टोखा

बिस्काः जात्रा मूल व्यवस्थापन समिति गठन

काठमाडौं,बुधबार, चैत २१, २०७४ । बिस्का जात्रालाई व्यवस्थित, मर्यादित, भव्य र सभ्य रुपमा सम्पन्न गर्न नेवा गुथिका अध्यक्ष देवराज डंगोलको संयोजकत्वमा २१ सदस्यी टोखा बिष्का जात्रा मूल व्यवस्थापन समितिको गठन गरिएको छ ।

जात्राको संरक्षक तथा सल्लाहकारमा टोखा नगरपालिका कार्यालय तथा २ र ३ वडा कार्यालयका क्रमश मेयर प्रकाश अधिकारी, उप मेयर ज्ञानमाया डंगोल वडा अध्यक्ष दीपकराज जोशी तथा सिंहराज श्रेष्ठ रहेका छन् । त्यस्तै हेमराज श्रेष्ठ (मूःनायो), गणेशमान श्रेष्ठ, अष्ट नारायण डंगोल, हरिदास श्रेष्ठ, मनिष जोशी ,माईला डंगोल र मोतिलाल श्रेष्ठ समितिका सल्लाहकारका रुपमा रहेका छन् ।

त्यस्तै गरी विभिन्न संघ संस्था, बाजा खल तथा द्यः खलहरु सहितको संयोजनमा जात्रा मूल व्यवस्थापन समिति सचिवालयको गठन तथा त्यस अन्डरमा रहने गरी विभिन्न समिति तथा उपसमितिहरुको समेत गठन गरिएको छ ।

सचिवालय संयोजकमा नेवा गुठिका अध्यक्ष देवराज डंगोल, उप संयोजक सत्य नारायण डंगोल, महासचिव रमेश नापित, कोषाध्यक्ष रामलाल मर्हजन, सचिव दिपेन्द्र श्रेष्ठ, ब्रसर छपाई तथा प्रचार प्रसार सुशान्त डंगोल, सरसफाई संयोजक संगिता डंगोल, बाजागाजा संयोजक सुर्यमान डंगोल, सुरक्षा व्यवस्था संयोजक राजकाजी श्रेष्ठ, यातायात तथा स्वयंसेवक व्य. राष्ट्रमान श्रेष्ठ,  खानेपानी व्यवस्थापन सोमकुमारी जोशी, स्वास्थ्य व्यवस्थापन निर्मला श्रेष्ठ, खट व्यवस्थापन    अष्ट कुमार श्रेष्ठ, जात्रा तालिका तयारी तथा पुजाआजा व्यवस्थापन हेमराज श्रेष्ठ, अनुगमन तथा भौतिक निर्माण प्रेमकृष्ण खड्गी, पार्किङ्ग व्यवस्थापन धनविर डंगोल, पसल तथा स्टल व्यवस्थापन बिजय डंगोल, खट सजावट तथा आभुषण प्रकाश डंगोल रहेका छन् । सचिवालयको समिति अन्तर्गत रहने गरी अन्य उपसमितिको समेत गठन गरिएको छ ।


News Tokha times

nentravel

कमेन्ट