खेलकुद

एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७३ बाट ३५ खेलाडी सम्मानित

एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७३ बाट ३५ खेलाडी सम्मानित

काठमाडौँ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले खेलकुदको विभिन्न विधाका उत्कृट खेलाडीहरुलाई २०७३ वर्ष खेलाडीको अवार्डबाट सम्मान गरेको छ । टोखाको तपलाछीमा आज एक कार्यक्रम गरी उक्त अवार्डबाट सम्मान गरेको हो ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)को आयोजक तथा टोखा नगरपालिका सहयोगि रहेको उक्त कार्यक्रममा एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७३ बाट विभिन्न ३५ खेलका उत्तिनै खेलाडीलाई नगद सहित पुरस्कृत गरिएको छ । उत्कृष्ट खेलाडीहरुलाई टोखाका जीवित देवी गणेश र कुमारीको उपस्थितमा नेवाः गुठी टोखाले नेवाः परम्पारगत सगुन दिएर बधाई दिएका थिए ।

क्रिकेटका पारस खड्का, फुटबलका किरण चेम्जोङ, करातेका पर्शुराम बाँस्तोला, भलिबलकी प्रतिभा माली, टेबलटेनिसका श्यान्टु श्रेष्ठ र सुटिङकी अस्मिता राई उत्कृष्ट खेलाडी घोषित भए । तेक्वान्दोकी रेजिना कार्की, उसुकी निमा घर्ती मगर, जुडोकी फुपु ल्हामु खत्री, आर्चरीका प्रेमप्रसाद पुन, पौडीका शिरिश गुरुङ, एथेटिक्सकी कान्छीमाया कोजु, बक्सिङका सुशील थापा, भारोत्तोलनका दिनेश श्रेष्ठ, कबड्डीका विजयकुमार चन्द र ह्यान्डबलकी उमा राई उत्कृष्ट खेलाडी भए ।


हक्कीका प्रदीप राजवंशी, स्क्वासका अरहान्तकेशर सिम्ह, ब्याडमिन्टनका रत्नजित तामाङ, बास्केटबलका सदीश प्रधान, आईटीएफ तेक्वान्दोकी तुलसा राजथला, शारीरिक सुगठनका महेश्वर महर्जन, फेन्सिङका सन्जिप लामा, गल्फका शुक्रबहादुर राई, जिम्न्याष्टिकका राजु राई, लनटेनिसकी मायांका राणा, सफ्ट टेनिसकाका प्रदीप खत्री, साइक्लिङका राजेश मगर, बुद्धिचालका मदनकृष्ण कायश्थ, फुल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ, सेपाकताक्रोका अनिल गुरुङ, खो खोकी दिलकुमारी तामाङ, स्नुकर तथा विलियर्डका दीपक मगर, ट्रायथलनका बसन्त थारु र कुस्तीका सरोज यादव पुरस्कृत भए । सबैले ट्रफी र जनही १० हजार नगद पुरस्कार हात पारे ।


पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा समावेश ३५ खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्बन्धित खेल संघको सिफारिसमा खेलाडीलाई पुरस्कृत गरिएको खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं साग पदकधारी स्व. सुनीललाल जोशीलाई स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सोमबार मरणोपरान्त सम्मान गरेको छ । स्व. जोशीकी धर्मपत्नी रेखाले सो अवार्ड ग्रहण गरिन् । यो अवार्डको पुरस्कार राशी २५ हजार रुपैयाँ रहेको छ ।


खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पा, राखेपका सदस्य सुदिल शाही, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

कार्यक्रमा सहभागि सम्पुर्ण खेलाडी तथा अतिथिहरुलाई टोखाका विभिन्न संघसंस्था तथा टोखाबासीले जीवित देवी गणेश कुमारी सहित माैलिक बाजागाजा सहित टोखाको मूध्वाखाबाट विशेष अतिथि सत्कारका साथ स्वागत गरी कार्यक्रम स्थलसम्म लगिएको थियो ।


News Tokha times

nentravel

कमेन्ट