टोखा

टोखामा पर्यटन प्रर्वद्धका लागि स्रोत पहिचान तथा परिचालन कार्यक्रम सार्वजनिकरण गरियो

टोखामा पर्यटन प्रर्वद्धका लागि स्रोत पहिचान तथा परिचालन कार्यक्रम सार्वजनिकरण गरियो

काठमाडौँ । संस्कृति र सम्पदालाई जिवन्त राख्दै पर्यटन प्रर्वद्ध गर्ने उद्देश्यका साथ "समृद्ध नेपालको स्रोत पहिचान तथा परिचालन २०७५ अन्तर्गत चतुर्मास भजन मेला टोखा " कार्यक्रम आज एक भेला बीच सावर्जनिकरण गरिएको छ ।

टोखा संस्कृति सम्पदा संरक्षण दबुले आउँदो साउन २७ गते राष्ट्रिय सभामा गर्न लागिएको विशेष कार्यक्रमको औचित्य र त्यसको महत्वको बारेमा जनप्रतिनिधि तथा सर्वसाधारणहरुलाई जानकारी दिने उद्देश्यले आउँदो साउन २७ गते उक्त कार्यक्रमको आयोजना गर्न लागिएको टोखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्षले बताउनु भयो ।

नेपालको लामो भजनको रुपमा चतुर्माश भजनलाई लिइन्छ । जुन चार महिनासम्म टोखा भजन दाफा खलहरुले  निरन्तर गाउँदै नै आईरहेको छ । यही चतुर्माश भजनको सुरुवाटको दिन पारेर चतुर्माश भजन मेलासँगै टोखामा पर्यटन प्रर्वद्धनको कार्य अगाडि बढाउन लागिएको भेलामा जानकारी गराएको थियो ।

संस्कृति र सम्पदाको संरक्षण गर्दै स्थानीय स्रोत र साधनको अत्यधिक मात्रामा प्रयोग गर्दै टोखालाई पर्यटनमैत्रि क्षेत्रको रुपमा विकास गर्न विशेष कार्यपत्र प्रस्तुत तथा ईतिहास विद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई नगरिक अभिन्नदन गर्ने कार्यक्रमको समेत रहेको उक्त भेलामा जानकारी गराएको थियो ।

उक्त भेलामा टोखा न.पा २-३ वडाका जनप्रतिनिधिहरु दीपकराज जोशी र सिंहराज श्रेष्ठले यसकालाई हर तरहले सहयोग गर्ने प्रतिवद्ध ब्यक्त गरेका थिए । त्यसतै टोखा नगरका उप प्रमुख ज्ञानमाया डंगोलले पनि यस कार्यक्रमको लागि टोखा नगरपालिकाले निर्वाह गर्नु पर्ने भूमिका निर्वाह गरिने बताउन भयो ।

यसै भेलामा सर्वसाधारणले जनप्रतिनिधिहरुलाई राजनीति प्रतिशोधबाट माथि उठ्दै टोखाको बिकासका लागि एक भएर अगाडि बढ्न सुझाव समेत दिएका थिए ।

साउन २७ गते राष्ट्रिय सभामा हुने कार्यक्रमको थप जानकारी पत्रकार समेलन गरी दिईने दबुका सचिव गणेशमान श्रेष्ठले जाकारी गरार्नु भयो ।


News Tokha times

nentravel

कमेन्ट