देश

बालकृष्ण ढुंगेलसहित ८ सय १६ जनालाई 'माफी'

काठमाडाैं - सरकारले गणतन्त्र दिवसको अवसर पारेर तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीलाई थुनामुक्त गरेको छ । ११ औँ गणतन्त्र दिवसको अवसरमा चालचलन असल रहेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेलसहितलाई आममाफी दिनुभएको हो ।

ढुंगेल ओखलढुँगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतले दोषी ठहर गरी जन्मकैद भोगिरहेका ब्यक्ति हुन् । सोमबार राती बसेको मन्त्रीपरिषद बैठकले ढुंगेल सहित आममाफी पाउनेहरुको नाम अनुमोदन गरि राष्ट्रपतिसमक्ष अनुमोदनका लागि सिफारिस गरेको थियो । ढुंगेललाई थुनामुक्त गर्न नहुने भन्दै परेको रिटमा सर्वोच्च अदालतले यसबारेको सक्कल फाइल नै मगाएकै दिन सरकारले ढुँगेललाई माफी दिने निर्णय गरेको हो ।
 
व्यक्ति हत्याको अभियोग अदालतले पुष्टि गरेपछि ढुंगेलले आफूविरुद्ध फैसला गर्ने न्यायाधीशलाई भौतिक कारवाही गर्ने अभिव्यक्ति दिएका थिए । ललितपुरको सातदोबाटोमा लुकेर बसेका ढुंगेललाई प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको टोलीले गएको कात्तिक १४ गते  फक्राउ गरेको थियो । 

द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्याको घटनामा ढुंगेलविरुद्धको मुद्दामा द्वन्द्वकालमै उनी साढे सात वर्ष जेल बसेका थिए। तत्कालीन पुनरावेदन अदालतले उनलाई सफाई दिएपछि छुटेकोमा पछि सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

कारागार नियमावलीकै प्रावधान अनुसार ढुंगेलसहित ८ सय १६ जनालाइ सरकारले गणतन्त्र दिवसकाे सन्दर्भमा कैद मुक्त गरेकाे हाे ।कारागार नियमावली अनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलन भएमा कैद मिनाह गर्ने व्यवस्था छ । जन्मकैदको २० वर्षको ४० प्रतिशत ८ वर्ष हुन्छ । ढुंगेलले सोही मुद्दामा यसभन्दा अघि पनि जेल बसेकाले ८ वर्ष पूरा हुन ५ महिना २२ दिन मात्रै बाँकी थियो ।

गत वर्षको १४ कात्तिकमा पक्राउ परेका ढुंगेलको ८ वर्ष वैशाखमा पुगिसकेको छ । त्यसैलाई आधार मान्दै ४० प्रतिशत कैद भुक्तान गरिसकेका ढुंगेललाई सरकारले कैद मिनाह गरेको हो । ढुंगेल द्वन्द्वकालमै साढे ७ वर्ष जेल बसेका थिए ।

तर सर्वोच्च अदालतले ढुंगेललाई आम आफी दिनुको कारण सक्कल प्रमाण पेश गर्न सरकारलाई आदेश दिएको छ । त्यसको सुनुवाई हेर्दा–हेर्दैमा राखिएको छ । सरकारले आज प्रमाण पेश गरेपछि त्यसको फैसला आजै हुदैँछ । 


News Tokha times

nentravel

कमेन्ट