अन्तर्राष्ट्रीय समाचार

अमेरिकाले बनाउँदैछ घातक ‘हाइपरसोनिक मिसाइल

अमेरिकाले बनाउँदैछ घातक ‘हाइपरसोनिक मिसाइल

एजेन्सी, वासिंगटन । रूस र चीनबाट बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिकाले पनि हाइपरसोनिक मिसाइल बनाउन सुरु गरेको छ । अहिलेको अवस्था हेर्ने हो भने अमेरिका र रूसको सम्बन्ध धेरै तल ओर्लेको छ । चीनसँग पनि दक्षिणी चीनसँगको विवादका कारण अमेरिकाले धम्की दिँदै आएको छ । यसैको मध्यनजर गर्दै अमेरिकी वायुसेनाले हाइपरसोनिक मिसाइल बनाउन एक मिलियन डलर खर्च गर्ने भएको छ । यसका लागि लकहिड मार्टिनलाई ९ सय २८ मिलियन डलरको ठेक्का पनि दिइसकेको छ । यो मिसाइल आवाजको गतिभन्दा छिटो हिँड्न सक्षम हुन्छ । हाइपरसोनिक कम्बेन्सनल स्ट्राइक ओपन प्रोग्रामको दिशामा यो ठूलो कदम हो । यसबाहेक अमेरिकाले बुस्ड ग्लाइड प्रोग्राम पनि तयार गर्दैछ । यो डापरामार्फत तयार गरिदैँ छ । यी दुवै अत्याधुनिक मिसाइल बनाउन लागिएको हो, जसलाई अमेरिकी जेटको माध्यमले प्रहार गर्न सकिनेछ । हाइपरसोनिक मिसा...

एक्ला उम्मेदवार प्रधानमन्त्री नबनेपछि आर्मेनियामा तनाव

एक्ला उम्मेदवार प्रधानमन्त्री नबनेपछि आर्मेनियामा तनाव

बैशाख १९ –  सत्ताधारी रिपब्लिकन पार्टी अन्तरिम प्रधानमन्त्री बन्ने आफ्नो प्रयासको विपक्षमा उभिएपछि आर्मेनियाका विपक्षी नेता निकोल पासिनयानले आम हडतालको आह्वान गर्नु भएको छ । उहाँले हड्ताल आह्वान गरे लगत्तै उहाँका समर्थकहरूले सडकमा अवरोध सृजना गरेर राजधानीमा सवारी आवागमन अस्तव्यस्त पारिदिएको संचार माध्यमहरुले जनाएका छन्। राजधानी यारेभानमा दशौँ हजार समर्थकहरू सामु बोल्दै पासिनयानले सडक, रेल वे र विमानस्थल ठप्प पार्न आग्रह गर्नु भएको थियो । यसअघि प्रधानमन्त्री पदका एक मात्रै उम्मेदवार रहेपनि विपक्षी नेता पासिनयान संसदमा आवश्यक मत जुटाउन विफल हुनु भएको थियो । उहाँले पूर्व प्रधानमन्त्री सेर्ज सार्केस्यानलाई राजीनामा दिन बाध्य पादेै हप्तौँ लामो सरकार विरोधी प्रदर्शनहरूको नेतृत्व गर्नु भएको थियो। यसअघि रिपब्लिकन पार्टीले पासिनयानला...

सिरिया किन फस्यो गृहयुद्धमा ?

सिरिया किन फस्यो गृहयुद्धमा ?

एजेन्सी – सिरिया युद्ध र त्यसले निम्त्याएको भयावह स्थिति झल्काउने तस्बिर यतिबेला सामाजिक संजाल र विश्वभरका मिडियामा भाइरल बनेका छन् । युद्धको चपेटमा परेका बालबालिकाको हृदयविदारक तस्बिरले धेरैलाई स्तब्ध पारेको छ भने तिनै तस्बिर प्रकाशित गर्दै युद्धरत पक्षलाई जिम्मेवार बन्न र मानवीयता नभुल्न सचेत गराइएको छ । युद्ध बिराम भंग गर्दै पछिल्ला दिन सिरियामा भएका हमला र त्यसबाट मारिएका, घाइते र विस्थापितको अवस्थाले विश्वको ध्यान तानेको छ । सिरिया सरकारले एकतर्फी युद्ध बिराम भंग गरेको र त्यसमा अमेरिकी सरकारको समेत साथ रहेको भन्दै चर्को आलोचना भएको छ । युद्धबाट प्रभावित बालबालिकाका हृदयविदारक दृश्यहरू सामाजिक संजालमा छ्यप्छ्याप्ति छन् । कतिपय तस्बिरहरू पुराना भएपनि अहिलेकै ताजा तस्बिर जस्तो गरेर पनि प्रस्तुत गरिएका छन् । पछिल्लो समयमा सिरिया...

सीरियामा दैनिक पाँच घण्टा आक्रमण रोक्ने रुसको घोषणा

सीरियामा दैनिक पाँच घण्टा आक्रमण रोक्ने रुसको घोषणा

    सीरियामा दैनिक पाँच घण्टा आक्रमण रोक्ने रुसको घोषणा अनलाइनखबर 0प्रतिक्रिया 662 SHARES FacebookTwitterEmail रुसी राष्ट्रपति भ्लादिमिर पुटिन (दायाँ) रक्षामन्त्रीको साथमा १५ फागुन, काठमाडौं । रुसले सीरियामा दैनिक पाँच घण्टा हवाई आक्रमण रोक्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई सीरियामा दैनिक पाँच घण्टा युद्धविराम गर्न निर्देशन दिएका हुन् । सीरियाका विद्रोही प्रभावित क्षेत्रमा सीरिया सरकारी सेनाले सुरु गरेको सैन्य आक्रमणमा रुसले पनि साथ दिँदै आएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा युद्धविरामको सहमति भए पनि त्यसलाई उल्लंघन गरेको भन्दै रुस र सीरिया सरकारी सेनाको अन्तर्राष्ट्रिय रुपमा आलोचना भएको थियो । बीबीसीका अनुसार स्थानीय समयअनुसार मंगलबार बिहान ९ बजेबाट दिउँसो २ बजेसम्म रुसी सेनाले आक्रमण रोक्नेछन् ।...

जिम्बाब्वेका पूर्व प्रधानमन्त्रीको निधन

जिम्बाब्वेका पूर्व प्रधानमन्त्रीको निधन

एजेन्सी– जिम्बाब्वेका पूर्व प्रधानमन्त्री मोरगेन चाङ्गिराइको बुधबार निधन भएको छ । उनी त्यहाँको प्रमुख प्रतिपक्षी दलको नेता पनि रहेका थिए ।  स्थानीय समयानुसार बुधबार साँझ ६५ वर्षीय पूर्व प्रधानमन्त्री चाङ्गिराइको निधन भएको थियो ।  क्यान्सर रोगबाट पीडित उनको दक्षिण अफ्रिकास्थित एक अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । उनको निधनको जानकारी परिवारजनले दिएका छन् ।  चाङ्गिराइको निधनपछि एकजना उदाहरणीय लोकतन्त्रका योद्धालाई देशले गुमाएको सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणीहरु आएका छन् ।  उनले स्थापना गरेको एमडीसी पार्टीले पूर्वराष्ट्रपति रोबर्ट मुगाबे सत्तामा रहेका बेला निरन्तर चुनौतीको सामाना गर्नुपरेको थियो ।  मुगाबेको सत्ताको क्रममा चाङ्गिराइ र उनका समर्थकहरूले कैयौँ वर्षसम्म मुद्दा खेप्नु परेको थियो ।&n...

अफगानिस्तानको द्वन्द्वबारे राष्ट्रसंघले सार्वजनिक गर्यो यस्तो प्रतिवेदन

अफगानिस्तानको द्वन्द्वबारे राष्ट्रसंघले सार्वजनिक गर्यो यस्तो प्रतिवेदन

एजेन्सी– संयुक्त राष्ट्रसंघले अफगननिस्तानमा सन् २०१७ मा करिब २ हजार ३०० सर्वसाधारणको मृत्यु वा घाइते भएको जनाएको छ ।  संयुक्त राष्ट्रसंघले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा सो तथ्य सार्वजनिक गरेको काबुलबाट प्राप्त समाचारमा जनाइएको छ ।  तालिवान र अन्य आतङ्ककारी समू्हले गरको आत्मघाती बम आक्रमणमा र हत्यामा ती सर्वसाधारण मारिएका संयुक्त राष्ट्रसंघद्धारा बिहीबार जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।  यस्ता आक्रमणमा विशेषगरी महिला र बालबालिका धेरै परेका पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।  पछिल्ला केही वर्षको तुलनामा सन् २०१७ मा भएको मृत्यु र घाइतको यो संख्या बढी भएको सो प्रतिवेदनमा देखाइएको छ । तर यसअघिका वर्षहरुमा यो संख्या के कति थियो भन्ने बारेमा भने केही बताइएको छैन ।  सन् २०१७ मा भएका आत्मघाती आक्रमण र बजारलगायतका विभिन्न भव...

अमेरिकी विदेशमन्त्री टिलर्सन टर्कीमा

अमेरिकी विदेशमन्त्री टिलर्सन टर्कीमा

एजेन्सी–अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बिहीबार टर्की पुगेका छन् । बिहीबार बिहान उनी टर्कीको राजधानी अंकारा अवतरण गर्नुभएको सञ्चारमाध्यामहरुले जनाएका छन् ।  टर्किस् अधिकारीहरुले उनी बिहीबार विहान अंकारा आइपुग्नुभएको अधिकारीहरुले जनाएका छन् । हालैमात्र टर्की र सिरियाकाबीचमा बढ्दो असमझदारीकाबीच उनी बिहीबार अंकारा पुग्नुभएको अधिकारीहरुले जनाएका छन् ।  अमेरिकी विदेशमन्त्री टिलर्सन गत जुलाईमा पनि भ्रमण गरेका थिए । यस पटकको भ्रमणकाक्रममा उनले टर्किस् राष्ट्रपति रिसेप तयप एर्दोगान र यहाँका विदेशमन्त्री मेभलट काभुसोग्लुसँग पनि भेटवार्ता गर्नेछन् ।  सिरियामा रहेका कुर्दिसहरुका विरुद्ध हालैका दिनहरुमा टर्कीको सेनाले जारी राखेको कारबाहीका कारण पछिल्लो समयमा समस्या उत्पन्न भइरहेको छ ।  यस बारेमा पनि भ्रमणका क्रममा उनले टर्किस...

अमेरिकाको एक विद्यालयमा गोली चल्दा १७ विद्यार्थीको मृत्यु

अमेरिकाको एक विद्यालयमा गोली चल्दा १७ विद्यार्थीको मृत्यु

एजेन्सी - अमेरिकाको फ्लोरिडास्थित एक उच्च माध्यमिक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।  घटनामा अन्य १४ जना विद्यार्थी घाइते भएको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन् । १९ वर्षीय पूर्वविद्यार्थीले उक्त आक्रमण गरेको बताइएको छ । किशोरावस्थाको उत्तरार्द्धमा रहेका सन्दिग्ध आक्रमणकारी निकोलस क्रुजलाई प्रहरीले गिरफ्तार गरेको छ । उनी मायामीभन्दा ७० किलोमिटर उत्तरमा पर्ने पार्कलेण्डमा रहेको मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलका पूर्वविद्यार्थी भएको उल्लेख गरिएको छ । उनलाई विद्यालयबाट निष्कासन गरिएको समेत अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । बिबिसीका अनुसार,  -उनी विद्यालय प्रवेश गरे । -आगो लागेको खतरा जनाउने घण्टी थिचे । -घण्टी बजेपश्चात विद्यालयमा अस्तव्यस्ता सिर्जना भयो ।   -त्यसपछि उनले गोली चलाउन था...