देश

सडक विस्तार पीडितमाथि प्रहरीद्वारा पानीको फोहोरा र आश्रुग्याँस प्रहार

सडक विस्तार पीडितमाथि प्रहरीद्वारा पानीको फोहोरा र आश्रुग्याँस प्रहार

काठमाडौं ।बिहीबार, चैत १५, २०७४ । प्रहरी र सडक विस्तार संघर्ष समितिबीच वानेश्वर क्षेत्रमा बुधबार झडप भएको छ । गैरन्यायिक सडक  विस्तारको विरुद्धकामा शान्तिपुर्ण जुलुसमा प्रहरीले प्रदर्शनकारी माथि अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।  शान्तिपुर्ण आन्दोलनमा उत्रिएका सडक विस्तार पीडितहरुमा माथि प्रहरीले गरेको कार्यलाई दमनको संज्ञाए दिएको छ । प्रहरी दमनबाट दर्जनौँ आन्दोलनकारी घाइते भएका छन् । प्रहरीको हस्तक्षेपछि पसल र घरमा लुकेकालाई समेत  निकालेर प्रहरीले कुटपिट गरेको आन्दोलनकारीले जनाएका छन् । 

गैरन्यायिक सडक  विस्तारको विरुद्धका लागि मात्र नभै राज्यसत्ताले गरिरहेको सबै खालका उत्पीडनताका विरुद्ध संघर्षमा उत्रिएको समितिले बुधबार माइतिघरबाट निकालेको जुलुस वानेश्वरतिर अघि बढने क्रममा झडप भएको हो ।

राज्यले उपत्यकाका धार्मिक, सांस्कृतिक सम्पदा पहिचानको रक्षाको लागि जनतालाई बिस्थापित गर्न बनाएको पञ्चायतकालीन मापदण्ड खारेज गर्न, आइ.एल.ओ. महासन्धीको १६९ पालना गराउनका लागि संविधानमा धारा २५ र धारा ३७ को उल्टो भएकोले पीडित र प्रभावितहरुको मञ्जुरी नलि सडक विस्तार र विकासका नाममा नागरिकहरुलाई दीर्घकालीन प्रभाव पर्ने कार्य गर्न नदिन दबाद स्वरुप उपत्यकाका विभिन्न स्थानका सडक विस्तारका पीडितले मंगलबार माइतीमण्डलामा आन्दोलनको कार्यक्रम आयोजना गरिएको थियो ।


News Tokha times

nentravel

कमेन्ट