मनोरञ्जन

‘चेज बूदिंया भिंतुना’ कभर गीतका १२१ जना प्रतियोगिहरु सम्मानित

‘चेज बूदिंया भिंतुना’ कभर गीतका १२१ जना प्रतियोगिहरु सम्मानित

काठमाडौं । पेजथ्री नेपालभाषा पाक्षिकको आयोजनामा गायक तथा रचनाकार सुरजवीर बज्राचार्यको नेपालभाषाको जन्मदिनको शुभकामना गीत ‘बूदिंया भिंतुना’ को कभर प्रतियोगिताका १२१ जना सहभागिहरुलाई सम्मान गरेको छ ।

पेजथ्रीका प्रकाशक इलोह प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठले सहभागि प्रतियोगिहरुलाई सम्मानपत्र प्रदान गरेका थिए । त्यस्तै गरी लोक गायक रत्न वेहोसी तथा विरिष्ठ गायक जुजुकाजी रञ्जित लगायतले बधाई दिएका थिए ।

कार्यक्रमा बोल्दै प्रमुख अतिथि दुर्गालाल श्रेष्ठले यस गीतले नेपालभाषाको संगीत क्षेत्रमा नयाँ पुस्तालाई भित्र्याउने काम भएको भन्दै गायक तथा रचनाका सुरजवीर बज्रचार्य तथा संगीतकार जुगल डंगोललाई विशेष धन्यबाद दिएका थिए । यस कभर गीत प्रतियोगिताले मनोवैज्ञानीक ढंगबाट नयाँ पुस्तालाई आफ्नो मातृभाषा प्रतिको सम्मान तथा मोह जगाउने काम गरेको महशुस भएको श्रेष्ठले कार्यक्रमा भन्नु भयो ।

गायक तथा रचनाकार सुरजवीर बज्रचार्यले प्रतियोगितामा सहभागिहरुलाई स्वागत तथा धन्यबाद दिदै गीतको बारेमा जानकारीका साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा धन्याबाद दिएका थिए ।

उक्त कभर गीत प्रतियोगितामा सबै भन्दा बढि हेरिएको भ्युअर्सको आधारमा समुन मानान्धरलाई बिजेता घोषणा गरिएको कार्यक्रममा उत्कृष्ट गायक भने चैत्र ९ गते राष्ट्रिय नाच घर जमलमा हुने कार्यक्रममा घोषणा गरिने प्रतियोगिता आयोजक पेजथ्री पाछिकका सम्पादक दर्शनवीर शाक्यले बताए । नाच घरमा हुने विशेष कार्यक्रममा जुजुकाजी रंजित, निशा देशार, सरिता शाही, सतिश महर्जन, सानुबाबु महर्जन, भुपेन्द्र बज्राचार्य, रिता महर्जन, सुरज ब्यञ्जनकार, रत्नशोभा महर्जन, दीपा महर्जन, पूर्णकाजी ज्यापु, रोजी श्रेष्ठ, विरज महर्ज लगायतका गायकहरुको प्रस्तुरहने छ ।

मंगलधूनको लयमा निर्माण भएको बूदिंया भिंतुना (नेपालभाषाको जन्मदिनको शुभकामना गीत) लोकप्रिय संगीतकार एवं संगीत संयोजक जुगल डंगोलको संगीत संयोजनमा सार्वजनिक भएको हो । यो गीतको कभर गायक गायिकाहरु मध्येबाट उत्कृष्ट ५ को छनौट भने निर्णायक समूहले गर्नेछ । उत्कृष्ट ५ का लागि गायक तथा रचनाकार बज्राचार्यको शब्द र संगीतकार जुगल डंगोलको संगीतमा नेपालभाषाको गीत रेकर्डिङ आर्टोम्यूज रेकर्डिङ स्टुडियोले गरीदिनेछ । साथै बढि भ्युअज भएका र बिजेतालाई २१ ईन्च चेज टीभीसमेत प्रदान गर्नेछ ।

विराजकाजी राजोपाध्यले सञ्चाल्न गरेको कार्यक्रम माघ २० गते नेपाः बैंक्वैट, खुसिबुँ, नयाँबजारमा भएको थियो ।


nentravel

कमेन्ट