काम पुरा भएकाले यही महिना भवन विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए । “स्मारक निर्माण कार्य समयमा सम्पन्न गर्ने गरी काम गरेका थियौँ, भूकम्प र भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले केही समय ढिला गरी सम्पन्न भएको हो”, उनले भने । भवन विभागले गणतन्त्र दिवसका अवसरमा उद्घाटन गर्ने योजना बनाएको श्रेष्ठले बताए । रासस...