देश

यूएस बंगला विमान काठमाडौंमा दुर्घटनाग्रस्त , सम्पूर्ण उडान ठप्प

काठमाडौं  : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । बंगलादेशबाट काठमाडौं आएको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको उक्त विमान २ बजेर १८ मा विमान धावन मार्गको पूर्वतर्फ चिप्लिएर दुर्घटना भएको थियो । दुर्घटना क्रममा विमान पूर्णरुपमा ध्वस्त भएको छ । हालसम्म दुर्घटनामा घाइते भएका १८ जना यात्रुको उद्धार गरी उपचार लागि केएमसी र सीभिल अस्पताल लगिएका माध्य  केएमसी अस्पतालमा पुर्‍याइएको मध्ये ८ जनाको मृत्यु भएको छ । हालसम्म २० जनाको शव निकालिएको छ भने उद्वार कार्य जारीरहेको छ । यस बारेमा थप जानकारी आउँन बाँकी छ । विमानमा ६७ यात्रु र चालक दलका सदस्य सहित ७१ जना सवार थिए ।



यस दुर्घटनासँगै त्रिभुवन विमानस्थलका सम्पूर्ण विमानको उडान ठप्प भएको छ । यूस बगंला विमान कम्पनीको जहाज दुर्घटना भएपछि त्रिभुवन विमानस्थलका सम्पूर्ण उडान ठप्प भएका हुन् । उड्न तयार रहेका सबै विमानका उडान स्थगित भएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय विमानका उडान पनि स्थगित भएको छ ।

तस्वीरः पुकार तिमिसिना


News Tokha times

nentravel

कमेन्ट