संस्कृति / सम्पदा

मेरो गाउँ र सपनातिर्थ एक नजर

काठमाडौं राजधानी उत्तर क्षेत्र नजिकैको शिवपुरी राष्ट्रिय निकुञ्जको फेडमा छुट्टै ऐतिहासिक रहन सहन, रितिरिवाज, संस्कार, परम्परा र धार्मिकताले (मठमन्दिर) भरी भराउ खुल्ला संग्रालयको रुपमा पहिचान दिन सफल भएको ठाँउको नाम हो टोखा । परापूर्वकालमा यस ठाउँ जयपुरको नाम वाट पनि प्रख्यात भएको पाईन्छ । जयपुरबाट यसै ठाउँलाई लक्ष्मिपुरको नामबाट नामाकरण गरिएको भन्ने पनि पाइन्छ । सनातनदेखी धर्मको आस्थामा विश्वास गर्ने समुदाय भएको हुनाले एक जना जोगी भिक्षा माग्न धेरै घुमे तर भिक्षा पाउँन सकेन भोकले चुर भइएछ । फेरी संजोगवस घुम्दै गर्दा यस जयपुर शहरमा पुगेछ र भिक्षा मागेछ । माग्ने क्रममा अपार जनसमुदायले त्यस जोगीलाई अन्न दान गरेछ त्यही दान गरेको अन्न (चामल) बाट मनले चिताए अनुसारको परिकार बनाई भोक मेट्ने गरी भोजन गरेछ र अन्त नपाएको यस ठाउँमा भरी भराउको रुपमा भिक्षां पाएको हुनाले जोगी धेरै खुसी हुन्छ त्यही खुुसीयालीमा सो जोगीले यस ठाउँलाइ जयपुरको सट्टा लक्ष्मिपुर भनेर नाम राखेको भन्ने सुन्न पाइन्छ र अर्काे यस शहर र यस सँग जोडीएको हाल बुढानिककण्ठ गा.वि.स अन्तर्गत पर्ने डाँडा गाउँ समेतलाई जोडेर स्वस्थानीवास भनेर पनी भन्ने गरेको भनी किम्बदान्तीमा सुन्न पाइन्छ । पछिल्लो पटक यो शहर चाकुको नामवाट ख्यती कमाउन सफल भएछ । त्यस कार्य संचालन गर्नको लागी अनगिन्ति उखुवारीको आवश्यकता हुन आयो र अन्न वाली उब्जाउने खेतवारी लाई उखु वारीमा परिणत गरिएछ । त्यस उखु वारीलाई नेवारीमा तुः ख्य भनिन्छ । त्यही तु ख्य भन्ने शब्दलाई वग्याइ तुग्याई अपभ्रंस्स गरी तु को ठाउँमा तो र ख्य को ठाउँमा खा वनाइ तोखा नाम बाट रुपान्तरित भएको पाइन्छ र हाल सम्म पनि टोखा नामबाट उल्लेख भएको किम्वदान्तिमा पाईन्छ ।

 

नामले मात्र प्रख्याती कमाएको हैन अनगिन्ति मठ–मन्दिर र देवताहरुको बाहुल्यता भएको ठाउँको रुपमा पनि यो ठाउँ प्रसिद्ध छ । त्यस मध्ये एउटा सपनतिर्थ मन्दिर पनि एक महत्वपूर्ण धार्मिक स्थल हो । यसको छुट्टै विशेषता र इतिहास छ । सत्य युगमा एक राज परिवारमा राजा सत्य वन्तका सात वटी छोरीहरु थियो रे एवम् ढंगले छोरीहरु हुर्कदै आएछ । ६ जना छोरीहरुलाई सम्भ्रान्त राजपरिवार राजकुमारहरु सँग विवाह गरी दिए र एक जना कान्छि छोरी सत्यकेशरी लाई गरीब असहाय अपाङ्ग कुष्ट रोगी सँग विवाह गरी दिएछ । ६ जनाको हकमा दाइजो पनि अनगन्ति र सत्य केशरीको हकमा केही पनि नदिएको र दया माया साथ सहयोग केही नपाएको स्वच्छ हृदय र दृढ विश्वास आमावुवा प्रति अपार निष्ठा भएको कारणले वुवाआमाको वचनलाई स्विकार्यै आफ्नो कर्यमा लेखि आए अनुुसार सिरोधरी गरी रोगी पतिको घरमा गई घरजम गर्न लागे शारिरीक तंदुरुस्तको लागि खानेकुरा (अन्त) त चाहिन्छ नै अन्न पानी विना बाच्न सक्ने अवस्था हुदैन त्यसैको खोज नितीको लागि आŠना घर छाडी भिख माग्दै जाने क्रममा एक दिन श्री सपनतिर्थ मन्दिर परिसर सँगै सिद्धिपोखरी नजिकैको पाटीमा पुगेछ । आफ्ना अपाङ्गता भएको पति लाई त्यसै पाटीमा छोडी आफु शहरमा गई भिख माग्न जान्छन् ।

 

त्यही समयमा नजिकैको सिद्धिपोखरीमा गाई वस्तु चराउन आएका गोठालाहरुले किरा फ्ट्याग्राहरु खोेजेर ल्याउने खुट्टा पखेटा छुट्याँउदै त्यस पोखरीमा फल्ने र एक छिनमै ति किरा फट्याग्रा जस्ताको तस्तै संवल भै भुरुरुर उडेर जाने एवंम् तरिकाले ति प्रकृया चलिरहर्‍यो । निकै वेर हेरिरहे र केही समय पछि आफ्नो शरीर पनि अपाङ्ग र कुष्टरोग लागिरहेकाले म पनि त्यस पोखरीमा गई डुब्न पाएँ मेरो पनि शरीर स्वस्थ र सवलाङ्ग पो हुने हो कि भनेर निकै सोच विचार गरे । धेरै सोच विचार पछि त्यही रमाइरहेका गोठालाहरुलाई बोलाई आदरताकासाथ मलाई पनि त्यस पोखरीमा लगि डुबाइदिनोस म पनि किराहरु जस्तै स्वस्थ र सपाङ्ग यो हुने हो कि भनी अन्नुवय र विनय गरे तर कसैले पनि त्यस कार्य गर्न मानेन र आँट पनि गरेन र केही भयो भने के गर्ने हामीलाई दोष लाग्छ त्यस कारणले ति गोठालाहरुले मानेन ।

 

फलस्वरुप आफैले आफु बसेको पाटीवाट गुल्टिदै गुल्टिदै त्यस पोखरी नजीक पुगी आफुले लगाएको वस्त्र फुकाली त्यस सिद्धिपोखरीमा हाम फाल्यो । केहि वेर पछि आŠना अपाङ्ग भएको शरीर सवलाङ्गको रुपमा परिणत भयो र अच्चमित र आश्चर्य मानी खुसीले पहिलेकै ठाउँमा वस्त्रलगाइ त्यही पाटीमा वसे । त्यो दृष्य देखेर त्यहाँ खेलिरहेका गोठालाहरुले हल्ली खल्ली मच्चायो सबै तिर वाट मानिसहरु जम्मा भएर हेर्न आउनेको ताँती लाग्यो । त्यसै समयमा माग्न गएका सत्य केशरी पनि आइपुगे मान्छेको घुइचो वीचमा यताउता आफ्ना पतिलाई खोज्छन् भेटाउन सक्दैन र देख्न सक्दैन त्यही ठाउँमा सवलाङ्ग निरोगी मान्छे वसेका छन् । केही छिन पछि म त्यही अपाङ्ग कुष्टरोग लागेका मान्छे हु म तिम्रै पति हु भनेर भने पनि पत्याउदैन पत्याउनु पनि कसरी राजकुमारी साथ केशरी ले मलाई छलछाम गर्न लागेको मेरो ईज्जत र अस्तित्व लुट्न लाग्यो मेरो पति तिमी कुनै हालतमा हैन भने पछि ति सत्यकेशरीको पति ले आफुले मागेको कुरा र देख्ने मानिसहरुको मुखबाट सबै सव–विस्तार सुनाए पछि वल्ल विश्वास गरे । सत्य केशरी र अपाङ्ग कुष्ट रोगी दुवै जना खुसी भए । रमाए र एक आपसमा भेलाभएका मानिसहरुसँग पनि खुसी साटासाट गरे त्यस सिद्धिपोखरीका वारेमा व्यापक छलफल गरे समय छिपिदै जादा भेला भएका अपार जनसमुदाय सबै आ–आŠना घर तिर जादा त्यस पोखरीको प्रचार प्रसार गर्दै गयो र महत्व हुदै गयो । आŠना शरीरमा देखा परेका कुनै पनि रोग व्यथा हरु त्यस ठाउँमा गई स्नान गर्न जादा निको हुने जन विश्वासका साथ यस सपनतिर्थमा मेला लाग्ने गर्छ । त्यो जन विश्वास अहिले सम्म त्यतिकै महत्वका साथ मेला लाग्ने गर्छ । त्यस मेलामा उपत्यका वासी नुवाकोट वनेपा धुदिखेल, धादिङ्ग, रसुवा र आसपासका जिल्ला वाट समेत मेलामा आउने गर्छन ।

 

सिद्धिपोखरी सपनतिर्थ मन्दिरको दाहिने पट्टि डाँछी इट्टाले वनाएको सानो पोखरी हो । त्यहाँ स्नान गर्ने ठाउँको अभाव छ । त्यसकारणले त्यस स्थानमा स्नान गर्न दोभान खोला दाहिने तर्फ वाट वगेर आएको खोलाको नाम त्रिवेणीखोला वाँया पट्टि वाट बगेर आएको खोलाको नाम दुध खोलाको सँगम स्थल हो । त्यही खोला थुनी (बंहः पनेगु) पोखरी बनाइ पानी जम्मा गरी सिद्धिपोखरी को पानी पनि त्यसैमा मिसाई प्रत्येक नयाँ वर्ष वैशाख १ गतेका दिन मेला लाग्छ । चैत्र संक्रन्तीको राती बाघध्दार पुगेर सपनतीर्थमा नुहाए पुण्य हुन्छ भन्छन् । लाग्छ भन्छन् त्यही रातमा संकता देवी सपनतिर्थको आमा मध्यरात त्यस पोखरीमा स्नान गर्न आउछनरे मध्ये रातमा त्यस पोखरी वरीपरि पालो पाउने घुमिरहेको हुन्छ । पोखरीमा मध्यरातमा आवाज निस्कन्छ र य तीन पटक आवाज आए पछि मात्र सर्वसाधारण हरुलाई स्नान गर्न छुट दिन्छ । दिनको ११÷१२ बजे मध्ये भिड लाग्छ त्यही समयमा संकता माइ (आजिम द्यो ) कपिको भने ठाउँमा वसेर मेरा छोरा (सपनतिर्थ) लाई मान्छेको भिड्ले किचेर मार्न लाग्यो भनेर रुन्छन् भन्ने पनि किन्न संन्तमा सुन्न पाइन्छ । त्यो पोखरी स्नान गर्ने भन्दा ४ दिन अगाडि थुन्ने काम गर्न पर्छ चैत्रको २८÷२९ गते पर्छ । पोखरी थुन्न सपनतिर्थ खलक (समुह) सबै अनिवार्यरुपमा जानुपर्दछ र गाउँका जनसमुदायहरु फनि भेलाभई थुन्ने काम गर्नु पर्छ त्यो काम गर्दा दिउसो खाजा र बेलुका भात ख्वाउन पर्छ काम सके पछि सपनतिर्थ मन्दिर गई पुजा आजा गरेपछि ध्याम वनाएको ठाउँका केही पनि मासिहरु नजाओस भनि कोचा धागो र रुखका हाँगा ठहर्याए वेर्ने गरिन्छ । त्यही दिन देखी त्यस ठाउँमा चरा चुरुङ्गीर मानिसहरु गाई वस्तु केही पनि जान दिन हुन्न र पानी सम्म पनि छुन हुदैन । दिनराज वरिपरी आलो पालो गरी घुमि रहनु पर्छ । सो मेलामा सपनातिर्थ खलाक (समुह) का मानिसहरुलाई वर्षको २ जनालाई पालो थाम्न जिम्मा दिइन्छ । त्यो जिम्मा पाउने ले १ वर्षसम्म मन्दिरको हेर विचार (द्यो ब्ये) मटुक प्रत्येक १ गतेका दिन द्यो छेँ वाट लागि प्रदर्शन गर्न लाग्नु पर्छ र मुख्य चाडवाड र पर्वहरुमा पनि प्रदशने गर्न लाग्नु पर्छ । सपनतिर्थ मन्दिरको जात्रा वर्षको दुई पटक हुन्छ । पहिलो चैत्र मसान्त देखि वैशाख ४ गते सम्म अर्काे पाहाचहे (घोडे जात्रा) को वेलामा पनि अजिंमा (संकतामाई) र सपनतिर्थको माथिल्लो लाछीमा विहान ७÷८ वजे तिर हुन्छ । दुवै पटक जात्रा सकि घरमा भित्राइ (द्यौ ) मुल घरमा लानु अगाडी भजन खलः मन्दिर खलः र गाउँका जनसमुदायहरु जे जति आउछन् सवैले इच्छाएको अनुसार खान पिन गर्न दिनु पर्ने हुन्छ । जे जे खाने भन्छन् त्यही त्यही दिनु पर्ने निकै खर्चालु हुन्छ । यसको आयश्रीत कही वाट केही छैन त्यसो हुदाँपनि भगवानले देवताले पु¥याएको हुन्छ । जात्रा भन्दाले जहाँ नेवारको वस्ती हुन्छ त्यहाँ मात्र जात्रा लाग्ने गर्दछ त्यो वाहेक कहि जात्रा लागेको हामीले देख्न पाउछौ । त्यसै कारण ले सम्पूर्ण देशवासी जिल्ला वासी अञ्चलवासी र गाउँवासी दाजुभाई दीदीबहिनीहरुलाई प्रत्येक वैशाख १ गते सपनतिर्थको मेलामा आŠना स.परिवार पाल्नुहोस् नयाँ वर्षको पाइला पवित्रस्थल वाट चाल्नु होस् र जात्रा अवलोकन गर्नु होस् यहि शुभकामनाका साथ विदा हुन्छु ।


nentravel

कमेन्ट