देश

अपडेटः शिवपुरी जङ्गलमा लागेको आगो नियन्त्रणमा आयो

काठमाडौँ आइतवार, चैत ११, २०७४। झन्दै २८ घण्टा पछि शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज जङ्गलमा लागेको आगो नियन्त्रणमा आएको छ । मालुङ्ग फुलबारी टोखाका स्थानीयवासी तथा नेपाली सेनाको अथक प्रयासपछि बेलुका पाँच बजेतिर आगो नियन्त्रणमा आएको हो ।

हिजो दिउँसो मालुङ्ग फुलबारी तीररहेको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज जङ्गलमा एकासी आगलागी भएको थियो । विस्तारै आगोले ठुलो रुप लिएपछि गुभाद्यः (बज्रयोगिनि मन्दिर) क्षेत्रसम्म आगो सल्किएको थियो ।

आगलागी भए लगतै निभाउन स्थानीयवासीहरु आगलागी स्थान तर्फ कुदेर आगो निभाउने कोशिस गरेका थिए । स्थानीयबासीहरुको सक्रियता तथा नेपाली सेनाको सहकार्यमा  झन्दै २८ घण्टा पछि पुन रुपमा आगो नियन्त्रणमा आएको थियो ।

आगलागी कसरी भयो र त्यसबाट केकति क्षतिभयो त्यसको विवरण भने आउन बाँकी नै छ ।


News Tokha times

कमेन्ट