संस्कृति / सम्पदा

परम्परागत हरमार जात्रा २०७४- टोखा (फोटो फिचर)

परम्परागत हरमार जात्रा २०७४- टोखा (फोटो फिचर)

आज माघ शुक्ल पूर्णिमा यस दिनलाई टोखामा हरमार पूर्णि हरमार जात्राका रुपमा विशेष उत्सवका रुपमा मनाईदै आइरहेको छ । यस दिन चण्डेश्वरी मन्दिर परिसरवाट परम्परागत विशेष साँस्कृतिक झाँकी सहित टोखा नगर परिक्रमा गरी हर्षोल्हासका साथ मनाइने गर्दछ । हरमार भजन गुथिको नेतृत्वमा यस दिन चण्डेश्वरी मन्दिर परिसरमा जात्रामा सहभागि हुन ईच्छुकहरु जम्मा भई विधिवत रुपबाट नित्य पूजा गरी जात्राको आरम्भ गरिन्छ । र नगर परिक्रमा अगाडी बढ्छ ।

Image may contain: 13 people, outdoor

यस जात्रामा अग्रस्थानमा धिमे र प्वः बाजा रहन्छ । साना कुमाराहरु महादेवको प्रतिक हातमा शंख बोकि विशेष पहिरन पहिरि जात्रामा सहभागि हुन्छन । यिनिहरुको दाँयाबाँया कलशले जल छर्कनेहरु हुन्छन । कोहि म्होः दायगु अर्थात दण्डवत् (लट्ठी जस्तै ढले) को ढाँचामा नमस्कार गर्नेहरु रहन्छ । यसरी दण्डवत् गर्नेहरु पुरुष हुने गर्दछ । उनीहरुको अगाडी २/४ जना परिवारका महिला सदस्यहरुले नमस्कार गरेको हातमा इताय (बत्ती) दिने गर्छ । यसरी हिड्दा आफ्नो स्वास्थ्य र मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ ।

Image may contain: 9 people, people smiling, people standing and people dancing

छ्वालि र कलशको मिश्रणबाट बनाएको विशेष कलशमा स्थानीयहरुले पानी राख्नेर थाप्ने गरिन्छ । कलश बोकेको व्यक्तिले कलशलाई टाउँकोमा राखि दाँयाबाँया घुमाएर जल छर्किने गर्छ । यो जल औषधीको काम गर्ने जनविश्वासले भाडामा थापेर घरमा लाने गरिन्छ । हरमार भजन गुठिका सदस्यहरु महादेव र नारायणको भजन स्तुती गाएर नगर परिक्रमा गर्ने गर्दछ । यसरी परिक्रममा हिड्नेहरुलाई ठाउँ ठाउँमा चिया कौला खुवाउने समेत गरिन्छ ।

Image may contain: one or more people, people sitting, child, shoes, crowd and outdoor

हरमार भजन गुथिले हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विहान सखारे एक महिना चण्डेश्वरी मन्दिर परिसरमा रहेको पीठमा गएर स्वस्थानीको पूजा तथा माघ स्नान गरी हरमार स्तुती गान गाउने प्रचलन रहन्दै आइरहेकोछ ।

स्वास्थानी व्रतकथामा यस चण्डेश्वरी परिसरमा दक्ष प्रजापतिले अशोमेज्ञ यज्ञ गरेको भूमिको रुपमा उल्लेख गरिएको पाइन्छ । त्यस्तै गरी सतिदेवी होममा हाम्फालेर देहत्याग गरेको र दक्षको शीर क्षेदन गरेको वर्ण स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा पाइन्छ ।


nentravel

कमेन्ट