देश

काठमाडौं महानगर - टोखा नगरबीच साझेदारी सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर एवं चेक हस्तान्तरण

काठमाडौं महानगर - टोखा नगरबीच साझेदारी सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर एवं चेक हस्तान्तरण

काठमाडौँ — काठमाडौं महानगरपालिका र टाेखा नगरपालिकाबीच बालमैत्री उद्यान परियोजनामा साझेदारी सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा आज एक कार्यक्रम गरी महानगरको नगर नगर साझेदारी अन्तर्गत काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य र टाेखा नगरपिकाका मेयर प्रकाश अधिकारी बीच सम्झौता पत्रमा हस्ताक्षर एवं एक करोड रूपैयाँको चेक हस्तान्तरण गरेको हो ।

उक्त सम्झौता रकम धार्मिक र प्राकृतिक हिसाबले महत्त्वपूर्ण वडा नं. १ झोरस्थित वरुणेश्वर महादेवसँगैको बौडेश्वर झरनाको प्राकृतिक स्वरूप नबिगारी पार्क, लगायतका संरचना निर्माणमा लगानी गरिने यसभन्दा पहिलै निर्णय भईसकेको छ ।

यो पनि हेर्नुहोस्


nentravel

कमेन्ट