विचार / दृष्टिकोण

माइक्रो समस्या आखिर कहिलेसम्म ?

कुमार श्रेष्ठ | धेरै समयको अन्तरालपछि म आफ्नो जागिर पचाउनको लागि माइक्रो स्टेशनमा माइक्रो कुर्दै थिए। र्सर्भिसिङ्गको लागि मोटरसाइकल वर्कशपमा छाडेको हुनाले माइक्रोबाट जानु पर्ने बाध्यता थियो। माइक्रो कुरेर बस्ने मान्छेहरूको भीड थियो। म जस्तै धेरै मान्छेहरू कोही कलेजको झोला बोकी, कोही हातमा सामान झुण्ड्याउँदै, कोही दुधेबालकलाई काखि च्यापि गाडी आउने दिशातिर आ-आफ्नो दृष्टि केन्द्रित गर्दै थियो। त्यत्रो मान्छेहरू एउटा माइक्रोमा मात्र अटिने सम्भावना कमै थियो। म भन्दा अगाडी कुर्दै बसेको एक जना चिनेको दाईलाई माइक्रो नआएको कति समय भयो- भनेर सोधे, प्रश्न तेर्स्याउन नपाउँदै एक घण्टाभन्दा बढी, जवाफ फर्काइ हाल्यो। यात्रुहरूको अनुहार कालो बादलले घेरिएको जस्तै एकोहोरो अवस्थामा गाडीको पर्खाइमा बस्दै थियो। सायद आ-आफ्नो गन्तव्यमा पुग्न सबैलाई ढिला भैसकेको हुँदो हो। हुन पनि मैले कुन थालेको नै आधा घण्टा बितिस

 

केही समय पश्चात् गाडी परबाट हुइकिदै आएको देख्दा सबै यात्रुहरूको मुहारमा अचानक खुशीको चमक देखें र म आफूलाई पनि त्यस्तै भएको महशुस गरें। ओहो घडिमा विहानको ९ः४५ बजि सकेछ मैले मोवाइल निकालेर हेन भ्याइ हाले। कार्यालय १०ः०० बजे पुग्नु पर्ने थियो। गाडी जति जति नजिक आउँदै थियो मान्छेहरू त्यति त्यति तछाडमछाड गर्दै थियो। गाडीमा बस्न घोचाघोच र ठेलाठेल गर्नु पर्ने यहाँको चलन नै हो भन्दा केही फरक पर्दैन त्यसमाथि पनि अफिसको समय 'जो जिता व सिकन्दर' भने जस्तै बलिया र चलाखहरू बाहेकले सीट पाउनु भाग्याको कुरो हो। नभन्दै भाग्यको कुरा नै भन्नु पर्यो कष्टपूण मिहेनतपछि मैले चालक तर्फो छेउतिरको अगाडीको सीट पाइहालें। कर्ममा विश्वास गर्ने मान्छे म सुरक्षित सीट पाउँदा भाग्यमा पनि विश्वास गर्न बाध्य बनायो

 

यात्रुहरू तछाडमछाड र ठेलाठेल गर्दै गाडीभित्र छिर्ने प्रयास गर्दै थियो। बल्लतल्ल सवारी भएको माइक्रोलाई उम्किन दिने पक्षमा कोही थिएनन्। अचानक मेरो आँखा चालकको अगाडी पट्टीको शिशामा राखिएको सुन्तला रङ्गको वोर्डमा गयो। वोर्ड उल्टो तिरबाट फर्किएको थियो र मैले चालकलाई दाई वोर्ड उल्टो भएछ भनेर सम्झाए। चालकले ए होर भन्दै हतारहतार घुमाएर मिलायो। उक्त वोर्डमा ठूलो अक्षरमा लेखिएको थियो 'टोखा'। मनमा कुरा खेलि हाल्यो, सायद चालकले वोर्ड परिवर्तन गर्दा झुकिएर उल्टो भएछ क्यारे। यातायात व्यवसायी समितिले तोकेको ठाउँ अनुसारको वोर्ड बाहेक परिवर्तन गरी अन्यन्त्र चलाउने उनीहरूको पहिलादेखि नै चल्दै आएको चलन पो हो। तर मैले थप केही चालकसँग संवाद गर्ने इच्छा जाहेर गरिन। यात्रुहरू कोही सीटमा, कोही उभिएर, कोही झुण्डीएर, कोही दुइ जनाको सीटमा ३ जनासम्म बसेर निकै सकशपुर्ण यात्रा गर्न बाध्य थियो। क्षमताभन्दा बढी यात्रु बोक्दै विस्तारै माइक्रोले गति लियो

 

प्राय पहिला पनि म माइक्रोमा यात्रा गर्दा हरेक दिन माइक्रो बसका सहचालकले कसै न कसैलाई हप्काएको सुन्थे। अरु दिन झै त्यो दिन पनि 'पछाडी जानुस् न भन्या, त्यत्रो ठाउँ छ, कस्तो मान्छे रैछ, भनेकै सुन्दैन, कान छैन-' सहचालकको घोत्रो कर्कश आवाजले साँच्चै कानै खाला जस्तो गथ्र्यो। सकी नसकी अप्थ्यारो पाराले उभिरहेका यात्रुहरू पछाडि जान खोज्छन्। यात्रुहरूले उनको न ऋण खाएको होला न उनको घरजग्गा मिचेको नै होला। टोखाबाट एन..सि.सम्म जाने माइक्रोमा चढ्न पाएको हुँदैन, सहचालक भाइले 'पछाडि जानुस्' भन्दै ढाडमा घोच्दै धकेल्छन्। अर्काको शरीरमा त्यसरी अभद्र र्स्पर्श गर्नँ उनका लागि सामान्य हो

 

एैया कस्तो ठेलेको, सोमत नभएको मान्छे, यता ठाउँ छैन के, अलि पर सर, कस्तो ठिस मान्छे रहेछ, खुट्टामै कुल्चियो यार, जस्ता र्सार्वजनिक यातायातमा यात्रुहरूको गुनासोयुक्त स्वर सुनिनु सामान्य हो। माइक्रो केही बेरपछि ग्रीनलेन्ड चोकमा रोकियो। अनि कुरेर बसेका यात्रुहरू माइक्रोमा चढ्न तछाडमछाड गर्दै थियो। धेरै बेर रोकेको देखेर ट्राफिक प्रहरी सिटी फुक्न थाल्छन्। सहचालक भाइमा भने सबै यात्रुलाई कोच्न पाइयोस् भन्ने हुटहुटी देखिन्थ्यो र त्यसले उनमा छटपटी बढाउँथ्यो। अचानक उनी रोकिरहेको माइक्रोको पछाडिको झ्यालबाट हात घुसारेर एकजना महिलालाई भन्छन् 'ओ दिदी पछाडि जानुस् न भन्या, भनेको सुनेनकि क्या हो- त्यत्रो खाली छ!' मैले झ्यालबाट देखिरहेको थिए, त्यो भाइले ति महिलालाई ठाडै औंलाले घोच्ने गरी 'टच' गरेर पछाडि जान भनिरहेका। ति महिलाको एक हातमा तरकारीको झोला थियो र अर्को हातले माइक्रोको डण्डी समाति रहेकी थिइन्। त्यहाँ खाली ठाउँ पटक्कै थिएन, तैपनि कोच्ने धृष्टता भइरहेको थियो

 

सहचालकलाई माइक्रोको एक-एक साइजको हेक्का हुँदो हो। अगाडिदेखि पछाडिसम्म कति जना कोच्न सकिन्छ भन्नेमा उनी हिसाब गरेर बसिरहेका हुन्छन्। तपाईं सिधा यो कोणमा उता फर्किएर बस्नुस् त, त्यत्रो खाली छ' भन्दै एक एक इन्च हिसाब गरेर काठको दराजमा किताब कोचे सरह यात्रुलाई कोचि रहेको थियो। काठमाडौंको धुलो र धुवाँले भरिएको वायु पनि राम्ररी फेर्न पाइन्न, माइक्रो भित्र। किनकी, गुम्सिएको कार्बनडाइअक्साइडमा कच्याकुचुक भएर उभिनु पर्दा बान्ता आउला जस्तो हुन्थ्यो। त्यति मात्र हो र- उभिएर यात्रा गर्दा दायाँ बायाँ चलमलाउन नपाउँदा धेरै पटक मेरो ढाड मर्किएको थियो। कहिले हातको कुहिनो तनक्क तन्किएर चलाउनै नहुने भएको थियो। एकपटक त मेरो अण्डकोष नै धेरैबेरसम्म च्यापिएको थियो। यदि त्यो फुटेको भए- उफ कल्पना नगरौं

 

'ऐया, आमा, उफ कति कोचेको- ठाउँ नै छैन, कसरी पछाडि जानु-' जस्ता अनेक पीडाका आवाजहरू सुनिन्छन्। उभिएका हरेक यात्रुको मुहार हेर्छु जीवनका अनेक दुःखलाई दबाएर हाँसिरहेको मुहारमा एकैपटक तनाव भरिएको देखिन्थ्यो

 

खरिबोट आएपछि जाम सुरु हुन्छ। जामकै मौकाका यात्रुको कोचाकोच र घोँचाघोच सुरु हुन्छ। भन्न त नेताहरूले देश अग्रगामी यात्रामा हिंडेको भनिन्छ, तर र्सार्वजनिक यातायातका यात्रु भने सधैं पछाडि जानुपर्छ। बिहानदेखि साँझसम्म सहचालकको मन्त्र हुन्छ, 'पछाडि जानुस् पछाडि जानुस्' 'छिटो झर्नुस् धेरैबेर गाडी रोक्दैन', सामाखुशी आएपछि सहचालक कराउँछन्। कत्रो अन्याय। गीनलेन्डमा चढ्दा पछाडि धकेल्ने तिनै भाइ गन्तव्य आएपछि चाहिँ छिटो र्झनुस् भनिरहेका हुन्छन्। पछाडि कोचिएका यात्रु त्यत्रो भिड छिचोलेर अगाडिको ढोकाबाट सहचालकले भनेकै समयमा कसरी र्झन सक्छन्- तर, उनीहरूले भन्नासाथ यात्रु ढोकामा नपुग्दा चालक गाडी कुदाइ सक्छन्

 

'ए रोक, रोक', यात्रु कराउँछन्। छिटो र्झनुस् भनेको हैन, त्यत्रो कराएको नसुन्ने- सहचालक उल्टै हप्काउँछन्। यात्रु आफूले र्झनु पर्ने गन्तव्यमा र्झन पाउँदैन, गन्तव्य भन्दा अलि पर र्झन बाध्य हुन्छन्। म प्रायः यस्तो दृश्य देखि रहन्थे। भाडा तिर्ने बेलामा यात्रु र सहचालकको भनाभन हुन्थ्यो। तँतँ र मम हुन्थ्यो। यात्रु सहचालकलाई सराप्दै आफ्नो बाटो लाग्छन् सहचालक मुखमा आएको प्याच्चपुच्च भन्दै यात्रुलाई गाली दिन्छन् 'साला सोल्टी त खत्तम पो रहेछ, मलाई त किन रोकिनस् रे, तँ पो भन्यो सोल्टीले गुरु, जाउँजाउँ', हातमा तास झैं फिजाइएका नोटहरूले आफ्नै मुहार हम्कदै सहचालक गाडीमा ढ्यापढ्याप गर्छन्

 

'कुटुमा कुटु सुपारी दाना' गाडीमा गीत घन्कन्छ। सहचालक राम्ररी गीत गुनगुनाउन नपाउँदै भन्छन् 'ठमेल झर्नेले भाडा ठिक्क पार्नुस्' ठमेल झर्नेले भाडा चाहिँ कपुरधारा आउन नपाउँदै ठिक्क पार्नुपर्ने अर्थात् भाडा कतिबेला झिक्ने त्यसमा पनि सहचालककै निर्ण्र्ाा। यसरी पुरै माइक्रो यात्रा सहचालकको कन्ट्रोलमा चल्छ। भाडा कतिबेला झिक्ने, कहाँ उभिने, कसरी उभिने- कतिबेला झर्ने- मिनेट मिनेटमा कता र्फकने- ति सबै काम उनकै इशारामा गर्नुपर्छ।अचानक मेरो नजर गाडीको छेउको ऐनामा ति भाइको मुहारमा नजर गयो, वैंशमै अधवैंशे हुन लाग्या जस्तो। चिच्याउँदा चिच्याउँदा धोक्रो सुकेको छ। कलिलै उमेरमा चुरोट पिउन सिकेका छन्। दिनभरी धुलो र धुवाँमा चिच्याउँदा चिच्याउँदा उनको फोक्सो कति विषाक्त भयो होला- दिनभरी यात्रुलाई पछाडि धकेल्दा धकेल्दा उनलाई आफ्नो भविश्य पछाडि धकेलिएको हेक्का होला कि नहोला- दिनभरी यात्रुसँग किचकिच गर्दागर्दा उनको मनमा आक्रोश, घृणा र वितृष्णाका पत्रहरू कति जमे होलान्- विचरा यसमा सहचालक भाइको पनि के दोष- जताततै बेथिति नै बेथितिले भरिएको बेला यात्रु कोच्ने बेथिति उनले जन्माएको कहाँ हो र- यात्रु कोच्नु उनको रहर हैन, बाध्यता हो। यो बाध्यता उनका मालिकहरूले सिर्जना गरेका हुन्। र्सार्वजनिक यातायात व्यवसायीहरूले उपयुक्त नियम नबनाएकाले भएका हुन्। न ट्राफिक नियमको नै राम्रो व्यवस्था छ। गाडी जहाँ रोके पनि हुन्छ। जहाँ मन लाग्यो त्यही यात्रु चढाउने र झार्ने गर्दा पनि हुन्छ। ठाउँ ठाउँमा स्टेशनको अभाव मैले महशुस गरें

 

केही समय पश्चात् भृकुटीमण्डप, एन..सि. झर्नेले भाडा दिँदै गरम है भन्ने आवाज आयो। त्यो बेलासम्म हामी जमल कति सकेको थियो। नभन्दै मेरो झर्ने ठाउँ भृकुटीमण्डप आइपुग्यो। गाडि चढ्न पर्खेका यात्रुहरूको लास्कर देखिन्थ्यो। मैले के ढोका मात्र खोलेको थिए यात्रुहरू मलाई नै तानौला जस्तो गरि हत्त न पत्त छिरि हाल्योहामी जस्ता मध्यमवर्गीय परिवारले कार चढ्न नसके पनि गाडीमा यात्रा गर्दा आरामले बसेर यात्रा गर्न पाउँ। लोक कल्याणकारी राज्यको नागरिक भइ गर्व गर्न पाउँ। र्सार्वजनिक गाडीको यात्रा यातना हैन, आनन्दको क्षण बनोस्। यस्ता कुराहरू मनमा खेलाउँदै ११ बजे तिर बल्ल आफ्नो गन्तव्य तिर आइपुग्यो

 

(यो लेख टोखा टाइम्स मासिक पत्रिका वर्ष २, अंक १ बैशाख बाट साभार ।)


News Tokha times

nentravel

कमेन्ट