खेलकुद

‘हरेक खेलमा नयाँ–नयाँ म्याचविनर निस्किए’

‘हरेक खेलमा नयाँ–नयाँ म्याचविनर निस्किए’

काठमाडौँ । नेपाली क्रिकेट टोलीले आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा हासिल गरेको सफलताबाट आफू खुसी रहेको कप्तान पारस खड्काले बताएका छन् । शनिबार राती स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै खड्काले नेपाली टोलीले राम्रो क्रिकेट खेल्न सफल भएकोमा खुसी व्यक्त गरेका हुन् । उनले नेपालका लागि हरेक खेलमा नयाँ–नयाँ म्याचविनर निस्किएको उल्लेख गरे । ‘हामीले निकै राम्रो क्रिकेट खेल्यौँ,’ कप्तान पारसले भने, ‘हरेक खेलमा हाम्रो लागि नयाँ म्याचविनर निस्किए । यसले सबैजना उत्साहित, अनुसाशित र दृढ थिए भन्ने देखाएको छ ।’ युवा खेलाडीहरुको प्रशंसा गर्दै उनले यसपटक युवा खेलाडीहरुले आफूहरुलाई स्थापित गर्न सकेको जिकिर गरे । पारसले भने, ‘ प्रतियोगिताभर सबै खेलाडीको उत्तिकै योगदान रह्यो । टिमलाई आवश्यक पर...

एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७३ बाट ३५ खेलाडी सम्मानित

एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७३ बाट ३५ खेलाडी सम्मानित

काठमाडौँ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले खेलकुदको विभिन्न विधाका उत्कृट खेलाडीहरुलाई २०७३ वर्ष खेलाडीको अवार्डबाट सम्मान गरेको छ । टोखाको तपलाछीमा आज एक कार्यक्रम गरी उक्त अवार्डबाट सम्मान गरेको हो । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)को आयोजक तथा टोखा नगरपालिका सहयोगि रहेको उक्त कार्यक्रममा एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७३ बाट विभिन्न ३५ खेलका उत्तिनै खेलाडीलाई नगद सहित पुरस्कृत गरिएको छ । उत्कृष्ट खेलाडीहरुलाई टोखाका जीवित देवी गणेश र कुमारीको उपस्थितमा नेवाः गुठी टोखाले नेवाः परम्पारगत सगुन दिएर बधाई दिएका थिए । क्रिकेटका पारस खड्का, फुटबलका किरण चेम्जोङ, करातेका पर्शुराम बाँस्तोला, भलिबलकी प्रतिभा माली, टेबलटेनिसका श्यान्टु श्रेष्ठ र सुटिङकी अस्मिता राई उत्कृष्ट खेलाडी घोषित ...

२०७३ उत्कृष्ट वर्ष खेलाडी सम्मान कार्यक्रम टोखामा

२०७३ उत्कृष्ट वर्ष खेलाडी सम्मान कार्यक्रम टोखामा

काठमाडौं, नेपाली खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरी राष्ट्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित वनाउन सफल खेलाडीहरुलाई उत्कृष्ट वर्ष खेलाडीबाट टोखामा सम्मान गरिने भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा भोलि टोखाको तपलाछीमा भब्य कार्यक्रम गरी सम्मान गर्न लागिएको टोखा नगरपालिका २ वडाका अध्यक्ष दीपकराज जोशीले बताउनु भयो । भोलि हुने उक्त कार्यक्रममा ३५ बिधा खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गरिने अन्तर्राष्ट्रिय धावकसमेत रहनुभए टोखाका मनिष जोशीले बताउनु भयो । खलाडी सम्मानका साथ साथै विभिन्न कलाकारहरुको उपस्थितिमा सांगीतिक कार्यक्रम समेत हुने जोशीले बैठकमा बताउनु भयो । आज बिहान टोखा नगरपालिकाको २ वडा कार्यालय भवनामा टोखामा क्रियाशील संघसंस्था, खलः पुचःहरुको उ...