देश

रक्षामन्त्री पोखरेल भन्दा पत्नी मिरा धनी

रक्षामन्त्री  पोखरेल भन्दा पत्नी मिरा धनी

९ जेठ, काठमाडौँ । अकिकांश मन्त्रीको सम्पति न्यून देखिएको छ । अधिकांश मन्त्रीहरुको श्रीमतीका नाममा भने प्रशस्तै सम्पति रहेको छ । त्यो सम्पतिमा श्रीमानको भने योगदान रहेको छैन । ती सम्पतिको स्रोत स्वआर्जन रहेको छ । 

रक्षामन्त्री इश्वर पोखरेल भन्दा पत्नी मिरा पोखरेल धेरै धनी रहेकी छन्। सबै घरजग्गा श्रीमती पोखरेलकै नाममा रहेको छ। पोखरेलको नाममा झापाको चन्द्रगढीमा १२ कट्ठा पैतृक सम्पति रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकमा ७ लाख रुपैयाँ नगद मौज्दात रहेको छ।
 
त्यसैगरी टोखा–६ मा २३ आना जग्गामा बनेको ३ तले घर रहेको छ। भक्तपुर, नगरकोटमा ११ रोपनी ११ आना, धादिङको खानीखोलामा ४ रोपनी पाखो, ७–८ तोला सुन, चाँदी २२–२५ तोला तथा विभिन्न बैंक खातामा ६ लाख ४० हजार रुपैयाँ पनि श्रीमती पोखरेलको नाममा रहेको छ। यि सबै घरजग्गा बिक्री, पेवा र स्वआर्जनबाट प्राप्त भएको उल्लेख छ।
 
त्यसैगरी बरुण हाइड्रोमा १० हजार, कृषि विकास बैंकमा २ सय र मोर्डन कन्या मल्टिपल कलेजमा ५ हजार कित्ता शेयर पनि पत्नी पोखरेलकै रहेको छ। ति सम्पतिहरुको श्रोत परिवारबाट प्राप्त पेवा र उपहार, पारिश्रमिक तथा जग्गाको बिक्री उल्लेख गरिएको छ।
 
मन्त्री पोखरेलको आफ्नै नाममा भने झापामा १२ कट्ठा पैत्रिक सम्पति र ७ लाख रुपैयाँ बैक मौज्दात रहेको उल्लेख छ।
 

nentravel

कमेन्ट