टोखा

प्राचीन टोखालाई विशेष संरक्षित क्षेत्र घोषणा गर्नुपर्नेमा जोड

प्राचीन टोखालाई विशेष संरक्षित क्षेत्र घोषणा गर्नुपर्नेमा जोड

ऐतिहासिक महत्व बोकेको प्राचीन नगर टोखाको प्राचीन मौलिकता सहितको संस्कृति, सम्पदा संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न विशेष संरक्षित क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिइएको छ । टोखा संस्कृति सम्पदा संरक्षण दबूद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पुरातत्व विभागका महनिर्देशक भेषनारायण दाहालले टोखालाई विशेष संरक्षित क्षेत्र घोषणामा सर्वपक्षीय सहमति हुनु जरुरी रहेको स्पष्ट पार्नु भयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु २ र ३ वडाका अध्यक्षद्वय दीपकराज जोशी र सिहराज श्रेष्ठले टोखाको विकास र मौलिक संस्कृति, सम्पदाहरुको संरक्षण तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न वडास्तरबाट विविध कार्यक्रम तयार भैरहेको बताउनुभयो । अध्यक्षद्वयले टोखाको विकासका लागि सम्पुर्ण टोखाबासी एकजुट भएर अगाडि बढ्न अनुरोध समेत गर्नुभयो ।

टोखाको मूल बस्तीको सुरक्षाका लागि तत्काल बाइपास सडकको निर्माण गर्नु पर्नेमा जोड दिदै त्यसकालागि उपत्यका प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीलाई बाटो बनाई दिन आग्रह समेत गर्नुभयो ।

उपत्यकाका प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले टोखाका मौलिक सम्पदालाई जीवन्त बनाउनु पर्ने भन्दै टोखाको विकासका लागि उपत्यका प्राधिकरण सहयोग गर्न तयार रहेको बताउनुभयो ।

नेकपा एमालेका महासचिव तथा सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ईश्वर पोख्रेलले टोखामा रहेका सांस्कृतिक सम्पदा संरक्षण गर्नमा आफूले सक्दो सहयोग गर्नेमा जोड दिदैं टोखालाई धार्मिक सर्किट रुपमा विकास गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखरेलले भने टोखाको सर्वाङ्ग विकासका लागि स्थानीय स्तरबाट विशेष गुरु योजना बनाएर ल्याउनुस् त्यसलाई पुरा गर्ने जिम्मा मेरो भयो ।

कार्यक्रममा पर्यटन बोर्डका सदस्य कृष्ण अर्यालले टोखालाई पर्यटकीय स्थालको रुपमा विकास गर्ने सम्भावना रहेको भन्दै त्यसका लागि टोखाले पर्यटन मैत्री वातावरणका लागि गुरु योजना सहित अगाडि बढ्नु पर्ने सुझाव दिनुभयो । टोखामा पर्यटन विकासका लागि पर्यटन बोर्ड र  आफुले सक्दो सहयोग गर्ने  समेत बचन दिनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको मौलिकता मास्न दिनु हुँदैन भन्दै यसको गुरुयोजना निर्माण गरेर टोखामा रहेका सम्पदाको संरक्षण गर्ने बताउनुभयो ।

कार्यक्रममा जनप्रतिनिधिहरु जिम्मेवार भएर टोखाको चौतर्फि बिकासका लागि विशेष योजना बनाएर अगाडी बढ्नु पर्ने सुझाव दिएका थिए । आरोप पत्यारोप गरेर आफुले बच्चा गरेको कामलाई पुरा गर्नुपर्ने तर्फ सजग बनाउदै बोलिमा होइन व्यवहारमा उतार्नु पर्ने भन्दै टोखाको बिकासका लागि तपाईहरुले योजना बनाएर ल्याउनु त्यसलाई पुरा गर्ने काममा अगाडी बढ्नुस तपाईहरुको साथमा हामी सिंगो टोखाबासी एकजुट भएर साथमा रहने समेत बताए ।

कार्यक्रममा दबूका अध्यक्ष मनिराज डंगोलले कार्यपत्र प्रस्तुत गर्दै टोखाको मौलिक संस्कृति, सम्पदा, संरक्षण, प्रवद्र्धन तथा पर्यटन विकासका लागि अधिकार सम्पन्न समिति गठन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेका महासचिव तथा सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ईश्वर पोख्रेलको प्रमुख आतिथ्यतामा हिजो थनेलाछिमा सम्पन्न कार्यक्रममा वरिष्ठ संस्कृतिविद् प्राध्यापक डाक्टर प्रेम खत्री लगायतले टोखाको संस्कृति सम्पदा संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

 


News Tokha times

कमेन्ट