टोखा

रुख ढल्दा घरमा क्षति, उद्वार कार्य जारी

रुख ढल्दा घरमा क्षति, उद्वार कार्य जारी

काठमाडौँ । अचानक रुख ढल्दा त्यसको आसपासमा रहेको घरमा क्षति भएको छ । टोखा नगरपालिका २ वडाको इकुलागको आगँ छेँ टोलमा हिजो बेलुका ७ बजे तीर  ढलेको काँप्रो(पिल्यासी)को रुखले तीन वटा घरमा क्षति पुगेको हो ।

उक्त रुख ढल्दा आशाकाजी श्रेष्ठ , माईला श्रेष्ठ र लक्ष्मी माया श्रेष्ठको घरमा क्षति पुगेको हो । मानवीय क्षति केहि नभए पनि भौतिक क्षति के कति भयो भन्ने विवरण आउन बाँकी रहेको टोखा न.पा २ का वडा अध्यक्ष दीपकराज जोशीले बताउनु भयो ।

आज विहान उद्वारका लागि नेपाल प्रहरीको विपद व्यवस्थापन उद्वार टोलि सामाखुशी, जुद्ध बरुण यन्त्र काठमाडौँ महानगर र नेपाली सेना सुन्दरिजलका टोलिले ढलेको रुखलाई पन्छाउदै उद्वार कार्य गरेका थिए ।

उक्त घट्ना स्थलमा अनुगमना पुगेकी टोखा नगरपालिकाकी उप-मेयर ज्ञानुमाया डंगोलले घट्नाको वस्तुस्थिति बुझेर पीडितलाई उचित क्षतिपुर्ति र राहतको व्यवस्था नगरपालिकाको विपद व्यवस्थापन समिति मार्फत गरिने बताउनु भयो ।

अचानक ढलेको रुखबाट आशाकाजी श्रेष्ठको पक्की घरको भान्छा कोठामा ठुलो क्षति पुगेको  छ । त्यस्तै गरी माईला र लक्ष्मी मायाको कच्चि घरमा नराम्रो सँग क्षति पुगेको छ ।

झन्दै १०० मिटर लम्वाई र ३० फित मोटाई भएको उक्त काँप्रो (पिल्यासी) को रुख पाँच शताब्दी पुरानो भएको अनुमान गरिएको छ । यो रुख टोखाको पुरानो रुख मध्यको एक भएको स्थानीय जेष्ठ नागरिकहरुको भनाई रहेको छ ।


News Tokha times

nentravel

कमेन्ट