टोखा

टोखा नगर २ का जेष्ठ नागरिकलाई सम्मान तथा न्यानो कपडा वितरण

टोखा नगर २ का जेष्ठ नागरिकलाई सम्मान तथा न्यानो कपडा वितरण

काठमाडौं। टोखा नगर २ का जेष्ठ नागरिकहरुलाई सम्मान तथा न्यानो कपडा वितरण गरेको छ । टोखा नगरपालिका २ नम्वर वडा कार्यालले आफ्नो कार्यालय भवनमा आज एक कार्यक्रम गरी उक्त न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा १८२ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडाका लागि कमबल वितरण गरिएको वडा अध्यक्ष दीपकराज जोशीले जानकारी दिनुभयो । उक्त कार्यक्रम वडाको योजनाको १ लाख ५० हजार बजेट अन्तरगत गरिएको जोशीले बताउनु भयो ।

ढिलै भए पनि वडाका जेष्ठ नागरिकहरुको सम्मान तथा स्वास्थलाई ध्यानमा राखि न्यानो कपडा वितरण कार्यक्रम गरिएको जोशीले बताउनुभयो । यसका साथै समाजमा रहेका विभिन्न उमेर, लिङ्ग, वर्गहरुका लागि लक्षित गरी कार्यक्रम तयार भैसकेको र त्यसलाई क्रमिक रुपमा लागु समेत गरिने अध्यक्ष जोशीले बताउनुभयो ।


nentravel

कमेन्ट