संस्कृति / सम्पदा

होली पर्वको सांस्कृतिक पक्ष र चलन

होली पर्वको सांस्कृतिक पक्ष र चलन

हिमालयन बैंकमा कार्यरत संगीता श्रेष्ठलाई होली पर्व निकै मन पर्छ तर बेला न कुबेला हप्ता दिन अघिदेखि बाटोमा हिड्नै अप्ठ्यारो हुने गरी प्लाष्टिकमा पानी भरेर छाप्ने परम्पराले निकै दिक्क छिन् । यस्तै जेभियर इन्टरनेशन स्कूलका शिक्षिका सपना तुलाघरलाई पनि होली आउनु भन्दा हप्ता दिन अघिदेखि बाटोमा हिड्न नहुने गरी पानी छ्याप्ने प्रवृत्तिलाई आजका युवावर्गमा आएको विकृतिको रुपमा मान्नु हुन्छ । ''काम विशेषले कहीँ गइरहेको अवस्थामा फोहोर पानीले छाप्ने विशेषगरि केटीलाई लक्षित गरेर लोला हान्ने जुन प्रवृत्ति आजको युवा समाजमा बढ्दो छ, त्यो एकप्रकारको विकृति हो भन्नुहुन्छ'' प्राइम कलेजका शिक्षिका नितिका शाक्य ।

आम जनताको गुनासोलाई मध्यनजर गर्दै केही वर्षेखि प्रहरी प्रशासनले समय अगावै बाटो बाटोमा बसेर लोला हान्ने व्यक्तिहरुलाई कार्यवाही गर्न थालेपछि लोला हान्ने प्रवृत्ति कम भएको महशुस गरे तापनि भित्री गल्ली बाटोहरुमा भने यस्तो विकृति मौलाइरहेको पाइन्छ । प्रहरी प्रशासनले यसतर्फपनि चासो देखाउने पर्ने देखिन्छ भने सम्बन्धित प्रशासनले होलीभन्दा पहिले यस्ता कार्य गर्ने व्यक्तिहरुलाई कानून कार्यवाहीको लागि पनि पहल गर्नुपर्ने हुन्छ, ताकी देखावटी रुपमा नहोस् । सख्त कार्यवाही गरेमा भविष्यमा यस्ता विकृति स्वतः हटेर जाने छ ।

हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फागुन शुक्ल पूणिर्मालाई होली पूणिर्मा अर्थात् होली पर्व भनिन्छ । यस दिनलाई राष्ट्रिय पर्वको रुपमा पनि लिइन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गीएर उल्लासपर्ूवक मनाउने गरिन्छ । फागुन पूणिर्माको अवसरमा पहाडदेखि तर्राई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरुका हूल तथा जत्थाहरु हातमा रङ्ग र रङ्गीन घोल पदार्थ लिएर गाउँदै रमाइलो होहल्ला गर्दै आपसी रिर्सइवीलाई बिर्सदैँ उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रुपमा सहर्षस्वागत गर्ने गरिन्छ । वास्तवमा भन्ने हो भने होली पर्व एउटा अन्तर्रर्ााट्रय पर्व पनि हो । नेपाल भारतमा प्रायः समान तरिकाले यो पर्व मनाइने गरिन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको बसन्तपुर दरवार अगाडि चीर -विशेषरुपले सजाइएको लिङ्गो) गाडेपछि होली शुरु भएको मानिने फागर्ूपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गो) लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

होली पर्वको शुरुवात कहिलेदेखि शुरु भएको हो भन्ने सम्बन्धमा हालसम्म कुनै तथ्य आधार पाउन सकेको छैन, तर किम्वदन्ति र पौराणिक भनाइ अनुसार सत्ययुगमा हिरण्यकशिपु नामक राक्षकको छोरा प्रल्हाद अति नै विष्णु भक्त थिए । आफ्नो छोरालाई विष्णुको भक्तिबाट अगल गर्न नसकेपछि हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र सोही होलिका स्वयं आगोमा जलेर भस्म भएको र त्यसैको प्रतिकको रुपमा होलिका दहनको खुशीयाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ भने अर्को एक प्रसङ्ग अनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षस्त्रीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई व्रजबासीहरुले वर्षोनी जलाएर आपसमा रङ्ग र अविर छरेर खुसीयाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।

एकअर्को कथनअनुसार भविष्य पुराणमा उल्लेख भएअनुसार महाराज रघुको राज्यकालमा ढुण्डा नामकी राक्षसीको उपद्रो ज्यादै बढेपछि प्रजाहरु भयभीत भई महषिर् वशिष्ठसँग सल्लाह मागे । महषिर्को आदेशअनुसार सबै मिलेर लठ्ठी, तरवार, ढाल आदि लिएर मसाल हातमा बोकी ठाउँठाउँमा अग्नि प्रज्ज्वलित गर्दै होहल्ला मच्चाउँदै दौडिन थाले । ठूलो जनसमूहको त्यस्तो क्रियाकलाप देखेर राक्षसी भयभीत भएर शान्त रहन थाली । त्यसै बेलादेखि यो उत्सव मनाउने चलन बस्यो ।

किवदन्ति र पौराणिक जे जस्तो भए तापनि रङ्मा रङ्गिएर उल्लास र खुसीयाली पर्ूवक मनाइने यस पर्व केही वर्षअघिदेखि हाम्रो समाजमा विकृतिको रुपमा देखिन आएको छ । होली शुरु हुनु भन्दा १०/१५ दिन पहिलेदेखि नै बाटोमा हिड्ने जो कोहीलाई विशेषगरि युवती र महिलावर्गहरुलाई लक्षित गरेर जथाभावी फोहर पानी प्लाष्टिकमा भरेर हान्ने प्रवृत्ति देखापरेको छ । यस्तो परम्पराले हाम्रो संस्कृतिको जगर्ेना नहुने भएकोले यस तर्फआजका युवावर्गहरुले सचेत हुनु नितान्त आवश्यकता छ भने अभिभावकहरुले पनि यस्तो विकृतिलाई रोक्न महत्वपर्ूण्ा भूमिका निर्वाह गर्नर्ुपर्छ भन्ने आजको आवश्यकता र आहृवान हुन सक्छ ।

नेपालीहरुको राष्ट्रिय पर्व रङ्गहरु र उल्लासको पर्व होली नेपाल तथा विदेशमा बस्ने नेपालीहरुले समेत मनाउने गर्दछन् जहाँ जसरी फागु पर्व मनाउने गरे तापनि आखिरमा यस पर्वको उद्देश्य भनेकै एकआपसमा भाइचारा बढाउने, असत्यमाथि सत्यको विजय, एकआपसमा खुशीयाली बाड्नु नै होलीको पर्याय हो भन्नुमा अत्युत्ति नहोला । हामी पनि होली पर्वलाई एकअर्कालाई दुःख दिएर नभै सद्भाव र सभ्य भएर होली खेलौँ ।

trichandra.shrestha@gmail.com


News Tokha times

कमेन्ट