टोखा

बिस्काः जात्रासँगै साँस्कृतिक महोत्सव पनि हुने

बिस्काः जात्रासँगै साँस्कृतिक महोत्सव पनि हुने

काठमाडौ‌ं ,शनिवार, चैत ३, २०७४ । नयाँ वर्षँसगै सुरु हुने बिस्काः जात्रालाई साँस्कृतिक महोत्सवका रुपमा मनाइने भएको छ । बैशाख १-४ गते सम्म हुने उक्त जात्रालाई यस वर्ष साँस्कृतिक महोत्सवकै रुपमा मनाउन लागिएको नेवाः गुठि टोखाका अध्यक्ष देवाराज डंगोलले बताउनु भयो ।


आज विहान नेवाः गुठि तोखाको कार्यालय परिसरमा बिस्काः जात्रा तथा साँस्कृतिक महोत्सवको तयारीका लागि टोखामा क्रियासिल संघसंस्था तथा २ र ३ वडाका वडा अध्यक्ष सहितको उपस्थितिमा तयारी बैठक बसेको छ । उक्त बैठकमा नेवाः गुठिका महासचिव रमेश नापितले बिस्का जात्रासँगै साँस्कृतिक महोत्सवको औचित्य प्रकाश पारेका थिए ।

२ वडाका अध्यक्ष दिपकराज जोशीले ऐतिहासिक नगर टोखा र ऐतिहासिक जात्रालाई अझ व्यापक प्रचारप्रसार तथा त्यसको सर्म्वर्द्धन तथा प्रवर्धन गर्ने उद्देश्यले हुन लागेको उक्त महोत्सव तथा जात्रालाई भव्य र सभ्य रुपमा मनाउन टोखाबासी सबै एकजुट भएर लाग्नु पर्ने विचार बैठकमा राख्नुभयो । त्यस्तै ३ वडाका अध्यक्ष सिहराज श्रेष्ठले पनि शान्ति र सद्भाव कायम गरी जात्रा तथा महोत्सवलाई सम्पन्न गर्नका लागि सबै एक जुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

बिस्का जात्रालाई साँस्कृतिक महोत्सवको रुपमा मनाउनु टोखाको माग रहेको भन्दै टोखाको गौरव कायम राख्ने काममा आफूले आफ्नो ठाउँको लागि केहि योगदान गरेको छु भन्ने भावना सबै टोखाबासीहरुमा जाग्नु पर्ने भन्दै आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्ने नेवाः गुथिका सल्लाहकार गणेश मान श्रेष्ठले भन्नुभयो ।

आज बसेको बैठकबाट जात्रा तथा महोत्सवका लागि जिम्मेवारी तथा कार्य बाँडफाँड समेत गरिएको थियो ।

 


News Tokha times

कमेन्ट