देश

किन गर्दैैछन् सडक विस्तार पीडितहरुले माइती मण्डलामा वृहत्त शक्ति प्रदर्शन ?

किन गर्दैैछन् सडक विस्तार पीडितहरुले माइती मण्डलामा वृहत्त शक्ति प्रदर्शन ?

सोमबार चैत्र १२, २०७४, काठमाडौँ । उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समितिका साथै विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा आउँदो बुधबार चैत्र १४ गते बिहान १० बजे माइती मण्डलामा वृहत्त शक्ति प्रदर्शन गर्ने तयारी भैरहेको छ ।

माइती मण्डलामा धर्ना र सभा गरी शक्ति प्रदर्शन गर्नका लागि आयोजकले विभिन्न नेवाः नेतृत्वहरुको प्रतिबद्धता सार्वजनिक गर्नुका साथै उनीहरुको विचार सामाजिक सञ्जालबाट प्रचार प्रसार समेत गरिएको छ ।

यस धर्ना कार्यक्रममा गैरन्यायिक सडक  विस्तारको विरुद्धका लागि मात्र नभै राज्यसत्ताले गरिरहेको सबै खालका उत्पीडनताका विरुद्धमा हुने आयोजकले बताएको छ ।

वृहत्त शक्ति प्रदर्शनको रुपमा गर्न आयोजकहरु विभिन्न बैठक भेलामा व्यस्त भएको छ । आयोजकले यस धर्ना कार्यक्रम सडक विस्तार फास्ट ट्रायक आउटर रिङरोड, स्याटालाइट सिटीका साथै गैरन्यायिक योजनाको विरुद्ध हुने बताएको छ ।

उक्त धर्नामा सहभागिका लागि तयार गरिएको पर्चामा धर्ना कार्यक्रम, धार्मिक, सांस्कृतिक सम्पदा पहिचानको रक्षाको लागि जनतालाई बिस्थापित गर्ने बनाएको पञ्चायतकालीन मापदण्ड खारेज गर्नेका लागि आइ.एल.ओ. महासन्धीको १६९ पालना गराउनका लागि संविधानमा धारा २५ र धारा ३७ को उल्टो भएकोले पीडित र प्रभावितहरुको मञ्जुरी नलि सडक विस्तार र विकासका नाममा नागरिकहरुलाई दीर्घकालीन प्रभाव पर्ने कार्य गर्न नदिने कुरा उल्लेख गरिएको छ ।

यस कार्यक्रममा उपत्यका सतक विस्तार पीडित संर्घष समिति, नेपा: युथ अर्गनाइजेशन, नेवाः संघ, सेभ नेपाः भ्याली, नेवाः राजनीतिक अभियान, फास्ट ट्रायक पीडित संघ र नेपाल सांस्कृतिक पुनःजागरण अभियाले संयुक्त रुपमा गरिन लागिएको हो ।

चैत्र १४ को उक्त शान्तिपुर्ण विरोध धर्ना कार्यक्रममा विभिन्न वक्ताहरुले सम्बोधनसमेत गरिने भनिएको छ ।


News Tokha times

कमेन्ट