विचार / दृष्टिकोण

ऐतिहासिक, धार्मिक र पुरातात्वीक चण्देश्वरी क्षेत्र विगत र वर्तमान एक समीक्षा

१७, १८ औं शताब्दि अगादी देखी नै व्यापक प्रचार्रभई विकसित तोखाको अष्तमात्रिका मध्यको एक पौराणिक धार्मिक, पुरातात्वीक, पवित्र स्थल चण्डेश्वरी मन्दिर पनि एक हो । मर्कन्दे पुरान श्री स्वास्थानी ब्रतकथामा समेत वर्ण्र्ाागरिएको दक्षप्रजापतीले होम गरेको स्थल, तेतीसकोती देवीदेवताको विराजमान रहेको चण्देश्वरी मन्दिर परिसरमा रहेका भौतिक संरचना भत्काउने र पुनःनिर्माण गर्ने काम मन्दिरका पुजारी र चण्देश्वरी निर्माण तथा संरक्षण समितिको पहलमा भइरहेको छ ।


मन्दिर परिसरलाई व्यवस्थित गर्न विभिन्न निकायहरुको आर्थिक सहयोगमा भौतिक संरचनाहरुको निर्माण कार्य भईरहेको छ । मन्दिरको परिसरलाई खुल्ला बनाउने क्रममा पश्चिम र दक्षिण तर्फरहेको पाटीहरु भत्काइएको छ भने मन्दिर परिसलाई चारैतिरबाट पर्खालले घेर्ने समेतको कार्य भईरहेको छ । त्यसै गरी मन्दिर परिसरमा छहरिएर रहेका विभिन्न देवीदेवताहरुको मुर्तीहरुलाई व्यवस्थापन गर्ने कार्यसमेत भईसकेको छ ।


यस मन्दिरको बारेमा श्रीस्वस्थानी ब्रतकथा महात्यमेमा उल्लेख भए अनुसार सतिदेवी र महादेबको सम्बन्धबाट क्रोध भएका दक्षप्रजापतीले अस्वमेघ महायज्ञ गर्दा महादेवलाई निमन्त्रणा नगरेकाले महादेब र दक्षप्रजापतीका सेनाहरु विच घमासान युद्ध हुदा दक्षप्रजापतीको सिर छेदन भएको र सतिदेवी होममा होमियर आत्मदहन गरेकोले महादेव अलाप बिलाप गर्दै सतिदेवीको लासबोकि बिश्व भ्रमण गर्ने क्रममा सतिदेवीको मुख पतन भएको जनविश्वास रहदै आएको छ ।


यस मन्दिर भक्तपुर र बनेपामा रहेको चण्डेशवरी मन्दिर मध्य सबभन्दा पहिला स्थापना गरिएकोर् इतिहासका पानामा उल्लेख गरिएको पाइन्छ । भनिन्छ बनेपामा रहेको चण्डेश्वरी मन्दिर पनि तोखाबाट सारेर लगेको हो । बनेपा चण्डेशवरी मन्दिरमा कुनै सिद्धीकार्य वा जिर्नोद्धार गर्नू परेमा तोखाको चण्डेश्वरी मन्दिरमा पुजा गर्न आउनु पर्ने त्यस मन्दिरका पुजारी हर्षारायण आचायजु र्-कर्मचार्य) बताउनु हुन्छ ।


चैत मसान्तमा बागमति खोलाको मुहान बागद्धारमा मेला भर्न आउने भक्तजनहरु फर्कीने क्रममा चण्डेश्वरी मन्दिरको दर्शन गरी सपनतिर्थको सिद्धपोखरीमा स्नानगरी घर फर्किने परम्परा रहिआएको छ । त्यस दिन अर्थात बैशाख १ गतेदेखि बैशाख ४ गतेसम्म तोखाका जीवित देवी गणेःद्यः र कुमारी लगायत कोथु क्वाथः गणेः द्यः, गणेद्यो, पिथगनद्यो, ससमाद्यो र महाद्योको तोखा बाशीहरुले धुमधाम संग बिसका नखः जात्रा मनाउदै आइरहेको छ । त्यस्तै कार्तिक महिनामा पर्ने सकिमना पुन्हिका दिनमा यस चण्डेश्वरी मन्दिरका गुथि खलकहरुबाट पुजा गरि दुइवटै मन्दिर खटमा राखी धुमधाम संग जात्रा गर्दै आइरहेको छ । त्यस्तै पौष शुक्ल पुन्हिका दिन देखि श्री स्वस्थानी ब्रत समाप्ति माघ शुक्ल पुन्हि एक महिना सम्म हरमार भजन र मेला लाग्ने गरेको छ । फागुन महिना शिबरात्रीको दिनमा पनि मेला लाग्नुका साथै मन्दिर अगाडी रातभरी धुनि बाली जाग्राम बस्ने प्रचल रहेको छ ।


कुनै समयमा यो मन्दिर चार तले पेगौडा शैलीको थियो, १९९० सालको बिनासकारी भुकम्पले त्यस मन्दिर भत्कायपछि हाल रहेको गुम्बज आकारको दर्ुइ तले मन्दिर तोखाबासीहरुकै आर्थिक, जनश्रमदान र कर्ृर्तिपुरबाट समेत मन्दिर निर्माणकालागि प्राज्ञ जनशक्तिहरुको सक्रियता रहेको यहाँका बासिन्दाहरु बताउनु हुन्छ । पहिला यस चण्देश्वरी भगवतीको मन्दिर भित्र रहेको रुखमा १०८ प्रकारका फुल फुल्ने गरिथ्यो । उक्त रुख २०५५ सालमा मक्किएर ढलेपछि त्यस ठाउँमा दुइ तले पक्कि मन्दिर बनाएको छ । यस मन्दिर हालको अवस्था सम्ममा आउदा धेरै आरोह अबरोह सामना गर्नू परेको छ । नेपाल सम्बत ३७४ मा भ्वन्त श्री जयदेव प्वहले जबजस्ती तोखामा आक्रमन गरी बहुमुल्य कलात्मक मन्दिरका मुर्तीहरु, गरगहना लुतपात र तोरफोर गर्ने क्रममा मन्दिर परिसरमा रहेका धेरै मुर्तीहरु लुतपात गरेको र तोडफोर गरेका थिए । त्यसका केहि अवशेसहरु यत्रतत्र छरिएर रहेको हाल पनि देखिन सकिन्छ ।


मन्दिरका पुजारी सिहराज आचायजु (कर्मचार्य) का अनुसार मन्दिरको दक्षिन पश्चिम पति मन्दिर प्रबेश गर्ने ध्वाखाको बाहिने पति २०३६ सालमा त्यस्तै मन्दिरको पश्चिम पति ध्वाखाको उत्तर पुर्वमा रहेको गरी दुईवता घर ऐतिहासिक, पुरातात्वीक र धार्मिक मन्दिर क्षेत्र भित्र परेको भन्दै घरधनि, पुजारी र चण्देश्वरी निर्माण तथा संरक्षण समितीको सहमतिमा ती घरहरु हताएको छ । मन्दिर प्रबेश गर्ने ध्वाखा २०७२ बैशाख १२ सनिबार आएको बिनासकारी महाभुकम्पले क्षेति पुराएको थियो तर हालसम्म यसको पुनःनिर्माण हुन सकेको छैन । भुकम्पले मन्दिर वरीपरीको पर्खाल दक्षिन पतिको ढोकामाथी क्षति पुर्‍याएको छ । हाल यस परिसरमा पनुःनिर्माण तथा संरक्षणका कामहरु भइरहेको छ । यसकालागि नेपाल सरकार पुरातत्व बिभागबाट सरसल्लाह तथा आर्थिक सहयोग भइरहेको छ ।


यस्तै तोखाको अन्य ऐतिहासि, पुरातात्वीक र धार्मिक क्षत्रहरुमा पनि अतिकमित संरचनाहरु रहेका छन तिनलाई पनि उचित तरिकाबाट हताउनु पर्ने देखिन्छ । धार्मिक पुरातात्वीक सम्पदाको उचित संरक्षण गरी आन्तरीक बाहीरी पर्यतक प्रबद्धनबाट आयआर्ज गरी समृद्ध तोखा बनाउन बिभिन्न निकायहरु लागी पर्नू पर्ने देखिन्छ ।



nentravel

कमेन्ट