टोखा

२ वडामा बस्ती स्तरीय योजना संकलन जारी

२ वडामा बस्ती स्तरीय योजना संकलन जारी

काठमाडौं - आर्थिक बर्ष २०७५/०७६ को लागि टोखा नगरपालिका २ वडाले आफ्नो वडाको लागि पुर्वाधार निर्माण तथा लक्षित वर्ग अन्तर्गतका बस्ती स्तरीय योजनाहरु संकलन कार्यक्रम जारी छ । बस्ती स्तरिय योजना संकलन कार्यक्रम अन्तर्गत आज बिहान उराङ्ग देखि चण्डेश्वरी इलाका सम्मका वडाबासिहरुको भेला गरी योजना संकलन गरेको छ । लक्ष्मिपुर माद्यामिक विद्यालयको सभाहलमा भएको उक्त भेलामा स्थनीय वडाबासि,  महिला समूह लक्षित वर्ग तथा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले आ-आफ्ना योजनाहरु जनप्रतिनिधिहरुलाई बुझाएका थिए । योजना संकलन कार्यक्रममा सहभागिहरुले वडाबासिहरुको आवश्यकतालाई मध्नजर गरी योजनाहरु छनोट गरी प्रार्थमिकताका आधारमा आगामी आर्थिक वर्षमा योजनाहरु समाबेश गर्न आग्रह गर्दै कसैलाई काखा र कसैलाई पाखा नगर्न जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण समेत गराएका थिए । ...

सपनतीर्थमा जेठ १५ देखि २३ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ

सपनतीर्थमा जेठ १५ देखि २३ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ

काठमाडौं । श्रीमद्भागवत प्रचारप्रसार सेवा संघ उप समिति टोखाको व्यवस्थापन तथा आयोजनामा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जेठ १५ गतेदेखि त्रिबेणी संगमस्थल सपनतीर्थमा भईरहेको छ ।  उक्त श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ पण्डित वासुदेवशरण खनाल एवं उपवाचक ज्योतिष पण्डित बिश्वप्रेम आचार्यको मुखारविन्दवाट वाचन तथा पाठपारायण भईरहेको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मूल समारोह समिति टोखाका अध्यक्ष कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । जेठ १५ गतेदेखि २३ गतेसम्म हुने उक्त महायज्ञका लागि सपनतीर्थ द्य खलःले मन्दिर परिसरको सतलमा ठाउँ उपलब्ध गराई सहयोग गरेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार, "पण्डित वासुदेवशरण खनालले को देवभुमी मोक्षभुमी तपोभुमी त्रिबेणी संगमस्थल श्री सिद्धि गणेश सपनतीर्थमा श्रीमद्भागवत महापुर...

आज बिस्काः जात्राको अन्तिम दिन यसरी मनाईदै 

आज बिस्काः जात्राको अन्तिम दिन यसरी मनाईदै 

न्युज अफ टोखा, मंगलबार, बैशाख ४, २०७५ । सपनतिर्थ मेलासँगै सुरुभएको बिस्काः जात्रा आज विधिवत रुपमा सम्पान्न हुदैछ । हिजो नारायण पोखरीमा स्नान पश्चात कोनेलाछीमा विसाइएको देवीदेवताको खटलाई आज विहान विशेष जात्रा गर्ने र नगर परिक्रमा पश्चात गछेँ टोलमा विसाईन्छ । अन्तिम जात्राको तयारीमा प्रत्येक टोलका टोलबासीले आफ्ना वरपरका क्षेत्रमा सफा गरी रातो माटोले लितपोतगरी गरिन्छ । आज दिउँसो ४ः३० बजे तिर अन्तिम जात्राको तयारी सरकारी पुजाबाट गरिन्छ र सिन्दुर जात्रा सहित खट अगाडी बढाइन्छ । खटलाई व्यवस्थित तथा अनुशासित ढंगबाट अगाडी बढाउन बंसः(विशेष प्रकारको सेतो कपडा) ल्यागु अर्थात कपडा बिछ्याई खट अगाडी बढाउने कार्य गरिन्छ । कोनेलाछीमा गएर जात्राको बिधिवत अन्त्य भए पनि पाँचवटै खटहरू पुनः थनेलाछीमा आएर यंसीलाई आफ्नो नियम अनुसारले परिक्रमा गरे पछि प्रत्यकक...

टोखाको सपनतिर्थ मेला र बिस्काः जात्रा एक चर्चा

टोखाको सपनतिर्थ मेला र बिस्काः जात्रा एक चर्चा

न्युज अफ टोखा । सुबिन्द्र श्रेष्ठ, बिक्रम संवतको नयाँ वर्ष आगमनसंगै पौराणिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक एवं प्राचीन नगरी टोखामा बिस्काः जात्रा सुरु हुन्छ । टोखाको धार्मिक तिर्थस्थल सपनतिर्थ मेलासंगै ४ दिनसम्म हर्षोल्हासका साथ बिस्काः जात्रा टोखाबासीहरुले मनाउँदै आइरहेको छ । टोखाको विशेष पर्व उत्सवका रुपमा यो जात्रालाई लिने गरिन्छ । मौलिक बाजागाजाको मौलिक धुनमा भातृत्व र सद्भाव र शीष्टताकासाथ उल्हास तथा साँगीतिकमय वातावरणमा धुमधामसँग यो पर्व मनाइने गर्दछ । टोखाबासीहरूको एकताको प्रतीकको रुपमा समेत यस जात्रालाई लिने गरिन्छ । टोखाको यस बिस्काः जात्रा लाई काठमाडौंको बिस्का नखः का रुपमा लिइन्छ । तथापी प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको टोखाको बिस्काः जात्रा जनमानसमा त्यती भिज्न सकिरहेको छैन । आफ्नै छुट्टै मौलिकता बोकेको यस ट...

टोखाको ऐतिहासिक बिस्काः जात्रालाई यस बर्ष भव्य र सभ्य बनाइने

टोखाको ऐतिहासिक बिस्काः जात्रालाई यस बर्ष भव्य र सभ्य बनाइने

काठमाडौं । काठमाडौंको प्राचीन शहर टोखामा हरेक बर्ष मनाइदै आएको बिस्काः जात्रालाई यसपटक थप व्यवस्थित बनाइने भएको छ । नेपालको सबभन्दा पुरानो बिस्काः जात्रा मानिएको यस जात्रा आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा परेको भन्दै टोखा बिस्काः जात्रा मूल व्यवस्थापन समिति नेवाः गुथी टोखाले यसपटक जात्रालाई भव्य र सभ्य बनाउने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले ऐतिहासिक एवं वैभवशाली शहर टोखामा हरेक बर्ष नयाँ वर्षको अवसरमा मनाइने सपनतीर्थ मेला र वैशाख १ देखि ४ गतेसम्म हुने बिस्काः जात्रा मेलामा दश लाख बढी तीर्थालु र पर्यटक उतार्ने लक्ष्य लिइएको छ । नयाँ बर्षको स्वागत मौलिकरुपमा गरिदै आएको टोखाको उत्खनन र अध्ययनमा पुरातत्व विभागले पनि चासो देखाएपछि जात्रा व्यवस्थापन समितिले टोखामा मनाइदै आएको परम्परागत पर्वहर...

बिस्काः जात्रा मूल व्यवस्थापन समिति गठन

बिस्काः जात्रा मूल व्यवस्थापन समिति गठन

काठमाडौं,बुधबार, चैत २१, २०७४ । बिस्का जात्रालाई व्यवस्थित, मर्यादित, भव्य र सभ्य रुपमा सम्पन्न गर्न नेवा गुथिका अध्यक्ष देवराज डंगोलको संयोजकत्वमा २१ सदस्यी टोखा बिष्का जात्रा मूल व्यवस्थापन समितिको गठन गरिएको छ । जात्राको संरक्षक तथा सल्लाहकारमा टोखा नगरपालिका कार्यालय तथा २ र ३ वडा कार्यालयका क्रमश मेयर प्रकाश अधिकारी, उप मेयर ज्ञानमाया डंगोल वडा अध्यक्ष दीपकराज जोशी तथा सिंहराज श्रेष्ठ रहेका छन् । त्यस्तै हेमराज श्रेष्ठ (मूःनायो), गणेशमान श्रेष्ठ, अष्ट नारायण डंगोल, हरिदास श्रेष्ठ, मनिष जोशी ,माईला डंगोल र मोतिलाल श्रेष्ठ समितिका सल्लाहकारका रुपमा रहेका छन् । त्यस्तै गरी विभिन्न संघ संस्था, बाजा खल तथा द्यः खलहरु सहितको संयोजनमा जात्रा मूल व्यवस्थापन समिति सचिवालयको गठन तथा त्यस अन्डरमा रहने गरी विभिन्न समिति तथा उपसमितिहरुको समेत गठन गरिए...

बिस्काः जात्रासँगै साँस्कृतिक महोत्सव पनि हुने

बिस्काः जात्रासँगै साँस्कृतिक महोत्सव पनि हुने

काठमाडौ‌ं ,शनिवार, चैत ३, २०७४ । नयाँ वर्षँसगै सुरु हुने बिस्काः जात्रालाई साँस्कृतिक महोत्सवका रुपमा मनाइने भएको छ । बैशाख १-४ गते सम्म हुने उक्त जात्रालाई यस वर्ष साँस्कृतिक महोत्सवकै रुपमा मनाउन लागिएको नेवाः गुठि टोखाका अध्यक्ष देवाराज डंगोलले बताउनु भयो । आज विहान नेवाः गुठि तोखाको कार्यालय परिसरमा बिस्काः जात्रा तथा साँस्कृतिक महोत्सवको तयारीका लागि टोखामा क्रियासिल संघसंस्था तथा २ र ३ वडाका वडा अध्यक्ष सहितको उपस्थितिमा तयारी बैठक बसेको छ । उक्त बैठकमा नेवाः गुठिका महासचिव रमेश नापितले बिस्का जात्रासँगै साँस्कृतिक महोत्सवको औचित्य प्रकाश पारेका थिए । २ वडाका अध्यक्ष दिपकराज जोशीले ऐतिहासिक नगर टोखा र ऐतिहासिक जात्रालाई अझ व्यापक प्रचारप्रसार तथा त्यसको सर्म्वर्द्धन तथा प्रवर्धन गर्ने उद्देश्यले हुन लागेको उक्त महोत्सव तथा जात्र...

शुरु भयो पाहाँ चर्‍हे नखः

शुरु भयो पाहाँ चर्‍हे नखः

काठमाडौं । आज चैत कृष्ण चतुर्दशी अर्थाल पाहाँ चर्‍हे । आज विहान थनेलाछिमा रहेको यँसि गाल्यमा यँसि (लिङ्गो) उठाएसँगै पाहाँ चर्‍हे नखःको विधिवत रुपमा शुरु भएको छ । यँसि उठाउनु पूर्व यँसि गुठीका खलकहरुले यँसिको आफ्नै मौलिक र प्राचीन विधिबाट विशेष पूजाआजा गरिन्छ । यँसि गुठीका सदस्यसहित जनसमुदायहरु होइस्ते र हइस्ते गर्दै एक आपसको सहकार्यमा यँसि उठाइन्छ ।यँसिलाई महादेवको प्रतीकका रुपमा मानिन्छ । हरेक वर्ष चैत कृष्ण चतुर्दशी देखि कृष्णपक्ष तीनदिन सम्म हर्षोल्हासका साथ पाहाँ चर्‍हे नखः मनाईदै आईरहेको छ ।  पाहाँ अर्थात पाहुना र चर्‍हे अर्थात पर्व, बिहे गरि पठाइसकेका छोरीहरुलाई घर व्यवहारले नभ्याइ रहने हुँदा वर्षो एक दिन भए पनि अनिवर्य रुपमा यस पर्वको उपलक्ष्यमा निम्तो गरेर भोज खुवाउने परम्परा छ । आज बेलुका लुक्माद्यः जात्रा गरिन्छ । द्यः छेँ ब...