टोखा

समृद्ध टोखाको लागि विशेष कार्यपत्र सार्वजनिकसँगै संस्कृतविद् सत्यमोहन जोशीलाई अभिनन्दन गरिने

समृद्ध टोखाको लागि विशेष कार्यपत्र सार्वजनिकसँगै संस्कृतविद् सत्यमोहन जोशीलाई अभिनन्दन गरिने

काठमाडौँ । ऐतिहासिक साँस्कृतिक नगरी टोखाको मौलिक संस्कृति तथा सम्पदाहरुको सम्बर्द्ध र प्रवर्द्धनका लागि विशेष कार्य योजना सहित टोखालाई समृद्ध तर्फ अगाडि बढाउने उद्देश्यका साथ यहि श्रावण २७ गते शताब्दी पुरुष इतिहास तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई  अभिनन्दन सहितको बृहत कार्यक्रम गर्ने भएको छ ।

टोखा सस्कृति सम्पदा संरक्षण दबु तथा नेवाः गुथिको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रममा संस्कृतिविद् जोशीलाई विहान ८ बजे रत्नपार्कको शान्तिवाटिकाबाट विशेष झाँकी सहित टोखाको मौलिक परम्परागत बाजागाजाका साथ राष्ट्रिय सभागृहको हलमा माननीय उपप्रधान तथा रक्षा मन्त्री श्री र्इश्वर पोखरेलको प्रमुख आतिथ्यमा, माननीय संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री श्री रविन्द्र अधिकारका साथै काठमाडौँ महानगरपालिका लगायत उपत्यकाका सबै नगरका मेयर तथा उपमेयरहरुको  उपस्थिमा र सकल टोखावासीको सहभागीतामा बृहत नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको आज भएकफ पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

उक्त कार्यक्रममा टोखाका मेयर प्रकाश अधिकारीले जानकारी दिए अनुसार टोखा नगरपालिकाले चार वर्षभित्र कार्यक्रमको कार्यपत्र समेत प्रस्तुत गरिने छ । सो कार्यपत्रका अनुसार मुलुकमा आर्थिक उन्नती र सृजनशीलताका लागि स्थानीय स्रोत साधनको पहिचान गर्ने भ्रष्टाचार न्युनिकरण गर्ने तथा पर्यटन प्रवर्द्धन गरी रोजगारीको व्यापक सृजना गर्दै सम्मुन्त मुलुक निर्माणमा तत्काल गर्न सकिने काम वर्तमान सरकार र स्थानीय सरकार‌ले गर्ने नीति र योजनालाई ध्यानमा राखि ऐतिहासिक शहर टोखालाई एउटा प्राचीन नेवाः बस्तीको रुपमा प्रस्तुत गरिने भन्नु भयो ।

टोखाको मौलिक संस्कृति सम्पदा र धार्मिक संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नुपर्ने भएकोले टोखावासीको मात्र चिन्ताको विषय नभई यो हामी नेवाःहरुको धरोहर हो भन्ने जानकारी दिनु र काठमाडौँ महानगरसँगै रहेर पनि व्यापक प्रचार प्रसार नभएका कारणले पिछडिरहनु परेको तीतो यथार्थलाई अगाडि सार्दै सबै जनप्रतिनिधिको अगाडिःयस टोखाको गरिमालाई देखाउने उद्देशका साथ टोखामा नै अभिनन्दन कार्यक्रम नगरी काठमाडौँको सभागृह हलमा आयोजना गरिन लागेको विषयमा पत्रकारहरुले टोखामा नै किन नगरिएको भन्ने प्रश्नको जवाफ दिएको थियो ।

टोखालाई यहि आर्थिक वर्षदेखि सांस्कृतिक संरक्षित शहरको रुपामा घोषणा गरिसकेको सन्दर्भमा आयोजकले प्राचीनकालदेखिको सम्पदा संस्कृति र मौलिक पर्वहरुलाई अब व्यवस्थित मात्र नभई संरक्षण र सम्बर्द्धन गर्दै पर्यटकीय क्षेत्रको रुपमा टोखालाई आर्थिक रुपमा सम्पन्न गर्ने दबुले जानकारी गराएको थियो ।

आज भएको पत्रकार सम्मेलनका अध्यक्षद्वय मनिराज डंगोल र देवराज डंगोल टोखा नगर २ वडाका अध्यक्ष दिपकराज जोशी ३ नं वडाका अध्यक्ष सिंहराज श्रेष्ठ नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकार दबुका सल्लाहकार मनिष जोशी लगायत आयोजक समितिका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

 


News Tokha times

nentravel

कमेन्ट