हाम्रोबारे

नमस्कार, सर्वप्रथम न्युज अफ टोखामा यहाँलाई स्वागत छ ।

समाजको सकरात्मक परिवर्तनका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने गर्छ । नेपालमा पनि सामाजिक रुपान्तरणका लागि सञ्चारमाध्यमहरुको भूमिका अत्यन्तै उल्लेखनीय रहेको देखिन्छ ।

धेरै लामो इतिहास नभएपनि नेपाली पत्रकारिता आजसम्म आइपुग्दा नेपाली समाजको अभिन्न अंग बनिसकेको छ । पत्रकारिताको उपस्थिति बिनाको नेपाली समाज कल्पनासमेत गर्न सकिदैन ।

अझ पछिल्लो समय “न्यू मिडिया”का रुपमा फस्टाएका सोसल मिडिया र अनलाइन मिडियाले नेपाली समाजको रुपान्तरणको मापन समेत गर्न थालिसकेको छ । तसर्थ समाज रुपान्तरणका लागि अनलाइन पत्रकारिताको महत्वपूर्ण भूमिकालाई मनन गर्दै, पत्रकार आचारसंहिताको सम्मान गर्दै र सामाजिक उत्तरदायित्वसहितको पत्रकारितालाई प्रबर्धन गर्ने उद्देश्यसहित “समाजका लागि खबर” भन्ने मूल मन्त्रसहित न्युज अफ टोखा डट कम यहाँहरुको माझमा उपस्थित छ ।

सल्लाह, सुझाव वा प्रतिक्रिया तथा समाचार, लेख, रचना एवं तस्वीरका लागि newsoftokha@gmail.com मा मेल गर्नुहोला ।

हाम्रो फेसबुक पेज www.facebook.com/newsoftokha   मा लाइक गरेर पनि न्युज अफ टोखा डट कमको साथमा रहन सक्नुहुनेछ ।

अन्य कुनै जिज्ञासा र विज्ञापन सम्बन्धी काम भएमा 9849337708 / 9851207708 मा सिधा सम्पर्क गर्नुहोला ।

धन्यवाद ।