टोखा

आज बिस्काः जात्राको अन्तिम दिन यसरी मनाईदै 

न्युज अफ टोखा, मंगलबार, बैशाख ४, २०७५ । सपनतिर्थ मेलासँगै सुरुभएको बिस्काः जात्रा आज विधिवत रुपमा सम्पान्न हुदैछ । हिजो नारायण पोखरीमा स्नान पश्चात कोनेलाछीमा विसाइएको देवीदेवताको खटलाई आज विहान विशेष जात्रा गर्ने र नगर परिक्रमा पश्चात गछेँ टोलमा विसाईन्छ ।

अन्तिम जात्राको तयारीमा प्रत्येक टोलका टोलबासीले आफ्ना वरपरका क्षेत्रमा सफा गरी रातो माटोले लितपोतगरी गरिन्छ । आज दिउँसो ४ः३० बजे तिर अन्तिम जात्राको तयारी सरकारी पुजाबाट गरिन्छ र सिन्दुर जात्रा सहित खट अगाडी बढाइन्छ । खटलाई व्यवस्थित तथा अनुशासित ढंगबाट अगाडी बढाउन बंसः(विशेष प्रकारको सेतो कपडा) ल्यागु अर्थात कपडा बिछ्याई खट अगाडी बढाउने कार्य गरिन्छ । कोनेलाछीमा गएर जात्राको बिधिवत अन्त्य भए पनि पाँचवटै खटहरू पुनः थनेलाछीमा आएर यंसीलाई आफ्नो नियम अनुसारले परिक्रमा गरे पछि प्रत्यकका आ-आफ्ना प्रतिनिधि बाजाले लिन आउने गर्दछन । निगालो र सुकुन्दाले बत्ती देखाएर देवताको खटलाई देवता घरमा देवी देवतालाई बिधिवत पुजा आजाका साथ यथास्थानमा एक वर्षा लागि सुरक्षित राख्छन् ।

यसै समयमा "उखे वंसा सिमाया हृवांगले थुखे वंसा सिमाया हृवांगले..." पर्व विशेष मौलिक गीत गाउने चल्न पनि छ ।


News Tokha times

कमेन्ट