साहित्य

स्पर्श.. गीत

याद कसैको मीठो सपना लिएर आयो

बगैंचाले मानौं वसन्तको साथ पायो ।

 

सम्झना कसैको स्पर्श बोकेर आयो

प्यासीले मानौं झरना पायो ।

तृषित मनले खुशीमा

लाग्दछ सुन्दर गीत गुनगुनायो ।

 

भावनामा कसैको बिम्ब आयो

प्रभातले मानौं लाली ल्यायो

कल्पनामा हिड्ने मायालुले

लाग्दछ उपहारमा दुई नजर पायो ।

 

रचनाः हिकमत डंगोल |

प्रकाशित मितिः मंगलबार, बैशाख ४, २०७५

 


News Tokha times

सम्बन्धित समाचारसाहित्य

कमेन्ट