विचार / दृष्टिकोण

बामएकताले बिर्सन खोजेका वजनदार पात्र !!

बामएकताले बिर्सन खोजेका वजनदार पात्र !!

बाबुलाल भण्डारी, पुराना संघर्षशील बाम नेता , वरिष्ठ पत्रकार र कुटनीतीज्ञ का. कमल कोइरालाको अस्तिको अभिव्यक्तिले झस्कायो " नेकपा माले र नेकपा मार्क्सवादी एकीकरण पछि चुनाव आयोगमा नेकपा एमाले पार्टी दर्ता गर्न म आफै गएको थिएं । आज एमाले र माओवादी केन्द्रको पार्टी एकता पछि नेकपा दर्ताको लागि साथीहरु चुनाव आयोगमा जांदैछन् ; म भने घरमै छु ।"वहाँका शब्द मोटामोटी यिनै हुन् । पार्टीहरु र नेतृत्वका कथनी र करनीबारे जनताको तहमा तमाम आशंका र अविश्वास हुंदा हुँदै पनि मुलुकमा एउटै कम्युनिष्ट केन्द्र हुनुपर्छ भन्ने विगत ७० वर्ष देखि सपना देख्ने सबै बाम प्रगतिशील तप्काले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको हिजो सम्पन्न पार्टी एकताको निम्ति दिलो ज्यानले माहोल बनाउने काम गरे र यसमा उर्जा थपे । कारण जगजाहेर छ । कम्युनिष्ट घोषणापत्रको एक ठाउँमा मार्क्स र ए...

माइक्रो समस्या आखिर कहिलेसम्म ?

माइक्रो समस्या आखिर कहिलेसम्म ?

कुमार श्रेष्ठ | धेरै समयको अन्तरालपछि म आफ्नो जागिर पचाउनको लागि माइक्रो स्टेशनमा माइक्रो कुर्दै थिए । र्सर्भिसिङ्गको लागि मोटरसाइकल वर्कशपमा छाडेको हुनाले माइक्रोबाट जानु पर्ने बाध्यता थियो । माइक्रो कुरेर बस्ने मान्छेहरूको भीड थियो । म जस्तै धेरै मान्छेहरू कोही कलेजको झोला बोकी, कोही हातमा सामान झुण्ड्याउँदै, कोही दुधेबालकलाई काखि च्यापि गाडी आउने दिशातिर आ-आफ्नो दृष्टि केन्द्रित गर्दै थियो । त्यत्रो मान्छेहरू एउटा माइक्रोमा मात्र अटिने सम्भावना कमै थियो । म भन्दा अगाडी कुर्दै बसेको एक जना चिनेको दाईलाई माइक्रो नआएको कति समय भयो - भनेर सोधे, प्रश्न तेर्स्याउन नपाउँदै एक घण्टाभन्दा बढी, जवाफ फर्काइ हाल्यो । यात्रुहरूको अनुहार कालो बादलले घेरिएको जस्तै एकोहोरो अवस्थामा गाडीको पर्खाइमा बस्दै थियो । सायद आ-आफ्नो गन्तव्यमा पुग्न सबैलाई ढ...

सडक विस्तार पीडित माथी प्रहरी दमन निन्दनीय

सडक विस्तार पीडित माथी प्रहरी दमन निन्दनीय

उपत्यकामा सडक विस्तारका नाममा भएका सबै क्रियाकलाप सही र सकारात्मक छैनन् । सहरभित्र सडक विस्तार गर्दा स्थानीय जनताको सुविधा र हितभन्दा बाहिरको कसैको सजिलो र फाइदा हेरिएको देखिएको छ । यही कारणले उपत्यका मूल बासिन्दा नेवारहरुले काठमाडौं र ललितपुरमा गरिएका अधिकांश सडक विस्तारको विरोध गरेको हुनुपर्छ । त्यसो त सरकारले कानुनी प्रावधानसम्म पूरा नगरी बलमिच्याइँ गरेको पनि अनेकौँ उदाहरण छन् । अदालतको आदेश सरकारले मानोस् भनेर जनताले आन्दोलनै गर्नुपर्ने अवस्था नेपालबाहेक अन्यत्र बिरलै देखिएला । उपत्यकामा सडक विस्तारका नाममा पुराना बस्तीहरूमात्र हैन शताब्दीयौं पुराना सांस्कृतिक सम्पदासमेत ध्वस्त हुने भएपछि संघर्ष समिति नै बनाएर उपत्यकावासी सडकमा ओर्लेका छन् । यही क्रममा बुधबार काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले माइतीघर मण्...

टोखामा पर्यटन विकासको दीर्घकालिन सोच  कसका लागि ?

टोखामा पर्यटन विकासको दीर्घकालिन सोच कसका लागि ?

कुमार रञ्जित- अपार सम्भावना भएको तर कुनै गतिलो पुर्वाधार नबनिसकेको प्राचीन टोखामा पर्यटन उद्यमको खेती गर्न केही उत्साहितहरु अघि सरेका छन् । पर्यटन उद्यमका लागि अत्यावश्यक आधारभूत पूर्वाधार पनि नबनिसकेको अवस्थामा नैतिक तथा स्थानीय जन आकांक्षाका आन्तरिक ज्वारभाटा उर्लिरहेको छ अहिले टोखामा । माघे जाडोको मध्यतिर टोखा संस्कृति सम्पदा संरक्षण दबूले पर्यटन सम्भाव्यता सम्बन्धमा अन्तक्रिर्यात्मक कार्यक्रमको आयोजना गर्‍यो । त्यस क्षेत्रका प्रतिनिधिसभा सदस्य अर्थात् नेकपा एमालेका महासचिवर् इश्वर पोख्र्रेलदेखि स्थानीय वडाका सदस्यसम्म र काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारी, पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहाल, नेपाल पर्यटन बोर्डका कार्यकारिणी सदस्य कृष्ण कुमार अर्याल साथै विज्ञका रुपमा कार्यरत् प्रा. डा. ...

दुःख र पीडाबाट जन्मिएको संस्था

दुःख र पीडाबाट जन्मिएको संस्था

मेरो मन दिनरातभारी भैरहथ्यो, अब के गर्नेकसो गर्ने सधै मन उथलपुथल भैरहथ्यो, यति लामो जीवन कसरी बिताउने । आफू सक्षम भएता पनि मेरो प्यारी छोरी करुणा जस्तै शारिरीकरुपमा असक्षमहरुको दुःख पीडाहरु र उनीहरुले भोग्नु परेको व्यथाहरु मेरो मानसपटल्मा कालो बादल सरी मडारी रहन्थ्यो । मेरी छोरी करुणा जस्तै असक्षमहरुको दुःख पीडाहरु उनीहरुले भोग्नु परेको व्यथाहरु अनिती सबै आँधिबेरीका छालहरुले मुटुमा सधै घोचि रहन्थ्यो । किनकी म एक अपाङ्गको छोरा र अभिभावक पनि हुँ ।मेरी आमा कयौं समय पक्षघाटबाट पीडित हुनुभयो र अन्त्यमा त्यही रोगका कारण र्स्वर्गबास हुनुभयो । आमाको त्यो दर्दनाक पीडाको क्षण मेरो मस्तिष्कबाट नछुट्दै, मेरी छोरी करुणालाई रोगका कारण अपाङ्ग अवस्थामा स्याहार गर्न बाध्य हुनुपरेको छ । आफू नमरी र्स्वर्ग देखिन्न भने झै आफुलाई परेपछि मात्र अरुको व्यथा बुझन स...

ऐतिहासिक, धार्मिक र पुरातात्वीक चण्देश्वरी क्षेत्र विगत र वर्तमान एक समीक्षा

ऐतिहासिक, धार्मिक र पुरातात्वीक चण्देश्वरी क्षेत्र विगत र वर्तमान एक समीक्षा

१७, १८ औं शताब्दि अगादी देखी नै व्यापक प्रचार्रभई विकसित तोखाको अष्तमात्रिका मध्यको एक पौराणिक धार्मिक, पुरातात्वीक, पवित्र स्थल चण्डेश्वरी मन्दिर पनि एक हो । मर्कन्दे पुरान श्री स्वास्थानी ब्रतकथामा समेत वर्ण्र्ाागरिएको दक्षप्रजापतीले होम गरेको स्थल, तेतीसकोती देवीदेवताको विराजमान रहेको चण्देश्वरी मन्दिर परिसरमा रहेका भौतिक संरचना भत्काउने र पुनःनिर्माण गर्ने काम मन्दिरका पुजारी र चण्देश्वरी निर्माण तथा संरक्षण समितिको पहलमा भइरहेको छ । मन्दिर परिसरलाई व्यवस्थित गर्न विभिन्न निकायहरुको आर्थिक सहयोगमा भौतिक संरचनाहरुको निर्माण कार्य भईरहेको छ । मन्दिरको परिसरलाई खुल्ला बनाउने क्रममा पश्चिम र दक्षिण तर्फरहेको पाटीहरु भत्काइएको छ भने मन्दिर परिसलाई चारैतिरबाट पर्खालले घेर्ने समेतको कार्य भईरहेको छ । त्यसै गरी मन्दिर परिसरमा छहरिएर ...

चुनौतीका भारीमुनि प्रधानमन्त्री ओली

चुनौतीका भारीमुनि प्रधानमन्त्री ओली

अनपेक्षित आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपाललाई आफूले नेतृत्व गर्ने नयाँ सरकार गठनको प्रक्रियामा बलियो साथ रहेको सङ्केत दिन नवनियुक्त प्रधानमन्त्री केपी ओली तत्कालका लागि सफल देखिएका छन् । यद्यपि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकताबारे करिब विषयहरू टुङ्गिएको भनिए पनि विस्तारित सानो मन्त्रीमण्डलमा माओवादी केन्द्रको अनुहार नदेखिनुले सुखद सङ्केत गरेका छैनन् । एकाएक छलफलमा लैजाने सहमति बनेको जनताको बहुदलीय जनवादलाई एकतापछि हुने पार्टीको मार्गदर्शक सिद्धान्त बनाइनुपर्ने अडानले माओवादी केन्द्रका नेताहरू अकस्मात झस्किएको भन्ने समाचार भाइरल बनेको छ । उपरोक्त समाचारको सत्यता कायम रहेमा र माओवादी केन्द्रले सरकारमा सहभागिता ‘अस्वीकार’ स्थायी भएमा त्यसले दिने परिणाम ओलीका लागि सुखद् रहने छैन । त्यति मात्र होइन लामो सङ...

किन बढ्दै छ आत्महत्या ?

किन बढ्दै छ आत्महत्या ?

आजभोलि पत्रपत्रिका एवं सञ्चार माध्यमहरुमा दिनहुँजसो आत्महत्याको समाचारले ठाउँ ओगटेको पाइन्छ । एक प्रकारले मन्द विषसरी फैलिरहेको छ, हाम्रो समाजमा आत्महत्याको शृङ्खला । किन यसरी तीव्र गतिमा फैलिरहेको छ ? यो सोचनीय र चिन्ताको विषय हो । स्वभाविक रुपमा मान्छे संवेदनाले भरिएको हुन्छ । जीवनका उतारचढावहरुलाई उसले जसरी पनि समाधान गर्नुपर्ने हुन्छ । सामान्यतयाः कुनै कारणबाट उत्पन्न मानसिक पीडा वा यातनाबाट उन्मुक्तिका लागि मानिसले देखेको उपयुक्त बाटो र उपाय नै आत्महत्या हो । विभिन्न कारणबाट आत्महत्या गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै छ । नेपालमा सामान्यतयाः प्रेमको बहानामा बसेको अनैतिक गर्भ, पतिको कुटाइ, सौताको आगमन, दाइजो, पढाइ तथा व्यवसायमा असफलता आदिजस्ता विकृत मानसिक दबाब नै आत्महत्याको प्रमुख कारण हुन पुग्छन् । अझ १२ वैशाखको भूकम्पपछि नेपा...