स्वास्थ्य / जीवनशैली

मास हिस्टेरिया के हो ?

यो एक अनौठो रोग हो जस्मा एकैचोटी धेरै मानिसहरु एकै प्रकारको लक्षण देखाई विरामी पर्दछन । खासगरी काम्ने ढल्ने वेहोस हुने, श्वाासफेर्न गाहे हुने र आत्तिने आदी लक्षणहरु देखिने गर्छ । भदौ महिनाको पहिलो साता अचानका खवर आयो एउटा दुर्गम गाउँमा स्कुले छात्रहरुमा एकै चोटी नयाँ रोग देखा प¥यो । आत्तिने, डराउन,े श्वास बढने, कराउने अनि ढल्ने र बेहोस हुने एक पछि अर्को छात्रामा सर्दै गए जस्तो देखिने ठुलो भिडमा रोग आफै वढ्ने विरामीलाई सम्हाल्न नै गाहे भयो यो नयाँ रोग मास हिस्टेरिया थियो । धेरै मानिसहरु एकै चोटी देखिने मनोवैज्ञानिक समस्या जसमा शारिरिक लक्षण देखिन्छ यसलाई मास हिस्टेरिया भनिन्छ वा यसलाई मास कन्र्भसन डिसअर्डर भनिन्छ ।

मास हिस्टेरियाको कारण के हो ?

यसमा मानिसमा एक प्रकारको डर पैदा हुन्छ जस्ले गर्दा जव कुनै मानिसमा कुनै लक्षण देखियो अर्को मानिसमा पनि त्यस्तै देख्न थाल्छ । “मानिस ढल्ने र वेहोस हुने गर्दछ” भन्ने त्रास जब फैलन्छ अनि एउटा मानिस जव ढल्छ फेरि अकैमा पनि ढल्छ, बेहोस हुन्छ र आत्तिन्छ डराउछ । कतिपय मानिसमा मनमा पिडादायि कुरा बसेको हुन्छ । यस्तै बेला चिच्चाएर यस्ता तनावका कुरा बाहिर निस्कन्छन र अनौठो ब्यावहार देखाउने गर्छन । कति मानिस काम्ने र बोल्ने पनि गर्छन ।

मनमा रहेको आन्तिरीक पिडा विभिन्न लक्षणका रुपमा देखिने रोगलाई कन्भर्सन डिसअर्डर भनिन्छ । हाम्रो समाजमा महिलाहरु खुल्ला रुपमा आफ्नो समस्या बताउन नसक्नु र पिडा सहेर बस्नुमा यो रोगको कारण हुन जान्छ । त्यसो त पुरुषमा पनि यस्तो सम्स्या नाभएको होइन । हाम्रो बर्षाै देखिका तिता मिठा अनुभव हरु मस्तिस्कमा जम्मा भई बसेको हुन्छन् । कतिपय यस्ता समस्या मनमा खुल्ला रुपमा भने देखिदैनन् तर सपनामा वा अदृस्य रुपमा बोलीमा यि कुरा निस्कन्छन् । बास्तवमा यि बेहोसी मस्तिस्कमा रहेका पिडादाई कुराहरु बिरामीलाई बाहिरी रुपमा थाहा नहुन पनि सक्छ । त्यसैले अचानक यि पिडादायीक कुरा एकाएक शाररीक लक्षणका रुपमा देखिन थाल्छन् । जस्तै अचानक बाली रोकीने, अचानक हातखुट्टा नचल्ने, काम्ने र वाक्ने आदि । यो रोग आफैमा अनौठो मानिन्छ । किनभने बिरामीले केहि समयको लागि अनौठो लक्षण देखाउँछ । १,२ घण्टामा बिरामी जस्ताको जस्तै हुन्छ । जस्तै श्रीमान् श्रीमतीको बिचमा अचानक झगडा भयो अर्काे दिनमा श्रीमतीको खुट्टा नचल्ने भई अस्पताल आउँछिन् । नशाको परिक्षण गर्दा सवै ठिक नै हुन्छ तर बिरामीले खुट्टा चलाउन सक्दैन । अर्काे अनौठो कुरा के छ भने बिरामी खुट्टा चलाउन नसक्ने हुँदा पनि कुनै चिन्तीत देखिदैन । बेहोसी मस्तिष्कमा रहेको पिडाले उक्त खुट्टा नचल्ने भएको हुनाले यस्तो भएको हुन्छ । कतिपय बिरामीलाई बोक्सी लाग्यो भन्ने चलन पनि छ जुन साचाँे होइन, अन्धाविश्वास मात्र हो । कुखुरा, परेवा, बोका बलि दिने पुरानो रुढीबादी परम्परा गलत सावीत भएको छ ।
बिरामीहरु कस्ता कस्ता लक्षण लिई अस्पताल आउँछन् ?
कोहि बिरामी “म अब फेन्ट हुन लागेँ” भनेर अरुलाई बोलाउछन.् र बेहोस हुन्छ । ऊ बोल्न नसक्ने हुन्छ, तर अन्य जाँच गर्दा सवै ठिक हुन्छ । बिरामी घोर रोगको बिरामीको जस्तै देखिन्छ । बिरामाी काम्ने र अर्काे मानिस भएर बोल्छ । जस्तैः “हेर हेर म तँलाई खान्छु र मार्छु” आदि । फेरि केहि समय पछि बिरामी जस्ताको तस्ते हुन्छ । कोहि बिरामी आँखा नदेख्ने बताउँछन् । कोहि बिरामी हात वा खुट्टा नचलेको बताउछन् , बिरामी हिड्न सक्दैन । कोहि बिरामी शरिरको संबेदन थाहाँ पाउदैनन् । जस्तैः हातमा छोएको थाहा हुदैन । कोहि बिरामी बोल्न सक्दैनन् । इशारा माग गर्छन् । कोहि बिरामी दमको रोगी जस्तै छिटो छिटो श्वास फेर्छन् । कोहि बिरामी केहि समयको घटानाको बारेमा केहि थाहा नभएको बताउँछन् । कोहि बिरामी अचानक अर्कै ठाउँमा पुग्छन् , त्यहाँ कसरी आँए भन्ने कुनै जानाकारी हुदैन । कोहि बिरामी भने उल्टो कुरा गर्ने, गर्छन । सोधिएको प्रशनलाई बङ्ग्याई उत्तर दिने, सजिलो प्रश्नको उत्तर नदिने तर गाह्रो प्रश्नको उत्तर दिने गर्छन् , झुटो बोलेको जस्तो गर्छन् ।

त्यसो त बिरामाीले जानी जानी यस्तो गरेको होइन, विरामीलाई किन यस्तो गरेको छु भन्ने थाहाँ नैे हुदैन । बिरामीले नियन्त्रण गर्दा पनि यस्तो लक्षण रोक्न सक्दैन । बोक्सी लागेको हो भन्दै बिरामीलाई कुट्ने, आगोले पोल्ने गरिने पुरानो अन्धाविश्वासले गर्दा कति मानिसको अकालमा नै ज्यान गएको पाइएको छ । मनमा रहेको तनाब विचलन हुन गएकोले जसलाई डिसोसियटिभ डिसअर्डर पनि भनिन्छ । बेहोसी मस्तिष्क वा भित्री मनमा रहेको अन्र्तर द्वन्द घटाउन गरिएको उपाएको रुपमा यो रोगको लक्षणलाई लिइन्छ । जसको अझै अध्ययन गर्न बाँकी नै छ । यस्तो बिरामीको बारेमा पुरानो गलत धाराणा पनि छ । पहिलो यो रोगलाई हिस्टेरिया भनिन्थ्यो । यो रोग यौन समस्याको कारणले हुन्छ पनि भनिन्थ्यो । महिलामा मात्र हुने यो रोग बिवाह गरे पछि ठिक हुन्छ भन्ने धाराणा थियो तर यो रोगको धेरै अनुसन्धान पछि यो रोग बिभिन्न कारणले हुन्छ भन्ने प्रमाणीत भएको छ । मनको आन्तरीक अन्तरद्वन्द यो रोगको कारण भनिन्छ । महिलामा मात्र होइन पुरुषमा पनि यो रोग पाँइन्छ । बेहोसी मस्तिष्कमा हुने कुैनेैे पनि तनाबले गर्दा यो रोग लाग्छ भन्ने कुरा प्रमाणित भएको छ ।

तनाब शाररीक लक्षणमा परिणत हुने भएकोले यसलाई कन्भर्सन डिसअर्डर भनेको हो । यो रोग मनमा धेरै कुरा राख्ने र मनको कुरा अरुलाई नभन्ने मानिसमा बढी पाइन्छ । प्रेसर कुकरमा तापले हावा भरिए भने झै मनमा तनाब भरिरहँदा, प्रेसर कुकरको अचानक बजे झै अचानक बिरामाी बिभिन्न लक्षण देखाउँछ । यो रोग तत्कालीन तनाब बाहेक धेरै बर्ष अघिको तनाबले पनि ल्याउन सक्छ । नेपालमा यो रोगको बिरामी धेरै छन् । सामाजीक रितीरिवाज, धार्मीक बिश्वास र संस्कृति अनुसार यो रोगको लक्षण फरक पर्न सक्छ । नेपालमा डिप्रेसन रोगका बिरामी पनि यो लक्षण लिई आउँछन् तर डिप्रेसन रोगका बिरामी यि लक्षण बाहेक अन्य लक्षण पनि पाइन्छन् ।
यस्ता रोगका बिरामीको उपचार पनि चुनौतीपूर्ण नै हुने हुन्छ । बिरामीको लक्षणलाई ध्यान दिई रहँदा अझै बढ्न जान्छ । श्वाँस बढेको बिरामी अघि गई आतिएको खण्डमा अझै बढि रुपमा रोग देखिन्छ । बिरामी अन्य कुरा गरि दिमाग अन्य कुरामा मोड्नु पर्छ । बिरामीलाई मनका कुरा खुल्ला रुपमा भन्न प्रोत्साहान गर्नु पर्छ । बिरामीले रोगको सिकायत गर्छ, जसलाई ध्यान दिनु हुदैन र निरुत्साहित गर्नु पर्छ । बिरामी संग सके सम्म थोरै मानिस बस्नु पर्छ । बिरामीलाई तत्काल अस्पताल लगि उपाचार गराउँनु पर्छ । तर बिरामीलाई अन्य बिरामी अगाडी लामो समय सम्म राख्नु हुदैन । छुट्टै कोठामा राख्नु राम्रो हुन्छ । यसरी बिरामीको लक्षणलाई बेवास्ता गर्दा रोग निको हुन सहयोग गर्छ । मनमा अन्तरद्वन्द कम गर्ने औषधीको प्रयोगवाट रोग निको हुन्छ ।

विरामीलाई किन हिस्टोरिया भनेको मन पर्दैन ?
हाम्रो समाजमा हिस्टेरिया शब्दको गलत अर्थ लाग्छ हिस्टेरिया यौन इच्छा नपुक्दा हुन्छ भन्ने गलत धारण छ । कसैलाई हिस्टेरिया भयो भन्दा गालि पनि पाउन सकिन्छ । यो हिस्टेरिया यौनको कारणले मात्र भएको हुदैन, मानिसको जिवनमा हुने कुनै पनि तनाव दिने घटना वा पिडादायि घटनाले गर्दाले हुन्छ । यस्ता पिडादायी घटना हाम्रो बेहोसी मस् मा बसेको हुन्छन् । यो पिडादायी कुरा शारिरीक लक्षणको रुपमा वाहिर निस्कन्छन । त्यसैले अहिले यसलाई कन्र्भसन डिसअर्डर भनिन्छ र हिस्टेरिया भन्न छाडियको छ । तनाव शारिरीक लक्षणम परिणतछ हुने हुनाले कन्र्भसन डिसअर्डर भनिन थालिएको हो ।

कन्भर्सन डिस्अर्डर वारे जान्नै पर्ने कुराहरु कती विरामी हरुमा यो समस्या वारम्वार दोहोरीन सक्छ । तर आत्तिन हुदैन , २, ३ हप्तामा यो समस्या विस्तार विस्तार निको हुन्छ । विरामीको लक्षणलाई वास्ता गर्नु हुदैन, वास्था गरे यो रोग झन बढ्न सक्छ । मनभित्र पिडादायी बस्तु वस्दा यस्तो हुन्छ । जुन विरामीलाई थाहा नै हुदैन ।कतिपय विरामीलाई बोक्सीको आरोपमा कुटिन्छ, जुन सत प्रतीशत गलत हो । 


nentravel

कमेन्ट