खेलकुद

२०७३ उत्कृष्ट वर्ष खेलाडी सम्मान कार्यक्रम टोखामा

२०७३ उत्कृष्ट वर्ष खेलाडी सम्मान कार्यक्रम टोखामा

काठमाडौं, नेपाली खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरी राष्ट्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित वनाउन सफल खेलाडीहरुलाई उत्कृष्ट वर्ष खेलाडीबाट टोखामा सम्मान गरिने भएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा भोलि टोखाको तपलाछीमा भब्य कार्यक्रम गरी सम्मान गर्न लागिएको टोखा नगरपालिका २ वडाका अध्यक्ष दीपकराज जोशीले बताउनु भयो ।

भोलि हुने उक्त कार्यक्रममा ३५ बिधा खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गरिने अन्तर्राष्ट्रिय धावकसमेत रहनुभए टोखाका मनिष जोशीले बताउनु भयो । खलाडी सम्मानका साथ साथै विभिन्न कलाकारहरुको उपस्थितिमा सांगीतिक कार्यक्रम समेत हुने जोशीले बैठकमा बताउनु भयो ।

आज बिहान टोखा नगरपालिकाको २ वडा कार्यालय भवनामा टोखामा क्रियाशील संघसंस्था, खलः पुचःहरुको उपस्थितिमा तयारी बैठक बसेको छ । बैठकमा भोलि हुने उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सिंगो टोखा एक जुट भएर लाग्ने निर्णय समेत गरेको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले हरेक वर्ष नेपाली खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरी राष्ट्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित वनाउन सफल खेलाडीहरुलाई उत्कृष्ट वर्ष खेलाडीबाट सम्मान गर्दै आइरहेको छ । यस वर्ष प्रथम अन्तर्राष्ट्रिय धावक स्वगीय गजराज जोशीको जन्मथलो टोखामा २०७३ सालमा उत्कृष्ट वर्ष खेलाडीबाट सम्मान गर्ने कार्यक्रम हुन लागेकोमा टोखाको गैरवको विषय भएको भन्दै सिङ्गो टोखाले कार्यक्रममा उपस्थित हुने अतिथिहरुको सत्कार तथा सम्मान गर्ने तयारीमा टोखा जुटेको छ ।

कार्यक्रम भोलि दिउँसो १२ बजेदेखि टोखा नगरपालिका २ टपलाछिमा हुनेछ ।


nentravel

कमेन्ट