विश्व

एक्ला उम्मेदवार प्रधानमन्त्री नबनेपछि आर्मेनियामा तनाव

बैशाख १९ –  सत्ताधारी रिपब्लिकन पार्टी अन्तरिम प्रधानमन्त्री बन्ने आफ्नो प्रयासको विपक्षमा उभिएपछि आर्मेनियाका विपक्षी नेता निकोल पासिनयानले आम हडतालको आह्वान गर्नु भएको छ । उहाँले हड्ताल आह्वान गरे लगत्तै उहाँका समर्थकहरूले सडकमा अवरोध सृजना गरेर राजधानीमा सवारी आवागमन अस्तव्यस्त पारिदिएको संचार माध्यमहरुले जनाएका छन्।

राजधानी यारेभानमा दशौँ हजार समर्थकहरू सामु बोल्दै पासिनयानले सडक, रेल वे र विमानस्थल ठप्प पार्न आग्रह गर्नु भएको थियो । यसअघि प्रधानमन्त्री पदका एक मात्रै उम्मेदवार रहेपनि विपक्षी नेता पासिनयान संसदमा आवश्यक मत जुटाउन विफल हुनु भएको थियो । उहाँले पूर्व प्रधानमन्त्री सेर्ज सार्केस्यानलाई राजीनामा दिन बाध्य पादेै हप्तौँ लामो सरकार विरोधी प्रदर्शनहरूको नेतृत्व गर्नु भएको थियो। यसअघि रिपब्लिकन पार्टीले पासिनयानलाई प्रधानमन्त्री बन्न बाधा नर्पुयाउने आश्वासन दिएको थियो । तनाव कम गर्ने उद्देश्यले उक्त दलले आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारी समेत दिएको थिएन । तर नौ घण्टा चलेको संसदको बहसमा केही सांसदहरूले पासिनयानले सडकमा अराजकता श्रृजना गराएको आरोप लगाउँदै उनको प्रधानमन्त्री बन्ने योग्यतामा प्रश्न उठाएका थिए। आफूले समर्थन नपाउने प्रष्ट भएपछि संसदमा बोल्दै पासिनयानले रिपब्लिकन पार्टीले आर्मेनियाली नागरिकहरू विरुद्ध युद्ध घोषणा गरेको बताउनु भयो । प्रधानमन्त्री चुनिन ५३ मत आवश्यक रहेकोमा उहाँको पक्षमा ४५ मत मात्र परेको थियो।


nentravel

कमेन्ट