खेलकुद

सार्वजनिक स्थानमा विश्वकप देखाउन प्रशासनसँग स्वीकृत लिनुपर्ने

बिहीबार देखि  रसियामा विश्वकप सुरु हुँदैछ । सार्वजनिक स्थानमा विश्वकप देखाउन प्रशासनसँग स्वीकृत लिनुपर्ने  जिल्ला प्रशासन काठमाडौंले निर्देशन जारी गरेको छ ।

विश्वकप स्पर्धाको खेलहरू सार्वजनिक स्थलमा देखाउँदा कुनै पनि प्रवेश शुल्क नलिन जिल्ला प्रशासन काठमाडौंले निर्देशन जारी गरेको छ । त्यस्तै कुनै पनि टिमको हारजीतलाई जुवा र सट्टाबाजीको रूपमा नखेलाउन पनि कार्यालयले निर्देशन दिएको छ । 

सार्वजनिक स्थलमा विश्वकप प्रदर्शन गर्नका लागि स्थानीय सुरक्षा निकायबाट अनुमति लिन पनि कार्यालयले सुझाएको छ ।

विभिन्न होटल, रेष्टुरेन्ट, डान्सबार, लज, फुटबल क्लब र युवा क्लबले सार्वजनिक स्थलमा देखाउने गरेका छन् ।

“यी स्थानमा प्रवेश शुल्क उठाएर विश्वकप देखाउनु गैरकानुनी हो,” कार्यालयका सहायक प्रमुख वासुदेव घिमिरेले भने, “सार्वजनिक स्थलमा विश्वकप प्रदर्शन गर्न पनि स्थानीय प्रहरी कार्यालयसँग स्वीकृति लिनुपर्नेछ ।”

फुटबल देखाइने स्थानमा माद्यक पदार्थ सेवन तथा ओसार–पसार गरी हुनसक्ने विभिन्न उच्छृङ्खल गतिबिधिमाथि नियन्त्रण गर्न कार्यालयले मङ्गलबार यस्तो व्यवस्था जारी गरेको हो । 
प्रशासन कार्यालयले निजी व्यवसायी तथा प्रतिष्ठानले विश्वकप देखाउने स्थानमा अनिवार्य रुपमा सिसिटीभी जडान गर्नुपर्ने पनि बताएको छ ।

खेल देखाउने स्थलमा कुनै पनि निजी तथा सार्वजनिक सम्पत्तिमाथि क्षति भए फुटबल प्रर्दशन आयोजकले व्योहोनुपर्ने कार्यालयले जारी गरिएको सुचनामा उल्लेख गरिएको छ ।

 


nentravel

कमेन्ट