टोखा छहरे मार्ग को निर्माण तीब्र रुपमा

 ८ असार २०६७, मंगलवार १५:१८   | न्यूज अफ टोखा

टोखा , असार १२ ,२०६७
सामाखुसी देखि टोखा,नुवाकोट छहरे हुदै रसुवाको धुन्चे हुदै केरुङ मार्ग चीन सम्म जोड्ने टोखा छहरे मार्गको तीब्र रुपमा निर्माण कार्य शुरु हुदैछ | ३२ फिट चौडाई भयको यो मार्ग टोखाको मूल गेटबाट भने भित्र छिरेको छैन | टोखाको मुला गेट संगै नयाँ बाटो फैदोल हुदै चण्डेश्वरी मा.बि.को मुनि सम्म नयाँ बाटो बनाएर लंबू जाने बाटोमा जोडीएको छ | यो मार्गको निर्माणले टोखा र यसको आसपासका बासिन्दाहरु निकै नै खुसि भयका छन् | हालको लागि यो बाटो नुवाकोटको छहरे सम्म निर्माण कार्य सम्पन हुदैछ |यो बाटोको निर्माण भयमा काठमाडौँ बाट चाइना पुग्ने सबै भन्दा छोटो मार्ग हुने छ |
यो बाटो निर्माणको क्रममा उक्त बाटोको आसपासका घरहरु समेत भत्काउनु पर्ने देखिन्छ | उक्त बाटोको सिमांकन गरेको हेर्दा निकै मात्रमा घरहरु भत्काउनु पर्ने देखिन्छ | उत्तरी भेगको बिकस निर्माणका लागि यो बाटोलाई निकै नै महत्वका साथ हेरिएको छ,उत्तरी भेगीय बासिन्दाले | यो बाटो को निर्माण कार्य सम्पन्न भए पछि नुवाकोटका बासिन्दाहरु लाई भने ठुलो राहत पुग्ने देखिन्छ |आफ्नो दैनिक जीवनका लागि आवश्यक पर्ने गाँस ,बास र कपासका लागी झेल्दै आइरहेको समस्याबाट भने मुक्ति पाउने निस्चितनै देखिन्छ |




Facebook Comments

अन्तिम अपडेट: ८ असार २०६७, मंगलवार १५:१८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया