विचार / दृष्टिकोण

दुःख र पीडाबाट जन्मिएको संस्था

मेरो मन दिनरातभारी भैरहथ्यो, अब के गर्नेकसो गर्ने सधै मन उथलपुथल भैरहथ्यो, यति लामो जीवन कसरी बिताउने । आफू सक्षम भएता पनि मेरो प्यारी छोरी करुणा जस्तै शारिरीकरुपमा असक्षमहरुको दुःख पीडाहरु र उनीहरुले भोग्नु परेको व्यथाहरु मेरो मानसपटल्मा कालो बादल सरी मडारी रहन्थ्यो । मेरी छोरी करुणा जस्तै असक्षमहरुको दुःख पीडाहरु उनीहरुले भोग्नु परेको व्यथाहरु अनिती सबै आँधिबेरीका छालहरुले मुटुमा सधै घोचि रहन्थ्यो । किनकी म एक अपाङ्गको छोरा र अभिभावक पनि हुँ ।मेरी आमा कयौं समय पक्षघाटबाट पीडित हुनुभयो र अन्त्यमा त्यही रोगका कारण र्स्वर्गबास हुनुभयो । आमाको त्यो दर्दनाक पीडाको क्षण मेरो मस्तिष्कबाट नछुट्दै, मेरी छोरी करुणालाई रोगका कारण अपाङ्ग अवस्थामा स्याहार गर्न बाध्य हुनुपरेको छ ।

आफू नमरी र्स्वर्ग देखिन्न भने झै आफुलाई परेपछि मात्र अरुको व्यथा बुझन सकिदो रहेछ । नेपालमा हजारौं अपाङ्गता भएका व्यक्तिहरु नरकीय जीवन बिताउनु परिरहेको छ भने तिनीहरुको अभिभावकहरुको व्यथा झन कारुणिक बनेको छ । त्यस्ता आफ्ना सन्तानहरु घाँटीमा अड्केको हड्डी जस्तो निल्नु न ओकल्नु बनेको छ । हरेक कुरालाई सकारात्मक रुपले लिनुपर्छ । समस्यादेखि भाग्ने होइन त्यसलाई न्यूनिकरण गर्दै समाधान गर्ने बाटो तर्फ लाग्नु नै बुद्धिमानी ठहर्छ । अरुको मर्मलाई आफ्नो मर्म ठानी अपाङ्गहरुप्रति केहि गर्न सोच राखि "संसारलाई बदल्नु छ भने आफूबाट सुरुवात गर्नुपर्छ" भन्ने भावनालाई आत्मसाथ गर्दै मेरो नेतृत्वमा टोखामा रहेका म जस्ता अपाङ्गका अभिभावक समाजसेवी तथा बुद्धिजिवीहरुको सहयोगमा"अपाङ्गहरुको स्याहार सम्मानजनकव्यवहार"को नारालाईशिरोपन गरी भिन्न रुपले सक्षममानव स्याहार केन्द्र (Differently Able Human Care Center) को स्थापनाहुनपुग्यो । टोखा क्षेत्र र यसको आसपास करिब १७६ जना शारिरीक तथा बौद्धिक अपाङ्गता भएको व्यक्तिहरुलाई नेपाल सरकारले दिएइको मौलिकहक अधिकार सुनिश्चित गराउने उद्देश्य यस संस्थाले लिएको छ ।

उनीहरुको जीवनलाई माथि उकास्नको लागि विगत वर्ष प्रत्यक्ष रुपमा हेरचाह स्वास्थ्य शिक्षा र सिपमूलक तथा जीवन उपयोगी प्रशिक्षणहरु दिँदै आइरहेको छ । भविष्यमा यस DAHCC को बृहत गुरु योजना -पुनः स्थापना) रहेको छ । यस DAHCC संस्थालाई विभिन्न व्यक्ति र नेपाल सरकारबाट अपाङ्गको लागि छुट्याएको बजेट टोखा गा.वि.स. अर्थात् टोखा नगरपालिकाले हृदयदेखि सेवा भावनाले सक्दो सहयोग गरिरहनु भएको छ । यो संस्थामा DAHCC विगत वर्षदेखि अपाङ्गहरुको लागि शिक्षा तथा सिपमूलक तालिम कार्यक्रम सञ्चालन भैरहेको छ । अझ यस संस्थाले आफूले लिएको उद्देश्यहरुलाई कार्यान्वयन गर्न बाँकी नै छ । हाम्रो आर्थिक अवस्थाले भ्याएसम्मको कार्यहरु हामीहरुले गरिनै रहेका छौं । नाफामुखीभन्दा सेवामुखी भावनाले स्थापना भएको कारण यस भिन्न रुपले सक्षम मानव स्याहार केन्द्र DAHCC संस्थाको अगाडि आर्थिक अभाव पहाड झै उभिरहेको छ । जब आर्थिक अवस्था कमजोर भई दिन्छ तब कुनै पनि संस्थाले लिएको उद्देश्यमा पुग्न गाह्रो हुँदो रहेछ । टोखा न.पा.-२ चण्डेश्वरी निवासी समाजसेवी श्री शेर बहादुर श्रेष्ठज्यूले यस महान कार्यमा बिनाकुनै स्वार्थ राखि आफ्नो घरको भुइतल्लाको कोठा उपलब्ध गराई निशुल्क राख्नु भएको छ । संस्थाको कमजोर आर्थिक अवस्थामा उहाँले गर्नु भएको सहयोग र योगदानले यस संस्थालाई अगाडि बढ्न टेवा पुर्‍याई रहनु भएको छ । टोखामा रहेका अपाङ्गहरु सेवामा निस्वार्थ भावनाले लागी परेको यस संस्थालाई सज्जन महानुभावबाट आर्थिक र नैतिक सहयोगको आशा गरी रहेको छ ।थोपाथो पापानीले समुन्द्र बने झै तपाईको सानो सहयोग एवं नैतिक सहयोगले अपाङ्गहरुको समस्या न्यूनिकरण भई ठूलो उद्वार हुने भए किन नगर्ने ? भन्ने भावना उत्पन्न गर्न हरेक नागरिकको कर्तव्य हो । यहाँको सानो सहयोगले तिनीहरुको जीवन धेरै नभएतापनि केहीखुशीको दियो बल्ने थियो ।

शिशु अवस्थाम रहेको यस केन्द्रलाई हुकाउन, बढाउँन र बलियो बनाउँन यहाँहरुको अमूल्य सल्लाह, सुझाव तथा सहयोगको तीव्र अपेक्षा गरि रहेको छ । थोपाथोपा मिलेर समुन्द्र बन्ने हुनाले यहाँको सानो सहयोग पनिहाम्रो लागि ठूलो सहारा बन्न सक्छ । तपाईहरुकै सानो प्रयासले ती दयनीय अवस्था रहेका आफ्नै दाजुभाई दिदीबहिनीहरुको आँशु पुछिन र जीवनको सहारा बन्न सक्छ । तपाईहरुको आर्थिक, भौतिक, सामाजिक, रचनात्मक जस्तो सुकै सहयोगका लागि हामी सधै आभारी हुनेछौं । सहयोगी दाताहरुको फोटो सहितको नामावली हामी यस केन्द्रमा र प्रकाशितहुने स्मारिकामा प्रकाशित गर्नेछौं र पछिसम्म पनि सम्झिरहने छौं । मानवीय सहयोग गरी मानवताको परिचय दिनु हुनेछ भन्ने पूव आशा एवं विश्वास लिएका छौं । यस केन्द्रको दिर्घ जीवन तपाईको सहयोगी हातमा छ ।


nentravel

कमेन्ट