टोखा

प्राचीन सहर टोखाको सांस्कृतिक तथा सामाजिक पक्ष

प्राचीन सहर टोखाको सांस्कृतिक तथा सामाजिक पक्ष

समाज तथा संस्कृतिका विश्लेषक गोपालसिंह नेपालीले ‘द नेवार’ मा नेवारहरुको उच्च संस्कृति र आर्थिक साधनहरुका कारणले सभ्यतामा पछि परेका अन्य समुदायहरुले आफूलाई त्यसमा मिलाउन सकेनन् भन्ने कुरा उल्लेख गरेका छन् (पूर्ववत्, पृष्ठ २५) । उनका अनुसार नेवारहरु अरुसँग मिसेर जीजीविषा अघि बढाउन इच्छुक रहेपनि व्यापार–व्यवसायमा निपुण यी समुदाय निकै विकसित रहेकाले अरु समुदायले सँगै बस्ने र सम्बन्ध स्थापित गर्न नसकेको हो । यसले गर्दा नेवार समुदाय अलग्गै समाज बनाएर बसोबास गर्दै आएका हुन् । साथै उनीहरु सामाजिक रुपमा छिमेकी इष्ट–मित्रसित अति नै घनिभूत हुने स्वभावका भएकाले उनीहरुको बस्ती अति नै बाक्लो र घरहरु एकअर्कासँग जोडिने गरी नजिकिने हुन गएको समेत सो पुस्तकमा उल्लेख छ । नेवार जाति र समाजमा पाईने यी सम्पूर्ण गुण टोखाली समाजमा हालसम्म पनि विद्यमान छन् । ...

प्राचीन सहर टोखाको ऐतिहासिक पक्ष

प्राचीन सहर टोखाको ऐतिहासिक पक्ष

टोखाको नामाङकरण नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ फल्ने ठाउँ वा चौर भन्ने बुझिन्छ । टोखा शहर पहिले पहिले उखु खेती तथा चाकु उत्पादनको लागि प्रख्यात थियो । हालसम्म पनि टोखाको चाकुलाई मौलिक र विशिष्ट चाकुका रुपमा लिइन्छ । यस अनुसार यो क्षेत्रको नाम ‘टुख्यः’ बाट अपभ्रंस हुँदै ‘टोखा’ हुन गएको लोक–कथन जीवित छ ।   २०३८ सालदेखि टोखालाई प्रशासनिक हिसाबले टुक्राएर उत्तर पट्टि टोखा चण्डेश्वरी र दक्षिणपट्टि टोखा सरस्वती गरी दुई अलग गाविसमा अलग्याइएको छ । राजनीतिक एवं प्रशासनिक हिसाबले टोखालाई दुई टुक्रा बनाएपनि धार्मिक, सांस्कृतिक एवं सामाजिक सम्बन्धका दृष्टिले यसलाई सिमांकन गर्नै नसकिने गरी यी सम्बन्धित छन् । तसर्थ टोखा चण्डेश्वरी र टोखा सरस्वती भन्दा ‘टोखा’ शब्द धेरै नै लोक–जीब्रोमैत्री छ र चलन चल्तीमा समेत समग्र ‘टो...

प्राचीन सहर टोखा एक परिचय

प्राचीन सहर टोखा एक परिचय

राजधानी काठमाडौंको मुटु शंकधर पार्क(रत्न पार्क)बाट ९ कि.मी. दुरीमा रहेको यस टोखाको उत्तर तिर झोर महाँकाल गाविस, पूर्वतिर खड्ग भद्रकाली गाविस, दक्षिणतिर गंगबु, धापासी गाविस र पश्चिमतिर फुटुङ्ग गाविस रहेको छ । पहिला एउटा मात्र गाविस रहेको टोखा २०३८ सालमा दुई गाविसमा बिभाजित हुन पुग्यो । तसअर्थ हाल टोखा सरस्वती र चण्डेश्वरी गाविस मिलेर टोखा बनेको छ । जातीय हिसावमा यहाँ नेवार जातीको अधिकतम उपस्थिति छ । यहाँ श्रेष्ठ, डंगोल, मानन्धर, नापीत, कर्माचार्य, कुस्ले, खड्गी, पोडे, जोशी इत्यादी थरका जनताको बसोबास छ । यहाँका सम्पूर्ण मानिसहरु मातृभाषा नेवारीलाई बोलीचालीका लागि उपयोग गर्दछन् । यो गाउँ एउटा ऐतिहासिक राज्य भएको हुनाले थुप्रै साँस्कृतिक रितिरिवाज तथा परम्परा यहाँ विद्यमान छन् । ऐतिहासिक पक्ष केलाउने हो भने यो ठाउँ प्राचीन कालमा विकसित र प्रचलित ठाउँ ...

ऐतिहासिक प्राचीन शहर टोखा एक चर्चा

ऐतिहासिक प्राचीन शहर टोखा एक चर्चा

टोखा दुई हजार वर्षभन्दा पहिलेदेखि अस्तित्वमा आएको हो भन्ने कुरा यहाँ प्राप्त पुराना अभिलेख वास्तु मुर्ति प्रस्तर आदि कालका भौतिक अवस्थिति, आदिकालिक प्रतिविम्वका रुपमा देखिने नाग प्याखँ, माकः प्याखँ, लाखे प्याखँ लगायतका नृत्य र यस क्षेत्रका सम्वन्धमा प्रकाश पार्ने विभिन्न ग्रन्थहरुबाट प्राप्त प्रमाण पाइन्छ । टोखा ऐतिहासिक प्राचीन साँस्कृतिक नगरी हो भन्ने कुरामा कसैको पनि दुर्इमत रहेन । प्राचीनतम मौलिक कला संस्कृति, रीतिरिवाज तथा मठ-मन्दिरहरु तथा यहाँ छरप्रस्त छरिएर रहेका विभिन्न कालखण्डहरुमा कोरिएका शिलापत्र तथा वास्तु-प्रस्तर मूर्तिहरुले टोखाको ऐतिहासिकतालाई सबै सामु दर्शाईरहेको छ । टोखालाई सतही रुपमा हेर्ने र देख्नेहरुले यहाँ ठहरिएका कंक्रितका इमारतका झुण्डहरुलाई मुल्यांकन गरी आधुनकि सहरको संज्ञा दिने गरेको सुन्न पाईन्छ । तिनीहर...