देश

सात बुँदे सहमतिसहित एमाले र माओवादी एकता टुंगियो

काठमाडौं ।  नेकपा एमाले र माओवादी केन्द्रको एकता सोमबार मध्यरातबाट टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले ७ बुँदे सहमति गर्दै एकता निश्कर्षमा पुर्याएको हो ।

यस्तो छ सहमति

१, एकीकृत पार्टीको सिद्धान्त मार्क्सवाद लेनिनवाद रहनेछ।

२, एमालेको जनताको बहुदलीय जनवादको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा र शान्ति सम्झौतापछि  माओवादीको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा समान नीति।

४, एमालेको जबज र माओवादीको माओवाद र २१ औँ शताब्दीमा जनवादको विधिसम्मत छलफल र परिमार्जन गरिनेछ।

५, अन्तरिम विधान तयार गरिनेछ।

६, प्राप्त उपलब्धीको रक्षा गरी सामाजिक तथा आर्थिक रुपान्तरण गर्दै समाजवादको आधार तय गरिनेछ।

७ अबको महाधिवेशन एकता महाधिवेशन हुनेछ।

सहमतिमा केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, पुष्पकमल दाहाल, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन्।


nentravel

कमेन्ट