देश

राष्ट्रपतिका लागि वाम गठबन्धनबाट विद्यादेवी र कांग्रेसबाट कुमारी लक्ष्मीको उम्मेदवारी दर्ता

काठमाडौं, फागुन २३ – वाम गठबन्धनबाट राष्ट्रपतिमा विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।  त्यस्तै नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राईले केहीबेरअघि राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नु भएको छ ।

बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर भण्डारी र राईले उम्मेदवारी दर्ता गर्नुभएको हो । भण्डारीको प्रस्तावकमा नेता माधव नेपाल, भिम रावल, इश्वर पोख्रेल, सुवास नेम्वाङ र ओनसरी घर्ती हुनुहुन्छ । त्यस्तै उहाँको समर्थकमा नेता रामबाबु थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रविन्द्र अधिकारी रहनुभएको छ ।

राईको प्रस्तावकमा चित्रलेखा यादव, मानवहादुर विश्वकर्मा, पार्वत डिसि चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे रहेका छन् । यस्तै समर्थकमा सरिता प्रसाई, सूजता परियार, मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी र राधा घले रहेका छन् । 

वाम गठबन्धनबाट विद्यादेवी भण्डारीलाई अघि सारेपछि कांग्रेसले राईलाई राष्ट्रपति उम्मेदवारमा उठाएको हो । उम्मेदवारी दर्ताका लागि विहान १० देखि २ बजेसम्मको समय तोकिएको छ । आगमी २९ गते राष्ट्रपतिको चुनाव हुनेछ । 

राष्ट्रपति भण्डारीले उम्मेदवार दिनुअघि राजीनामा गर्नुपर्ने कि नपर्ने भन्ने प्रश्न उठेको छ । तर, ‘हेड अफ द स्टेट कहिल्यै पनि खाली नहुने भएकाले उम्मेदवारी दिँदा राजीनामा दिनुनपर्ने भएको शीतल निवास स्रोतले बताएको छ । आगमी २९ गते राष्ट्रपतिको चुनाव हुनेछ । 


News Tokha times

कमेन्ट