मनोरञ्जन

सुरजवीरको ‘दोहलपा’ गीतिसंग्रह सार्वजनिक

सुरजवीरको  ‘दोहलपा’  गीतिसंग्रह सार्वजनिक

आईत, चैत ११, २०७४,। सुरजवीर बज्राचार्यको एकल स्वरमा रहेको ‘दोहलपा’ नेपालभाषाको गीतिसंग्रह सार्वजनिक भएको छ । गत शुक्रबार राष्ट्रिय नाचघरमा भएको बूदिंया भिंतुना म्ये कासाको टप फाइप घोषणा तथा साँगीतिक साँझ कार्यक्रममा वरिष्ठ संगीतकार अमरराज शर्मां, सुरजवीरका पीता चित्रवीर बज्राचार्य, इलाेहं प्रकाशनका प्रवन्ध निर्देशक नरेशवीर शाक्यले बिमोचन गरेका थिए ।

उक्त गीतिसंग्रहमा सुरजवीरले निभाः म्ये प्रतियोगितामा उत्कृष्ट गायकको पुरस्कार जीतेको वरिष्ठ संगीतकार शर्मांको रचना तथा संगीतमा ‘तसकं यःम्ह’ समावेश भएको छ ।

बज्राचार्यकै रचनामा हिपहप ‘नेवाः अधिकार’, लोकप्रीय गितारवादक फिरोज बज्राचार्यको संगीत तथा गायक स्वयमकै रचना‘आः जिं लिफः स्वयाः’, धर्मकृष्ण सिकर्मीको रचना तथा संगीत ‘म्हगसय् वयाः’ र ज्ञानेश्वर निभाःको स्वरमा अतिकै चेचित गायक द्वारिकालाल जोशीको गीत‘अय् लमि तता’ लाई आफ्नै स्वरमा गायर यसै संग्रहमा समावेश गरिएको छ । यस गीतिसंग्रहमा गायक बज्राचार्यको विभिन्न गीतिसंग्रहमा निस्किएका चर्चित गीत सुरज ब्यञ्जनकारको संगीतमा ‘का रे मय्जु छसलिं अय्ला’, ‘मस्यू जितः छु जुयाः वल’, ‘जि सिपँय् द्यनाच्वना’ न्हूच्छेकाजी महर्जनको संगीतमा ‘मतिनाया छपौ’, भूषणप्रसाद श्रेष्ठको रचनामा वदन शर्माको संगीतमा ‘छंत गुबलें खंगु मदुसां’, याेगरत्न शाक्यको रचना कान्छा गुरूजु अकेलाको संगीतमा ‘बरसेजू बरसात सुपाँय्’ पनि समावेश गरिएको छ भने यसका साथै अतिनै चर्चित ग्यानापु स्टाइल पनि गीतिसंग्रहमा समावेश गरिउको छ ।

यसै गीतिसंग्रहमा संग्रहित ‘नेवाः अधिकार’  लिरिकट भिडियाे हेर्न यहाँ क्रिलिक गर्नुहोस्

 


News Tokha times

nentravel

कमेन्ट