देश

JLPT का लागि N5 तहको नाम दर्ता गर्ने अन्तिम मिति मार्च १२-१३ तारिख

JLPT का लागि N5 तहको नाम दर्ता गर्ने अन्तिम मिति मार्च १२-१३ तारिख

काठमाडौं । जापानी भाषा प्राथमिकता परीक्षा (Japanese Language Preference Test) अन्तर्गत N5 तहको परीक्षाको लागि नाम दर्ता गर्ने अन्तिम मिति यही मार्च १२-१३ तारिखसम्म रहेको जापानी भाषा शिक्षक संगठन (जाल्टान) को कार्यालयले जनाएको छ ।

उक्त परीक्षाको लागि जापानी राजदुतावास पानीपोखरीमा गई आफ्नो नाम दर्ता गरी फार्म लिनु पर्नेछ । विहान १०:३० बजे देखि १ बजेसम्म र दिउँसो २ बजेदेखि  ४:३० बजे भित्र परीक्षार्थीहरुले आफ्नो नाम दर्ता तथा फार्म लिन सकिने जाल्टानको कार्यालयले जनाएको छ ।

यस विषयमा केहि थप जानकारी चाहिएमा जापानी भाषा शिक्षक संगठन (जाल्टान) को कार्यालय विश्वभाषा क्याम्पस प्रदशीमार्गमा सम्पर्क समेत गर्न सकिनेछ ।


News Tokha times

कमेन्ट