टोखा

२ वडामा बस्ती स्तरीय योजना संकलन जारी

२ वडामा बस्ती स्तरीय योजना संकलन जारी

काठमाडौं - आर्थिक बर्ष २०७५/०७६ को लागि टोखा नगरपालिका २ वडाले आफ्नो वडाको लागि पुर्वाधार निर्माण तथा लक्षित वर्ग अन्तर्गतका बस्ती स्तरीय योजनाहरु संकलन कार्यक्रम जारी छ ।

बस्ती स्तरिय योजना संकलन कार्यक्रम अन्तर्गत आज बिहान उराङ्ग देखि चण्डेश्वरी इलाका सम्मका वडाबासिहरुको भेला गरी योजना संकलन गरेको छ । लक्ष्मिपुर माद्यामिक विद्यालयको सभाहलमा भएको उक्त भेलामा स्थनीय वडाबासि,  महिला समूह लक्षित वर्ग तथा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले आ-आफ्ना योजनाहरु जनप्रतिनिधिहरुलाई बुझाएका थिए ।

योजना संकलन कार्यक्रममा सहभागिहरुले वडाबासिहरुको आवश्यकतालाई मध्नजर गरी योजनाहरु छनोट गरी प्रार्थमिकताका आधारमा आगामी आर्थिक वर्षमा योजनाहरु समाबेश गर्न आग्रह गर्दै कसैलाई काखा र कसैलाई पाखा नगर्न जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण समेत गराएका थिए ।

आफ्नो वडाको योजना बुझ्दै वडाध्यक्ष जोशीले कसैलाई काखा र कसैलाई पाखा नगरिने भन्दै वडाबासिको आवश्यताहरुलाई ध्यानमा राखि आगामी आर्थिक वर्षको बजेटमा प्रार्थमिकता दिई समाबेश गरिने प्रतिवद्धता जनाएका थिए ।

उनले नगरपालिकाले बजेटको शिलिङ्ग हालसम्म उपलब्ध नगराएकाले वडामा के कति बजेट बिनियोजन हुने हो त्यस बारेमा थाहा नभएको भन्दै नगरपालिकाले दिइने बजेट भित्र बसेर वडाका योजनाहरुलाई प्रार्थमिकताका आधारमा बजेटमा समावेश गरिने बताएका थिए ।

वडाध्यक्ष तथा वडा सदस्य सहितको टोलिले हिजो लबुँबाट आफ्ना वडाको बस्ती स्तरिय योजनाहरु संकलन कार्य थाल्नि गरिएको २ वडाका वडाध्यक्ष दीपकराज जोशीले बताउनु भयो ।

आफ्नो वडामा पर्ने विभिन्न स्थानका सर्वसाधारणलाई पायक पर्ने स्थानमा उनीहरुसँग छुट्टा छुटै भेला गरी त्यहाँको योजनाहरु संकलन गर्ने कार्य भइरहेको वडाध्यक्ष जोशीले बताउनुभयो ।

बस्ती स्तरीय योजना संकलन अन्तर्गत भोलि बिहान ७ बजे थनेलाछिमा कार्यक्रम हुनेछ ।


nentravel

कमेन्ट