साहित्य

संगी...

संगी...
रुनु पनि त मर्नु होनी होइन र संगी । त्यसो त खुशीका आँशु पनि झर्छन  भनेर तर्क गरौलि होला तिमीले । तर मैले रुनु भनेको आँशु झार्नु हो भनेर तिमी सँग जिद्धि कहिले गरेको थिएर । रुनुका लागि आँशु झार्नु पर्छ भने बाध्यता लाई मैले तिमी सामु बढाइ चढाइ गरेको थिए र कहिले । बरु मैले त भनेको थिए संगी... तिमी पनि रुन्छेउ आफै भित्र म पनि रुन्छु आफै भित्र । सँगै तिमीलाई सिकाए थिए जून पनि रुन्छ, फुल पनि रुन्छ भनेर । जून र फुल रोए पनि रात चम्केको उदाहरण तिमी सामु छर्लङ्ग पारेर पेश गरेको थिए । तिमीलाई छुन कुनै अँध्यारोको साहारा लिनु परेन मलाई । न कहिलै तिमीलाई छुन उज्यालो लाई नै मतियार बनाउनु पर्यो । अझ भनु भने संगी तिमीलाई मैले छुनुने परेन, अझ त्यति मात्र नभनु तिमीलाई मैले छुनै चाहेन । छुन नचाहेको पाप लाग्ला भनेर हो, तर पापी रहेछु क्यार मलाई रुनु पर्यो तिमीलाई भन्दा धेरै । दाग लाग्ला जूनमा कतै तिमीलाई छुनु भन्दा हजार चोटी सोचेथेँ मैले । त्यसैले त बलिस्त भएका मेरा पाखुरा पनि प्यारालासिष्ट भएको विरामीका झै थरथरी कापेथे तिमीलाई छुन खोज्दा । छुन डराउनेले कसरी हात थाम्ला जिन्दगीभर, कसरी साथ निभाउला जिन्दगीभर, के यस्तै सोचेर मुटु फिर्ता मागेकै हो त संगी तिमीले ।
 
तिमीलाई छुनु र म रुनु वीचको सम्वन्ध के भने प्रश्न तेर्सिन्छ अब । छुनुलाई स्पर्स गर्नु भनिन्छ मायालुहरुको भाषामा तनको स्पर्स र मनको स्पर्समा सिग्रो स्पर्स विभाजित हुन्छ मायामा । तनको स्पर्सका कुरा गर्दिन आज । केवल गर्छुत मनको स्पर्सको कुरा । त्यो भन्दा पहिला ल मानिलेऊ, तिमी र म वीचमा तनको स्पर्स भयो रे । त्यो भएको भए आखिर कैनसा बाढी पहिरो आँधीवेरी जान्थोर । आज आखिर भएको पनि त त्यस्तै छ । तिमीलाई मैले  निसंकोच छोएको भए, तिमीले पनि निर्वाध छुन दिएको भए बढी भन्दा बढी हामी प्राकृतिक बन्थौँ । बदी भन्दा बदी हामी दुनियाँ बिर्सिन्थौँ, बदी भन्दा बदी हामी अर्को पट्कको लागि योजना बनाएर छुटिन्थौँ । तर सँगी छुँदै नछोएको तनको गहिराईमा किन पुगुँ म । म त छोएकै मनले मर्माहात भएको मान्छे । म त मनको स्पर्समा अनारीसिद्ध भएको मान्छे । म त मनको स्पर्सलाई जीवनको सहयात्रा थान्दा थान्दै पनि त्यही स्पर्सबाट एका–एक करेन्टको झत्का लागे झे धेरै पर उछिटिएको मान्छे ।
 
संगी... कोही विना कोही बाँचन नसक्ने पनि होईन । जस्तै तिमी विना म र म विना तिमी बाँच नै नसक्ने पनि होइनौँ । तर पनि कुनै समय यस्तै लाग्थ्यो हामीलाई । कुनै समय लाग्ने गथ्यो सँगी विनको सुवि अपुरोछ, अधुरोछ । र सायद सँगीलाई पनि लाग्थ्यो सुवि विनाको संगी अपाङ्ग छे, असाहय छे । तर यथार्थ त्यो रहेन छ । जून आज हामी अगाडी छर्लङ्ग छ । धेरैले धेरै थरी तर्क गरेका छन प्रेम भने सानो शब्दलाई विषय बनाएर । ती धेरै तर्ककारहरुका मध्यमा अधिकांशले प्रेममा एउटा अनौथो शक्ति हुने ठोकुवा समेत गरेका छन् । एउटा यस्तो अदृष्य शक्ति जसले तिमीलाई मलाई वा अन्य कसैलाई निर्देशित गरी रहेको हुन्छ  प्रेममा, आस्था हो यो संगी आस्था....जुन आस्थालाई हामीले आफ्नै भावनात्म नामहरु दिएका छौ विश्वाष, भरोषा, समर्पण आदि आदि...। आखिर जे नाम दिए पनि ती सब हाम्रा भावनाहरु हुन । र ती भावनाका सुत्रधार हाम्रो मन हो । यो मन त के भन्छ थाहा छ संगी आज साथ छुटि सके पछि पनि तिमी मेरी नै हौऊ रे । यथार्थ हाम्रो जे होस अझ यो मन त  के भन्छ थाहा छ संगी तिम्रो लागि यो ज्यान सँधैका लागि हाजिर छरे । कति वाइयात कुरा छ हगी संगी यत्रो ठुलो मेरो मर्जिको मै  राजा भन्ने मान्छेलाई नाथे एउटा फिस्ते मनले त्यो पनि कहिले नदेखेको मनले निर्देशित गर्छ । अब आफै सोच संगी सबैलाई नचाउने आखिर मन हरे छनि यसले जसो गर भन्यो त्यसै गर्ने हामी होइन र ।
 
 थाहा छ संगी प्रेममा अनौथो शक्ति हुन्छ भने कुराको प्रमाण केले दिन्छ । सायद तिमी र म हिजो प्रेममा दुबेको बेला यो महशुस गर्ने अवस्थामा नहुदो हो । तर आज सुन तिमी मेरो प्रेममा चुर्लुम्म दुबेको बेला तिम्रो मनले के सोच्छ त्यसको ग्यारेन्टी दिन सक्दैनै तिमी तर मेरा हरेक कुरामा ग्यारेन्टी दिन सक्छेऊ तिमी, मेरो मनले के सोच्छ  मेरो ग्यारेन्टी मैले दिन सक्दिन तर तिम्रो हरेक कुराको ग्यारेन्टी दिन सक्छु । यति विश्वाष आखिर केले बनाउछ होला संगी । हो त्योही होला अनौथो शक्ति प्रेमको ,प्रेममा परुन्जेल म तिमिलाई विश्वास गर्न यति अविशब्द हुन्छु कि तिम्रा हरेक भ्रमका खेतिहरुलाई पनि मैले निर्वाध मलजल गरी हुर्काई गरेको हुन्छु र त्यस्तै गरी रहेकी हुँछेउ तिमी पनि । प्रेममा परुन्जेल म यति सम्म त्यगी बन्न  सक्छुकी मेरा हरेक अवयवहरु मेताएर आफुलाई शुन्यमा पुर्याउँदा सम्म पनि तिमीमा पूर्णता भर्न सकेको हुँदिन र त्यस्तो तिमीलाई पनि हुन्छ । केतिमी लाई र म लाई पनि यस्तै भएको थिएन र ।
 
म यति सम्म संकुचनमा परिरहेको हुनछुकी मानौ मेरो लागि यो संसार बनेकै होइन । केवल तिमी बनेकी होऊ । खानुपीउनु,हास्नु रुनु जीउनु सब तिमीमा नै सिमित ,संगै तिमीलाई पनि त्यस्तै भै रहेको हुन्छ । हामी एकबाट दुई हुन्छौ तर क्यौँबाट अग्लिन्छौँ र फल स्वरुप एकलिन्छौ । के तिमी र म वीच यस्तै भएको होइन र संगी कुनै समय । तर पनि सलाम छ त्यो मान्छेलाई जसले प्रेममा हार खाएर भनेको हुनुपर्छ प्रममा अनौथो शक्ति हुन्छ भनेर सलाम छ त्यसलाई । त्यसैले त आज म पनि भन्न विवश भए हो रै छ प्रेममा सारै ठुलो शक्ति हुदो रहेछ । हिजो त्यही शक्तिले नचाउनु नचायो तिम्रो वरिपरी आज त्यही शक्तिले रुवाउदै छ तिम्रौ यादमा घरिघरी....।

News Tokha times

nentravel

सम्बन्धित समाचारसाहित्य

कमेन्ट