साहित्य

सायद...

सायद...

तिमीले डोली चढेको रात
रात रोइरहेको थियो ।
झरी परेको रात थियो
सायद
त्यसैले होला आज
तिमीले हरेक पल रुझनु परेको
झरीझै निरन्तर आँखाबाट
आसु झार्नु परेको ।

तिमीले नयाँ जीवन पाएको रात
औँसीको कालो रात थियो
सायद
त्यसैले होला आज
त्रि्रो जीन्दगी कालो रातमा डुबेको
कालो रातमा आफ्नो जिन्दगी खोज्न
बाध्य बनाएको ।

तिमीले झोली भरेको रात
प्रकृति माथि बसेर
दुःख पीडा पोख्दै
आफ्नो धुनमा रोइरहेको थियो ।
डर र त्रास दिदै
अकाश गजिरेहेको थियो ।
सायद
त्यसैले होल आज
तिमीलाई पनि दुःख पिडा दिएर रूलाएको
सधैभरी प्रकृतिले तिमीलाई ठगिरहेको
डर र त्रासमा जीउन बाध्य बनाएको ।

तिमीले डोली चढेको रात
झरी परेको रात थियो
धर्ती मलिन भएर
भासी रहेको थियो
सायद
त्यसैले होला आज
तिमी पनि प्रत्येक वर्षधर्ती भासिएझै
भासी रहेको
धर्ती भासेर रित्तिए झै
तिमीले पनि रित्तिनु परेको ।
               - श्याम काजि श्रेष्ठ (ख्वविलु)

 


News Tokha times

सम्बन्धित समाचारसाहित्य

कमेन्ट