देश

चलनको आधुनिकीकरण धिम्बाको लहर आउने

चलनको आधुनिकीकरण धिम्बाको लहर आउने

ललितपुर । नेवार परम्परागत बाजा धिमे महिलाहरुले बजाउनु, नाच्नु हुँदैन भन्ने मान्यता तोडी नयाँयुगको शुरुवात गरेका गुर्रुवर्गको सम्मान गर्दै धिम्बा डान्स एण्ड मोरले गुरु पूणिर्मा मनाएको छ । 

ललितपुरको बालकुमारी स्थित गुइतः दोमार -सांस्कृतिक डाँडा)मा आयोजना गरिएको उक्त समारोहमा गुरुद्वय किसलाल महर्जन र कान्छा भाई महर्जनलाई सम्मान गरिएको हो । धिम्बा डान्स एण्ड मोरका परिकल्पनाकार, प्रमूख एवं गुरु सुरोज महर्जनको सभा पतित्वमा आयोजित समापन समारोहमा ललितपुरमा पहिलो पटक धिमे वादन र नृत्य प्रस्तुत गरेका महिलाहरु मीना महर्जन, सानुमैया महर्जन, रोशनी महर्जन, शान्ति महर्जन, अनिता महर्जन, सीता महर्जन, अनिता महर्जन, रजनी महर्जनलाई पनि सम्मान गरिएको थियो ।

समारोहमा मन्तब्य राख्दै हाल धिम्बा कक्षा संचालनमा स्थान उपलब्ध गराइ रहेको लिटिल फ्लावर स्कूलका अध्यक्ष लक्ष्मण महर्जनले धिम्वाको यो अभियानमा आफ्नो स्कुलले सँधै सघाउने प्रतिवद्धता ब्यक्त गरे ।

समारोहमा समाजसेवी एवं धिमे सहायक गुरुहरु आशाकाजी महर्जन, बेखालाल महर्जन तथा तःननी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अष्टमान महर्जन अतिथिका रुपमा उपस्थित थिए । सजना तण्डुकारले स्वागत मन्तब्य ब्यक्त गरेको उक्त समारोहमा धिम्बा गुरु सम्झना थुसःले मञ्जुश्री चर्या नृत्य प्रस्तुत गरेका थिए भने धिमे नाच तथा अन्य सांस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएको थियो ।

धिम्बाका परिकल्पनाकार एवं प्रमुख गुरु सुरोज महर्जनले स्वास्थ्य र ब्यायाममा मनोरञ्जनको महत्व प्रष्टपार्दै यही गतिविधिले सांस्कृतिक अतिक्रमण रोक्ने मात्रनभइ आफ्नो संस्कृति संरक्षणमा समेत योगदान पुग्ने बताएका छन् । सहयोगी सम्पर्ूण्ालाई धन्यवाद दिँदै गुरु महर्जनले यो अभियान अझ ब्यापक बन्ने बताए ।

जीवन परिवर्तनका लागि ३ घण्टा छुट्याउँ भन्दै स्वास्थ्य र संस्कृतिलाई जोडेर धिम्बा अभियान चलाएको यस समूहले "आफ्नो, परिवार र समाजको लागि धिम्बा नाचौँ,  स्वस्थ जीवन बाँचौं ।" भन्दै स्वास्थ्यप्रति सचेत बनाउने कार्य समेत गरिरहेको हो ।

लोकप्रिय कलाकार समेत रहेका गुरु सुरज ब्यञ्जनकारले संचालन गरेको उक्त समारोहमा धिम्बा डान्स एण्ड मोर संस्थाबाट सबै जातका सदस्यहरुको सक्रिय एवं उत्साहजनक सहभागितामा मच्छिन्द्रनाथ जात्रा अर्न्तर्गत याकःमिसा भुज्याः र जाहृवला जात्रा-भोटो जात्रा)मा समावेशी सामुहिक धिमय् नृत्य प्रस्तुत गरेको पनि जानकारी गराएको हो ।


News Tokha times

nentravel

कमेन्ट