देश

सगरमाथामा महिला पत्रकारको समुह

सगरमाथामा महिला पत्रकारको समुह

९ जेठ, काठमाडौं । नेपाली महिला पत्रकारको समुह सगरमाथा आरोहण गर्न सफल  भएको छ । जेष्ठ ९गते बिहान ६ बजेको समयमा आरोहण दलका सदस्यहरु मेगा टेलिभिजनकी कल्पना महर्जन , नेपाल टेलिभिजनकी रोजिता बज्राचार्य, रा.स.स. की रोसा बस्नेत , स्बतन्त्र पत्रकार देउरालि चाम्लिङ्गको टिम सगरमाथाको चुचुरोमा पुग्न सफल भएको छ । १३ चोटि सम्म सगरमाथा आरोहण गर्न सफल फूर्वा शेर्पा को नेतृत्वमा गएको आरोहण दलका प्रतिनिधि हरु फर्कदै गरेको पर्यटन मन्त्रालयका अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनु भएको जानकारी नेपाल टेलिभिजनका समाचार प्रमुख राजु सिलबालले टेलिफोन मार्फत आज बिहान ६ बजेर ५० मिनेट जादा बताउनु भयो ।...

केरुङ-काठमाडौं  रेलमार्ग टोखा क्षेत्रबाट प्रवेश गर्ने

केरुङ-काठमाडौं रेलमार्ग टोखा क्षेत्रबाट प्रवेश गर्ने

९ जेठ, काठमाडौं । चीनले केरूङ-काठमाडौं रेलमार्गको सम्भाव्यताको अध्ययन थालेको छ। रेलमार्गको अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका ८ अधिकारी सोमबार काठमाडौं आएका थिए। रेलवे विभागसँग समन्वय गरी उनीहरूले मंगलबारदेखि काम सुरु गरेका छन्। ‘अध्ययन गर्न केरूङसम्म पुग्छौं, आज ठाउँ-ठाउँमा अध्ययन गर्दैछौं,’ अध्ययन टोली सहभागी विभागका सूचना अधिकारी प्रकाशभक्त उपाध्यायले भने। नेपाल र चीनका अधिकारीबीच वैशाख दोस्रो साता बेङजिङमा यो रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो। चिनियाँ पक्षले सम्भाव्यता अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटलाई नियुक्त गरेको थियो। ‘अध्ययनको सबै खर्च चिनियाँ पक्षले नै ब्यहोर्छ,’ उपाध्यायले भने, ‘अगस्ट (भदौ १५)सम्ममा कम्पनीले प्रतिवेदन दिनेछ,’ उपाध्या...

गोरे पक्राउ,  संगठित सुन तस्करी: पर्दापछाडि को–को ?

गोरे पक्राउ, संगठित सुन तस्करी: पर्दापछाडि को–को ?

काठमाडौँ — संगठित सुन तस्करीका मुख्य अभियुक्तका रूपमा प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका ‘गोरे’ भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् । उनी काठमाडौंको गौरीघाटस्थित आफ्नै घरनजिकबाट मंगलबार बिहान साढे पाँच बजेतिर पक्राउ परेका हुन् । गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा गठित विशेष अनुसन्धान समितिले दिउँसो पत्रकार सम्मेलन आयोजना गरी उनलाई सार्वजनिक गरेको हो । पक्राउपछि गोरेले आफूले सुन व्यवस्थापन मात्रै गरेको र तस्करीमा आफूभन्दा माथि धेरै जना रहेको खुलाएको स्रोतले बतायो । सुन तस्करीमा प्रहरीसँग सहयोग लिएको र त्यसबापत आफूले रकम दिने गरेको पनि उनले पुष्टि गरेका छन् । पक्राउपछि गोरेले अनौठो व्यवहार देखाएको समितिका एक सदस्यले बताए । ‘एकैछिनमा रुने, गम्भीर हुने र मरौंमरौं लागेको बताउने गरेका छन्,’ ती सदस्यले भने, ‘...

जेठ २ गते मातृभाषा पत्रकारिता सम्मेलन हुने

जेठ २ गते मातृभाषा पत्रकारिता सम्मेलन हुने

काठमाडौं, वैैशाख ३० गते । संघीय संरचनामा मातृभाषाको पत्रकारितालाई राज्यले प्रर्वद्धन गर्ने नीति तर्जुमाको लागि आउँदो जेठ २ गते राजधानीमा मातृभाषा पत्रकारिता सम्मेलन हुने भएको छ ।नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गर्ने सम्मेलनमा नेपालभाषालगायत विविध भाषाको पत्रकारिताको इतिहास, समस्या र समाधानलगायतको विषयमा कार्यपत्र प्रस्तुत हुने कुरा शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।राज्यले गर्नुपर्ने कार्यहरू समेटिएको कार्यपत्र प्रस्तुत गरिने पत्रकार दबूका उपाध्यक्ष एवं श्रेष्ठले पत्रकार भेटघाटमा जानकारी दिनुभयो । सम्मेलनमा प्रस्तुत कार्यपत्रलाई समेटिएर पुस्तक प्रकाशन गर्ने पनि दबूले जनाएको छ ।सञ्चार क्षेत्रको पुनःसंरचना गर्दा समावेशी पत्रकारिता र त्यसको एक मुख्य आधारको रूपमा मातृभाषाको पत्रकारिता फस्टाउने, प्रर्वद...

अब यस्तो बन्नेछ बौडेश्वर झरना क्षेत्र (भिडियो सहित)

अब यस्तो बन्नेछ बौडेश्वर झरना क्षेत्र (भिडियो सहित)

काठमाडौँ — पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित टोखा नगरपालिकाले बौडेश्वर झरनाको गुरुयोजना तयार गरेको छ । पारागन कन्सल्टेन्सीसँगको सहकार्यमा उक्त गुरुयोजना तयार गरिएको र यसैका आधारमा आगामी ७ वर्षभित्र योजनालाई साकार रूप दिने तयारी रहेको मेयर प्रकाश अधिकारीले बताए । शनिबार एक कार्यक्रमका बीच राजधानीका स्थानीय तह र सरोकारवालाबीच २५ करोड रुपैयाँ लागतको उक्त गुरुयोजना सार्वजनिक गरेको हो । धार्मिक र प्राकृतिक हिसाबले पनि महत्त्वपूर्ण वडा नं. १ झोरस्थित वरुणेश्वर महादेवसँगैको बौडेश्वर झरनाको प्राकृतिक स्वरूप नबिगारी पार्क, लगायतका संरचना बनाइने गुरुयोजनामा उल्लेख छ । चक्रपथमा पर्ने सामाखुसीबाट झन्डै १० किलोमिटर पर पर्ने झोरमा पत्थरको पहाडका बीचबाट झर्ने झरना पर्यटकीय आकर्षणको केन्द्र हो भने गुफाभित्र वरुणेश्वर महादेवको मन्दिर छ । ...

मोदीको स्वागत ओलीले गर्ने : यस्तो छ तयारी

मोदीको स्वागत ओलीले गर्ने : यस्तो छ तयारी

बैशाख २०, काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको विहार हुदै सिधै जनकपुरधाम आउने जनाइएको छ । मोदीको भ्रमणको सुरक्षा अवस्थाबारे बुझ्न जनकपुर आएका गृहमन्त्री रामबहादुर थापाले भारतीय प्रधानमन्त्री मोदी सिधै जनकपुर आउन लागेको जानकारी गराएका हुन् । अभिनन्दन हुने स्थल वाह्रबिघा निरीक्षणपश्चात् जिल्ला प्रहरी कार्यालय धनुषामा मंगलबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै गृहमन्त्री थापाले भारतको पटना हँुदै भारतीय प्रधानमन्त्री मोदी जनकपुरधाम भ्रमणपश्चात् मुस्ताङ जाने कार्यक्रम रहेको बताए । गृहमन्त्री थापाले दिएको जानकारीअनुसार भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणको क्रममा पहिलो कार्यक्रम जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको छ भने त्यसपछि रंगभूमि मैदान वारहबिघामा अभिनन्दन कार्यक्रम हुने बताउँदै अभिनन्द कार्य...

प्रेस स्वतन्त्रता उल्लंघन पाँच वर्षयताकै उच्च

प्रेस स्वतन्त्रता उल्लंघन पाँच वर्षयताकै उच्च

बैशाख २०, काठमाडौं । यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना पछिल्लो पाँच वर्षकै उच्च देखिएको छ । मुलुकभर फ्रिडम फोरमले एक वर्ष (मे २०१७ देखि अप्रिल २०१८) सम्म गरेको मिडिया अनुगमनपछि आज सार्वजनिक गरेको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदनमा यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना सन् २०१३ पछिकै उच्च रहेको पाइएको छ । प्रतिवेदनअनुसार सन् २०१३ मा १ सय ३१ प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएकामा त्यसपछिका वर्षमा केही कमी देखिए पनि मे २०१७ देखि अप्रिल २०१८ सम्म ६६ वटा घटना भए, जसबाट दुई सयभन्दा बढी सञ्चारकर्मीहरू प्रभावित भएका छन् । प्रतिवेदनअनुसार सन् २०१४ मा ५२, १५ मा ४१, १६ मा ५९, १७ मा २९ र १८ मा ६६ वटा घटना भएका छन् । तीनै तहको निर्वाचन यसै वर्ष सम्पन्न भएसँगै राजनीतिक गतिविधिमा तीव्रताका कारण सन् २०१६–१७ भन्दा झन्डै दोब्बर घटना २०१७–१८ ...

अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

बिहीवार बैशाख २०, २०७५,  काठमाडौं –  “शक्तिको निगरानी र नियन्त्रण: सञ्चार, न्याय र विधिको शासन” भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम सहित मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९३ देखि मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने निर्णय गरेको हो । नेपालमा पनि सन् १९९६ देखि यो दिवस मनाउने गरिन्छ । प्रेस स्वतन्त्रताका आधारभूत सिद्धान्तबारे बहस चलाउने, प्रेस स्वतन्त्रताको अवस्थाको मूल्याकन गर्ने, स्वतन्त्रतापूर्वक पत्रकारिता गर्न पाउने अधिकारको प्रतिरक्षा गर्ने तथा पत्रकारिताको अभ्यासका क्रममा आक्रमणमा परी मारिएका र सताइएका पत्रकार तथा सञ्चारकर्मीप्रति सम्मान अर्पण गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा काठमाडौं प्रभातफेरी निस्किएको छ । बबरमहलबाट सुरु प्रभातफे...