टोखा

सपनतीर्थमा जेठ १५ देखि २३ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ

सपनतीर्थमा जेठ १५ देखि २३ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ

काठमाडौं । श्रीमद्भागवत प्रचारप्रसार सेवा संघ उप समिति टोखाको व्यवस्थापन तथा आयोजनामा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जेठ १५ गतेदेखि त्रिबेणी संगमस्थल सपनतीर्थमा भईरहेको छ । 

उक्त श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ पण्डित वासुदेवशरण खनाल एवं उपवाचक ज्योतिष पण्डित बिश्वप्रेम आचार्यको मुखारविन्दवाट वाचन तथा पाठपारायण भईरहेको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मूल समारोह समिति टोखाका अध्यक्ष कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।

जेठ १५ गतेदेखि २३ गतेसम्म हुने उक्त महायज्ञका लागि सपनतीर्थ द्य खलःले मन्दिर परिसरको सतलमा ठाउँ उपलब्ध गराई सहयोग गरेको श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार, "पण्डित वासुदेवशरण खनालले को देवभुमी मोक्षभुमी तपोभुमी त्रिबेणी संगमस्थल श्री सिद्धि गणेश सपनतीर्थमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गर्ने संकल्पअनुरुप श्रीमद्भागवत प्रचारप्रसार सेवा संघ उप समिति टोखाले यसमा व्यवस्थापनको भूमिका मात्र निर्वाह गरिदिएको हो ।"

 

 


News Tokha times

nentravel

कमेन्ट